Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको धनगढीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-१४ डी गाँउमा से ५ प ६१६० नम्बरको मोटरसाईकलको ठक्करबाट सोही ठाउँ बस्ने ७४ वर्षीय पैदल यात्री चित्रबहादुर सुनारको आइतवार मृत्यु भएको हो। मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका सुनारलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाईकल र मोटरसाइकल चालक कैलारी गाउँपालिका-८ का ५४ वर्षीय सुरेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

धनगढीः कैलालीबाट चेक अनादर र वन मुद्दाका २ जना फरार दोषी पक्राउ परेका छन्। बिना इजाजत वन पैदावार ओसार पसार मुद्दामा ८ हजार ६५५ जरीवाना तोकिएको बर्दगोरिया गाउँपालिका–५ बस्ने ३६ वर्षीय महाबिर बिक र चेक अनादर मुद्दामा १ हजार जरीवाना तोकीएको कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का ४१ वर्षीय सोमबहादुर तामाङ पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरीवाना ठहर भई फरार रहेका दुुबै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

Read More

काठमाडौं: आइसिसी टी-२० विश्वकपमा नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। सोमबार समूह ‘डी’ को अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भएसँगै नेपाल जितविहीन भएको हो। बंगालदेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सक्यो। नेपालका कुशल मल्लले सर्वाधिक २७ रन बनाए। दीपेन्द्रसिंह ऐरी २५ र आसिफ शेख १७ रनमा आउट हुँदा नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बंगलादेशका तनजीम हसन साकिबले सर्वाधिक चार विकेट लिए। मुस्तफिजुर रहमानले तीन, शाकिब अल हसनले दुई र तस्किन अहमदले एक विकेटट लिए। जितसँगै बंगलादेश चार खेलबाट ६ अंक जोड्दै सुपर ‘एट’मा पुगेको छ। नेदरल्यान्ड्ससँग…

Read More

काठमाडौँ : समूह चरणका तीन खेलमा पराजित हुँदै नेपालको आईसीसी टी-२० विश्वकपको यात्रा समाप्त भएको छ। १४ वर्षपछि विश्वकप खेलेको नेपाल अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित हुँदै विश्वकपको यात्राबाट बाहिरिएको हो। पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालको श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो। तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो। नेपालविरुद्ध जित हासिल गरेपछि बंगलादेश सुपर ८ मा पुगेको छ। नेपाल रहेको समूहबाट दक्षिण अफ्रिका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेका छन्। नेपालविरुद्धको जितसँगै बंगलादेशले सन् २००९ पछि सबैभन्दा कम योगफल तयार पारेर पनि जित निकाल्ने टोली…

Read More

काठमाडौँ : सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पुरा गरेका छन् । सन्दीपले जारी टी-२० विश्वकपमा बंगलादेशविरुद्ध २ विकेट लिएसँगै आफ्नो सय विकेट पुरा गरेका हुन् । सन्दीपले टी-२० क्रिकेटमा ५४ खेलमा १०० विकेट लिएका हुन् । उनी टी-२० क्रिकेटमा छिटो सय विकेट लिने दोस्रो खेलाडी बनेका छन् । यसअघि यो किर्तिमान अफगानिस्तानका राशिद खानको नाममा रहेको छ । राशिदले ५३ खेलमा सय विकेट लिएका छन् । नेपालबाट सन्दीपपछि करण केसीले ७० खेलमा ९० विकेट लिएका छन् । अभिनाश बोहराले ६२ खेलमा ७५ विकेट लिएका छन् । त्यस्तै सोमपाल कामीले ६८ खेलमा ६१ विकेट लिएका छन् ।

Read More

धनगढी: कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। चुरे गाउँपालिका-१ बस्ने अन्दाजी ३३ वर्षीय रोजबहादुर बमको करेन्ट लागेर मृत्यु भएको हो। सोही ठाउँको जिगडा टोलमा बिजुलीको पोलमा बिद्युत बिग्रिएपछि बनाउने क्रममा आइतवार करेन्ट लागेर बम गम्भिर घाइते भएका थिए। उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

Read More

काठमाडौं : बंगलादेशले आईसीसी टी-२० विश्वकप २०२४ मा नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९.२ ओभरमा १०६ रनमा अल आउट भयो । नेपालको बलिङ सामु बंगलादेशका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अनुभवी अलराण्डर सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाए । रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे । ओपनर तान्जिद हसन शून्य, लिटन दास १०, नाज्मुल हसन सान्टो ४, तोव्हीद ह्रिदोय ९, महमुदूल्लाह रियाद १३, जाकेर अली १२ र तान्जिम हसन सकिबले ३ रन बनाए । नेपाललाई तीव्र…

Read More

काठमाडौं : आसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल सोमबार बिहान बंगलादेशसँग खेल्दै छ । सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५ः१५ बजेदेखि हुनेछ । नेपाल सुपर आठको दौडबाट भने बाहिरिएको छ । नेपालका लागि यो खेल प्रतिष्ठाको लडाईं मात्र हुने छ । नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हारेको थियो भने दोस्रो खेलमा श्रीलंकासँग वर्षाका कारण रद्द भएको थियो । त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपरआठको दौडबाट बाहिरिएको थियो । दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ११४ रन बनायो ।…

Read More

काठमाडौँ : नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने प्रक्रियामा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विभिन्न ठाउँका यातायात कार्यालयका पाँच जनालाई पक्राउ गरेको छ। लिखित र प्रयोगात्मक परीक्षाबिनै १० वर्षको अवधिमा एक लाखभन्दा बढी लाइसेन्स जारी गरेको भेटिएपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा नक्कली लाइसेन्स जारी गर्ने प्रक्रियामा संलग्न ५ जनालाई पक्राउ गरेको सीआईबीले जनाएको छ। पक्राउ पर्नेमध्ये सबैभन्दा उपल्लो तहका कर्मचारी उपसचिव केशव अर्याल हुन्। स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ९, सेरा फूलबारी घर भएका उनी यातायात व्यवस्था कार्यालय बुटवलको प्रमुख हुँदा नक्कली लाइसेन्स प्रकरणमा जोडिएका हुन्। हाल उनी प्रदेश वन मन्त्रालयमा छन्। त्यस्तै, अरू दुई अधिकृतमा यातायात व्यवस्था…

Read More

धनगढी : लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँबीच आइतबार बुटवलको प्रदेश प्रमुख कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा आएका मियालाई प्रदेश प्रमुख शेरचनले स्वागत गरेका थिए । सो अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख मिया लुम्बिनी प्रदेश प्रमुखको स्वास्थ्य स्थितिबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका थिए । भेटघाटका क्रममा दुबै प्रदेश प्रमुखबिच प्रदेश प्रमुखको कार्यालय सञ्चालनका बारेमा अनुभव आदानप्रदान भएको थियो । सो अवसरमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सञ्चालन गर्न प्रदेश सरकारले नै आवश्यक जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । भेटमा सुदूरपश्चिम…

Read More