Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी स्वास्थ्य उपचारपछि डिस्चार्ज हुनुभएको छ । काठमाडौँको वीर अस्पतालमा पाँच दिनसम्म टाउकोमा जमेको रगतको उपचारपछि आज साँझ डिस्चार्ज हुनुभएको हो । अस्पतालबाट बाहिरिने क्रममा मन्त्री रेग्मीले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रतिक्रिया दिनुभयो । साथै उहाँले उपचारमा सहयोग गर्ने चिकित्सक, नर्स, अस्पताल प्रशासनलगायत सम्पूर्णलाई धन्यवादसमेत दिनुभयो । केही दिनअघि राति सुत्ने बेलामा अचानक टाउको ठोक्किएको र एमआरआई गराउँदा टाउकोमा रगत जमेको देखिएपछि उहाँलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । ज्वरो र वान्ताका कारण स्वास्थ्यमा अपेक्षित सुधार नदेखिएपछि पाँच दिनसम्म अस्पतालमै राखेर उपचार गर्नुपरेको मन्त्रीका स्वकीय सचिव हिमाङ्क भण्डारीले बताउनुभयो । मन्त्री रेग्मीलाई चिकित्सकले…

Read More

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालका खरिदारलाई घुससहित पक्राउ गरेको छ । मालपोत कार्यालय टोखा, सरस्वती, काठमाडौंको मुद्दा फाँटमा कार्यरत खरिदार विनोद तिवारीलाई अख्तियारले २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्‍ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले खरिदार तिवारीलाई पक्राउ गरेको हो । सेवाग्राहीबाट बीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बण्ढाइएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

Read More

काठमाडौं- नेपाली कांग्रेस काठमाडौं महानगरपालिका समितिले स्थानीय तहको निर्वाचनका लागि नीलकाजी शाक्यको नाम मेयरका लागि सिफारिस गरेको छ । आइतबार बसेको बैठकले शाक्यको नाम सर्वसम्मत सिफारिस गरेको हो । महानगरबाट शाक्यबाहेक अरु कसैको नाम सिफारिस नभएको समितिले जनाएको छ ।

Read More

पर्सा- पर्साको वीरगञ्जबाट सशस्त्र प्रहरीको टोलीको करिब रु ६२ लाख मूल्य बराबरको विभिन्न अवैध मालसामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । बिना प्रज्ञापनपत्रको मोबिल, कपडा र अन्य खुद्रा सामग्री बोकेको ना६ख ४४७४ नंको ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिनुभयो । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्साको टोलीले नियन्त्रणमा लिएको ट्रक अनुसन्धान तथा थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ । रासस

Read More

दार्चुला – दार्चुलाको सबैभन्दा विकट रहेको अपिहिमाल गाउँपालिकामा पुन पनि एमाले र माओवादी उम्मेदवार बीच प्रतिस्पर्धा हुने भएको छ । ०७४ सालकै प्रतिस्पर्धी नेकपा एमालेका धर्मानन्द मन्याल र नेकपा माओवादी केन्द्रका भगतसिह ठेकरे बोहरा बीच प्रतिस्पर्धा हुने भएको हो । ०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली काग्रेस छुट्टाछुट्टै उम्मेदवार बनेर भिडेका थिए । त्यो बेला एमालेका नेता धर्मानन्द मन्याल १ हजार २४९ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँको प्रतिस्पर्धीमा माओवादी केन्द्रका नेता भगतसिह ठेकरे बोहरा ९८८ मत ल्याएर द्धितीय स्थानमा थिए भने काग्रेसका नेता लोकेन्द्र लोथ्याल ९२२ मत ल्याएर तेस्रो थिए ।अहिले सत्तारुढ…

Read More

काठमाडौं – नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका पूर्णविक्रम शाह (पल शाह) प्रकरणमा नयाँ ट्वीस्ट सिर्जना भएको छ । जिल्ला अदालत तनहुँमा बकपत्र चलिरहेको बेला पीडित भनिएकी नाबालिग गायिकाले बयान फेर्दै जाहेरीमा उल्लेख भएअनुसारको विवरण सत्य नभएको बताएकी छिन् । पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । जाहेरीकर्ताका बुवाको भने बकपत्र लिन बाँकी छ । स्रोतका अनुसार उनले आफूलाई पलबाट बलात्कार नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बताएकी छन्। जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा गएका नाबालिगले ‘होस्टाइल’ हुँदै…

Read More

गैंडाकोट – शिक्षकले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै जनक माविका विद्यार्थीले आन्दोलन गरेका छन । दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीले प्रर्दशन समेत गरेका छन । विद्यार्थीले विद्यालयमा तोडफोड गर्नुका साथै मोटरसाइकलमा पनि आगजनी गरेका छन् उनीहरुले। विद्यालय परिसरमा रहेको ना २४ प ६६१५ र प्र३–००२ प २७७६ नम्बरका दुई मोटरसाइकलमा आगजनी गरेका छन् । प्रर्दशनका कारण विद्यालय र राजमार्ग क्षेत्र आइतबार केहीबेर तनावग्रस्त बनेको थियो।विद्यार्थीले गरेको ढुंगामुढाबाट आधा दर्जन बढी घाइते भएको नवलपुर प्रहरीका प्रवक्ता डिएसपी सन्तोष पाठकले जानकारी दिएका छन ।

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। माओवादी केन्द्रका अध्यक्ष दाहालसँग जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र जसपा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले आइतबार भेटवार्ता गरेका हुन्। आइतवार सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तीन नेताबीच छलफल भएको हो। नेताहरूले दिवा ११ः४५ देखि १२ः२० सम्म छलफल गरेका थिए। छलफलपछि नेताहरू सिंहदरवारबाट सँगसँगै बाहिरिएका थिए। भेटपछि न्युज एजेन्सी नेपाललाई संक्षिप्त प्रतिक्रिया दिँदै जसपा केन्द्रीय समिति अध्यक्ष यादवले सामान्य गफगाफ मात्रै भएको बताए। आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरूले गठबन्धन गरेर जाने निर्णय…

Read More

काठमाडौं – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचारलाई तत्काल नियन्त्रण नगरे यसले मुलुकलाई नै सिध्याइदिने चेतावनी दिएका छन् । सभामुख सापकोटाले त्यसको विरुद्ध निशाना नसोझ्याउने हो भने मुलुकलाई नै सिध्याइदिने बताए । आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै सापकोटाले भ्रष्टाचारविरुद्धको अभियानको साथमा आफू सधैँ रहने प्रतिबद्धता व्यक्त गरे । आइतबारबाट काठमाडौँमा सुरु भएको ‘भ्रष्टाचार विरुद्ध कार्टुन प्रदर्शनी’को उद्घाटन गर्दै सभामुख सापकोटाले भ्रष्टाचार बढदै गएकोतर्फ सचेत गराएका थिए । साथै त्यसलाई खबरदारी गर्न ढिलाइ गर्न नहुने उनको भनाइ थियो । सभामुख सापकोटाले भने, ‘मैले जानेर चाहिँ दुई पैसा पनि नाजायज ढङ्गले लिने गरेको छैन । र भ्रष्टाचार चाहिँ मेरो दृष्टिमा…

Read More

दार्चुला – लेकम गाउँपालिका वडा नम्बर २ कुणीमा रहेको हुनैनाथ मन्दिर कुणीबाट सुन, चाँदी चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेकम २ कुणीकै आनसिंह कामीका छोरा जगदिश राम कामी रहेको प्रहरीले जनाएको छ । गत चैत २६ राती सुन, चाँदी चोरी भएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । केही दिन यता फरार रहेका कामीलाई वैशाख ३ गते कुणीबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । चोरीको आरोप लागेका कामीलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोकुलेश्वर पठाइएको छ । स्थानीयका अनुसार एक किलो चाँदी र केही तोला सुन चोरी भएको बताइएको छ । यद्धपी घटना अनुसन्धानकै…

Read More