Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल प्रहरीका १५५ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढ़ुवा र पदस्थापन भएका छन्। प्रहरी महानिरीक्षकको मंगलबारको निर्णय अनुसार, जनपदतर्फका १५५ जना असईलाई सई पदमा बढुवा गरिएको हो। साथै उनहरुलाई तोकिएका दरबन्दीमा पदस्थापन गरिएको छ। यस्तै नेपाल प्रहरीका ३२ जना प्रहरी नायब निरीक्षक वरिष्ठ नायब निरीक्षकमा बढुवा भएका छन्। प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयानुसार जनपद तर्फका ३२ जना सईलाई वरिष्ठ सईमा बढ़ुवा गरिएको हो। साथै उनीहरुको पदस्थापन समेत भएको छ। यस्तै नेपाल प्रहरीका ३१७ प्रहरी वरिष्ठ नायब निरीक्षकहरू (वरिष्ठ सई) को सरुवा भएको छ। शुक्रबारको प्रहरी अतिरिक्त महानिरीक्षकको निर्णयअनुसार वरिष्ठ सईहरुको सरुवा गरिएको हो। प्रचलित नियमअनुरूप…

Read More

धनगढी: कैलालीमा ट्रक दुर्घटना भएको छ। शनिबार बिहान पौने ५ बजे कैलालीको चुरे गाउँपालिका-५ भासु भिरबाट सु.प्र ००१ ख २५७६ नम्बरको मिनी ट्रक खसेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ट्रक भीरबाट करिब ७ सय मिटर तल खसेको अवस्थामा फेला परेको छ। ट्रक डडेलधुराबाट धनगढी आउन लागेको थियो। प्रहरीले ट्रक पूर्ण रुपमा क्षति भएको र मानवीय क्षति भने नभएको जनाएको छ। यसबारे थप विवरण आउन बाकी रहेको प्रहरीले बताएको छ।

Read More

धनगढी: डडेल्धुराको परशुराम नगरपालिकाको स्वास्थ्य केन्द्रमा कार्यरत अहेवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। उनले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएको भन्दै मुद्दा दायर गरिएको हो। अहेव रमेश बोहराले विसं २०७७ साल भदौ ११ गतेदेखि हालसम्म नक्कली प्रमाणपत्र बुझाएर पदको लाभ लिएको अनुसन्धानबाट खुलेको छ। सोही आरोपमा अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धि मुद्दा दायर गरेको हो। उनीमाथि भ्रष्टाचार निवारण ऐनको दफा १६ को उपदफा १ बमोजिमको कसुरमा शुक्रबार विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए। बोहराले कम्युनिटि मेडिसिन असिस्टेन्ट तहको झुटा तथा नक्कली प्रमाणपत्र पेस गरेको खुलेको हो। बोहरा परशुराम नगरपालिका वडा नं…

Read More

धनगढी: कञ्चनपुरमा आफ्नै श्रीमानको हत्या गरेको भन्दै एक महिलालाई पक्राउ गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोट बस्ने ४९ वर्षीय सियाराम रानाको हत्या गरेको आरोपमा उनकी श्रीमती ४३ वर्षीया जनककुमारी राना पक्राउ परेकी हुन्।  प्रहरीका अनुसार बिहीबार साँझ साढे ७ बजेको समयमा सियारामको शौचालयमा लडेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर आएको थियो। तर अनुसन्धानका क्रममा उनको हत्या भएको खुलेको हो। त्यसपछि उनकी पत्नीलाई हत्या आरोपमा समातिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए। ‘मृतक लडेको भनिएपनि उनी शौचालयमाको ठाउँमा नभई केही टाढा ग्यालरीको कुनामा सिरकले छोपी राखिएको अवस्थामा भेटिएका थिए,’ जोशीले भने, ‘ट्वाइलेट र बाथरुम हेर्दा लडेको जस्तो देखिएको…

Read More

धनगढी: अछाममा कार्यरत ४५ वर्षीय असई किसनबहादुर चन्द अहिले उपचाररत छन्। उनी आफैंले आफैंलाई गोली चलाएर उपचारमा गएका हुन्। जिल्लाको भैरवस्थान प्रहरी चौकी इन्चार्जसमेत रहेका उनले बिहीबार राति आफैँमाथि गोली चलाएका थिए। प्रहरी वृतमा २४ घण्टे एवं मदिराप्रेमी कर्मचारीको उपनाम पाएका उनै असई चन्दले कैलालीमा कार्यरत हुँदा इन्सपेक्टरलाई पनि पेस्तोल ताकेको खुलेको छ। चन्द २०७६/७७ को कोराना महामारीका बेला जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थिए। सोही बेला उनले आफ्ना कमान्डर समेत रहेका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीलाई पेस्तोल ताकेका थिए। चन्दले मदिरा सेवन गरेर जोशीलाई गोली ताकेका थिए। त्यसपछि उनलाई कारबाही गर्न खोजेपनी माफी मागेर जोगिएका थिए। उनै चन्दले बिहीबार राति…

Read More

धनगढी: कञ्चनपुरमा सवा पाँच लाख मूल्य बराबरको अवैध सामान बरामद भएको छ। शुक्रबार  दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले भीमदत्त नगरपालिकाको भाँसीबाट अवैध सामान बरामद गरेको हो। मोबाइल कभर, स्विच, स्विच बोर्ड लगायत गरेर पाँच लाख १३ हजार बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ। पूर्व–पश्चिम राजमार्गमा गाडीमा सामान लोड गर्न राखेको अवस्थामा बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय बुझाइने प्रहरीले जानकारी दिएको छ। पछिल्लो समय जिल्लामा भारतबाट इलेक्ट्रोनिक सामानको तस्करी बढेको पाइएको छ। त्यसमा प्रहरीले निगरानी राखेको छ।

Read More

धनगढी: अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैमाथि गोली प्रहार गरेका छन्। तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका ४५ वर्षीय प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली प्रहार गरेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी रविन्द्र केसीले चन्दले आफैंले बोकेको पेस्तोल बाँया छातीको माथिल्लो भागमा प्रहार गरेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। चन्दले बिहीबार राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैमाथि गोली प्रहार गरेको पाइएको हो। अहिले उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। मेडिकल कलेजमा उपचाररत चन्द बोल्न सक्ने अवस्थामा रहेका छन्। घटनाबारे छानविन गर्न डोटी प्रहरीका प्रमुख एसपी बिनोद शर्माको नेतृत्वमा प्रदेश…

Read More

सुरेश जोशी, बनबासा: भारतमा ड्रग्ससहित एक नेपाली नागरिक समातिएका छन्। आज शुक्रवार उत्तराखण्डको बनबासा क्षेत्रमा कञ्चनपुरका युवलाई समातेको हो। बनबासा प्रहरीले लागुऔषधमुक्त भारत अभियानअन्तर्गत कञ्चनपुर सिसैयाका गजबहादुर कुँवरका छोरा २४ वर्षीय गजबहादुर कुँवरका छोरा प्रकाश कुँवरलाई समातिएको जनाएको छ। बनबासा प्रहरी प्रमुख लक्ष्मणसिंह जगवानको नेतृत्वमा रहेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट २.७६ ग्राम स्म्याक बरामद गरेको बताइएको छ।

Read More

धनगढी: कैलालीको लम्कीचुहा नगरपालिकाले महोत्सवको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले लम्कीचुहा उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको ‘लम्की महोत्सव २०८१’ का लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।  नगरपालिकाले एक सूचना जारी गर्दै महोत्सवका लागि १४ देखि १६ गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई बन्द गर्न भनेको छ। ‘यही मंसिर ६ देखि १६ गतेसम्म सञ्चालन भइरहेको लम्की महोत्सव २०८१ मा विद्यार्थीहरूका लागि विज्ञान प्रदर्शनी, विद्यार्थीहरूको विज्ञान प्रविधिबाट आविष्कार गरेका उपकरणको प्रदर्शनी तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिता हुने भएको हुँदा १४ देखि १६ गतेसम्म स्थानीय बिदा दिएको जानकारी गराइन्छ,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्त भण्डारीद्वारा जारी सूचनामा भनिएको छ। महोत्सवको लागि…

Read More

काठमाडौं: नेपाल प्रहरीको प्राविधिक तर्फको प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)मा ५ जना बढुवा सिफारिस भएका छन्। गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयका अनुसार नेपाल प्रहरीका प्राविधिक मेडिकलतर्फ रिक्त ४ एसएसपीका लागि बढुवा सिफारिस प्रकाशित गरिएको छ। एसएसपीका लागि बढुवा सिफारिस भएकामा एसपीहरु डा. केदार खड्गी, डा. छन्दबहादुर बुढाथोकी, डा. पवनकुमार राय र डा. सुवर्ण कुँवर रहेका छन्। त्यस्तै प्राविधिकतर्फकै कम्प्युटरमा पनि एसपी श्यामकुमार मण्डल बढुवा सिफारिस भएका छन्।

Read More