धनगढी: वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले बाजुरामा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र बडिमालिकालाई संरक्षित क्षेत्र बनाइने बताएका छन्। आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले आगामी वर्षको कार्यक्रममा बडिमालिकालाई संरक्षित क्षेत्र बनाउने योजना रहेको बताए। यस्तै उनले कतिपय धार्मिक पर्यटकीय स्थल संरक्षणको अभावले मानव अतिक्रमणको चपेटामा परिरहेको उल्लेख गर्दै त्यस्ता क्षेत्रको पहिचान गरेर संरक्षित क्षेत्रको रुपमा संरक्षण गर्ने सरकारको तयारी रहेको जानकारी दिए। संरक्षित क्षेत्र बनाउन बडिमालिकालगायत केही अरु ठाउँको बारेमा पनि प्रारम्भीक अध्ययन भइरहेको उनले बताए। फरक प्रसङ्गमा उनले वर्तमान सरकार २०८४ सम्मै जाने दावी गरे। उनले नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार सरकारको नेतृत्व सुरुका दुई…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी (परराष्ट्र मन्त्रीसमेत) आरजू राणा देउवाको धनगढीस्थित निवास अगाडि बम राखेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ। राणाको धनगढी उपमहानगरपालिका–४ बसपार्क नजिकैको घर अगाडि बम राखेको आरोपमा गौरीगंगा नगरपालिकाका दानबहादुर धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका नेकपा (बहुमत) का एक नेताले देउवाको निवास अगाडि धामीलाई बम राख्न लगाएको बयान दिएपछि शुक्रबार पक्राउ गरिएको हो। उनी नेकपा(बहुमत) निकट भएको प्रहरीको भनाई छ तर अहिले उनी आफूलाई विप्लव निकट भएको दाबी गरिरहेको प्रहरी स्रोत बताउँछ। गत भदौमा देउवाको निवास अगाडि अज्ञात समूहले विस्फोटक वस्तु राखेको थियो।…
डडेल्धुराः डडेल्धुरामा जिप दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–११ सल्लेताका अन्दाजी ३० वर्षीय डम्मर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। मंसिर ४ गते परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा लु १ ज ४५७९ नम्बरको जिप दुर्घटना भएको थियो। उक्त दुर्घटनामा ९ जना घाइते भएका थिए भने दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। सोहि दुर्घटनामा परी गम्भीर घाइते भएका धामीको शुक्रबार उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो।
काठमाडौं: नेपाल प्रहरीका १५५ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढ़ुवा र पदस्थापन भएका छन्। प्रहरी महानिरीक्षकको मंगलबारको निर्णय अनुसार, जनपदतर्फका १५५ जना असईलाई सई पदमा बढुवा गरिएको हो। साथै उनहरुलाई तोकिएका दरबन्दीमा पदस्थापन गरिएको छ। यस्तै नेपाल प्रहरीका ३२ जना प्रहरी नायब निरीक्षक वरिष्ठ नायब निरीक्षकमा बढुवा भएका छन्। प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयानुसार जनपद तर्फका ३२ जना सईलाई वरिष्ठ सईमा बढ़ुवा गरिएको हो। साथै उनीहरुको पदस्थापन समेत भएको छ। यस्तै नेपाल प्रहरीका ३१७ प्रहरी वरिष्ठ नायब निरीक्षकहरू (वरिष्ठ सई) को सरुवा भएको छ। शुक्रबारको प्रहरी अतिरिक्त महानिरीक्षकको निर्णयअनुसार वरिष्ठ सईहरुको सरुवा गरिएको हो। प्रचलित नियमअनुरूप…
धनगढी: कैलालीमा ट्रक दुर्घटना भएको छ। शनिबार बिहान पौने ५ बजे कैलालीको चुरे गाउँपालिका-५ भासु भिरबाट सु.प्र ००१ ख २५७६ नम्बरको मिनी ट्रक खसेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ट्रक भीरबाट करिब ७ सय मिटर तल खसेको अवस्थामा फेला परेको छ। ट्रक डडेलधुराबाट धनगढी आउन लागेको थियो। प्रहरीले ट्रक पूर्ण रुपमा क्षति भएको र मानवीय क्षति भने नभएको जनाएको छ। यसबारे थप विवरण आउन बाकी रहेको प्रहरीले बताएको छ।
धनगढी: डडेल्धुराको परशुराम नगरपालिकाको स्वास्थ्य केन्द्रमा कार्यरत अहेवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। उनले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएको भन्दै मुद्दा दायर गरिएको हो। अहेव रमेश बोहराले विसं २०७७ साल भदौ ११ गतेदेखि हालसम्म नक्कली प्रमाणपत्र बुझाएर पदको लाभ लिएको अनुसन्धानबाट खुलेको छ। सोही आरोपमा अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धि मुद्दा दायर गरेको हो। उनीमाथि भ्रष्टाचार निवारण ऐनको दफा १६ को उपदफा १ बमोजिमको कसुरमा शुक्रबार विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए। बोहराले कम्युनिटि मेडिसिन असिस्टेन्ट तहको झुटा तथा नक्कली प्रमाणपत्र पेस गरेको खुलेको हो। बोहरा परशुराम नगरपालिका वडा नं…
धनगढी: कञ्चनपुरमा आफ्नै श्रीमानको हत्या गरेको भन्दै एक महिलालाई पक्राउ गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोट बस्ने ४९ वर्षीय सियाराम रानाको हत्या गरेको आरोपमा उनकी श्रीमती ४३ वर्षीया जनककुमारी राना पक्राउ परेकी हुन्। प्रहरीका अनुसार बिहीबार साँझ साढे ७ बजेको समयमा सियारामको शौचालयमा लडेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर आएको थियो। तर अनुसन्धानका क्रममा उनको हत्या भएको खुलेको हो। त्यसपछि उनकी पत्नीलाई हत्या आरोपमा समातिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए। ‘मृतक लडेको भनिएपनि उनी शौचालयमाको ठाउँमा नभई केही टाढा ग्यालरीको कुनामा सिरकले छोपी राखिएको अवस्थामा भेटिएका थिए,’ जोशीले भने, ‘ट्वाइलेट र बाथरुम हेर्दा लडेको जस्तो देखिएको…
धनगढी: अछाममा कार्यरत ४५ वर्षीय असई किसनबहादुर चन्द अहिले उपचाररत छन्। उनी आफैंले आफैंलाई गोली चलाएर उपचारमा गएका हुन्। जिल्लाको भैरवस्थान प्रहरी चौकी इन्चार्जसमेत रहेका उनले बिहीबार राति आफैँमाथि गोली चलाएका थिए। प्रहरी वृतमा २४ घण्टे एवं मदिराप्रेमी कर्मचारीको उपनाम पाएका उनै असई चन्दले कैलालीमा कार्यरत हुँदा इन्सपेक्टरलाई पनि पेस्तोल ताकेको खुलेको छ। चन्द २०७६/७७ को कोराना महामारीका बेला जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थिए। सोही बेला उनले आफ्ना कमान्डर समेत रहेका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीलाई पेस्तोल ताकेका थिए। चन्दले मदिरा सेवन गरेर जोशीलाई गोली ताकेका थिए। त्यसपछि उनलाई कारबाही गर्न खोजेपनी माफी मागेर जोगिएका थिए। उनै चन्दले बिहीबार राति…
धनगढी: कञ्चनपुरमा सवा पाँच लाख मूल्य बराबरको अवैध सामान बरामद भएको छ। शुक्रबार दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले भीमदत्त नगरपालिकाको भाँसीबाट अवैध सामान बरामद गरेको हो। मोबाइल कभर, स्विच, स्विच बोर्ड लगायत गरेर पाँच लाख १३ हजार बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ। पूर्व–पश्चिम राजमार्गमा गाडीमा सामान लोड गर्न राखेको अवस्थामा बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय बुझाइने प्रहरीले जानकारी दिएको छ। पछिल्लो समय जिल्लामा भारतबाट इलेक्ट्रोनिक सामानको तस्करी बढेको पाइएको छ। त्यसमा प्रहरीले निगरानी राखेको छ।
धनगढी: अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैमाथि गोली प्रहार गरेका छन्। तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका ४५ वर्षीय प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली प्रहार गरेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी रविन्द्र केसीले चन्दले आफैंले बोकेको पेस्तोल बाँया छातीको माथिल्लो भागमा प्रहार गरेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। चन्दले बिहीबार राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैमाथि गोली प्रहार गरेको पाइएको हो। अहिले उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। मेडिकल कलेजमा उपचाररत चन्द बोल्न सक्ने अवस्थामा रहेका छन्। घटनाबारे छानविन गर्न डोटी प्रहरीका प्रमुख एसपी बिनोद शर्माको नेतृत्वमा प्रदेश…