काठमाडौँ : सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पुरा गरेका छन् ।
सन्दीपले जारी टी-२० विश्वकपमा बंगलादेशविरुद्ध २ विकेट लिएसँगै आफ्नो सय विकेट पुरा गरेका हुन् ।
सन्दीपले टी-२० क्रिकेटमा ५४ खेलमा १०० विकेट लिएका हुन् । उनी टी-२० क्रिकेटमा छिटो सय विकेट लिने दोस्रो खेलाडी बनेका छन् ।
यसअघि यो किर्तिमान अफगानिस्तानका राशिद खानको नाममा रहेको छ । राशिदले ५३ खेलमा सय विकेट लिएका छन् ।
नेपालबाट सन्दीपपछि करण केसीले ७० खेलमा ९० विकेट लिएका छन् । अभिनाश बोहराले ६२ खेलमा ७५ विकेट लिएका छन् । त्यस्तै सोमपाल कामीले ६८ खेलमा ६१ विकेट लिएका छन् ।
Facebook Comments Box