Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (बुधबार) चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिने भएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएका हुन् । घोषणापत्र मार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजनाहरु ल्याउने प्रवक्ता श्रेष्ठले बताए । यसअघि नेकपा एकीकृत समाजवादी, जसपा, राप्रपा नेपालले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । तर ठूला पार्टीहरु एमाले, काँग्रेस र माओवादी केन्द्रले भने घोषणापत्र सार्वजनिक गरेका छैनन् । स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुँदैछ ।

Read More

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार अवधिमा फ्लोरसिट हेर्ने सुविधा बन्द गराएको छ । नेप्सेले धितोपत्र बोर्डको निर्देशन पश्चात वैशाख ७ गते बुधबारदेखि कारोबार समयमा फ्लोर सिट हेर्न नमिल्ने बनाएको हो । कारोवार समयमा नै फ्लोर सिटमार्फत कारोवारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेको थियो । अब लगानीकर्ताहरुले कारोबार चलिरहेको समयमा कुन ब्रोकरबाट कुन सेयर कति मात्रामा किनबेच भयो भन्ने विवरण हेर्न पाउने छैनन् । बोर्डले बजार संचालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकुल नहुने गरी उक्त विवरण कारोवार समय पश्चात प्रवाह गर्ने व्यवस्था गर्न नेप्सेलाई…

Read More

पोखरा – पोखराको मेयर एकीकृत समाजवादीको भागमा परेपछि कास्की पार्टी कार्यालयमा काँग्रेस महानगर समितिले ताला लगाएको छ । हिजो (मंगलबार) काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई बोलाएर आफू समस्यामा रहेकोले पोखरा समाजवादीलाई दिनुपर्ने बताएका थिए । उक्त निर्णयले परिणाम उल्टो आउन सक्ने बारेमा नेतात्रयले जानकारी गराएता पनी केन्द्रले पोखरा नेकपा एकीकृत समाजवादीलाई नै दिने निर्णय गर्‍यो । सोही निर्णयको विरुद्धमा महानगर समितिले पार्टी कार्यालयमा तालाबन्दी गरेको हो ।

Read More

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालको एसएसपी बढुवाका लागि ७ जना एसपी सिफारिस भएका छन् ।सशस्त्रका विभिन्न समूहतर्फ रिक्त रहेको प्राविधिकतर्फको उक्त पदमा बढुवा सिफारिस गरिएको हो । सशस्त्र प्रहरीको प्राविधिक समूह स्वास्थ्यतर्फ डा.मिना कुँवर र सुरेन्द्रमान श्रेष्ठ बढुवा सिफारिसमा परेका छन् । यस्तै, सञ्चार तथा इन्जिनियरिङतर्फ प्रमोदकुमार साह, साधारण उपसमूहतर्फ उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेनलाई बढुवा सिफारिस गरिएको छ । यस्तै, कानुन उपसमूहतर्फ युवराज अर्याललाई एसएसपी बढुवामा सिफारिस गरिएको छ । मंगलबार मन्त्रीस्तरीय निर्णयबाट उनीहरु बढुवा सिफारिसमा परेका हुन् ।

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि काममा फर्किएका छन् । राष्ट्र बैंकमा हाजिर हुन पुगेका अधिकारीलाई कर्मचारीहरुले स्वागत गरेका थिए । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेसंगै गभर्नर अधिकारी नियमित काममा फर्कएका हुन् । काममा फर्किएपछि उनले सरकारले संस्थाविरुद्ध आक्रमण गरेकाले आदलत जान बाध्य भएको बताए । उनले आफूले व्यवसायिक ढंगले काम गर्ने र पूर्वाग्रह नराख्ने बताए । राष्ट्र बैंकको सरकारको आर्थिक सल्लाहकार भएको भन्दै उनले आफूले ‘बायस’ भएर काम नगर्ने दोहोर्‍याए अर्थमन्त्री जनार्दन शर्माले सरकारलाई असहयोग गरेकोसहित विभिन्न गम्भीर आरोपहरु लगाएर अधिकारीलाई निलम्बन गराएका थिए ।

Read More

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्मालाई अप्रत्यक्ष रूपमा पदबाट राजीनामा दिन आग्रह गरेका छन्। गमभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्बनविरुद्ध मंगलबार मात्र अन्तरिम आदेश जारी गर्दै सर्वाेच्च अदालतले उनलाई काम गर्न दिन र तत्काल कारबाही नगर्न भनेको छ। दुई दशकअघि आफूले हटाएका गभर्नर तिलक रावललाई सर्वोच्च अदालतले पुनर्बहाली गराएपछि तत्कालीन अर्थमन्त्री महेश आचार्यले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए। त्यही नजिर स्मरण गराउँदै कांग्रेस महामन्त्री शर्माले अहिलेका अर्थमन्त्री शर्माले पनि त्यसो गर्नु उचित हुने संकेत गरेका हुन्। बुधबार बिहान शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बेलाबेला यस्तो तस्बिर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्– नैतिक मूल्यको प्रस्तुतिलेनै…

Read More

काठमाडौँ- केही समय यता विदेशी फिल्मको दबदबाले नेपाली फिल्मलाई स्वदेशमै गाह्रो परिरहेको खबर आइरहेका छन् । नेपाल सरकारको तर्फबाट फिल्मलाई नियमन गर्ने चलचित्र विकास बोर्डले भने यसमा कदम नचालेको आरोप लाग्ने गरेका छन् । तर, बोर्डका अध्यक्ष दयाराम दाहाल भने आफ्नो मनोमानी नभई प्रक्रियागत रुपमा बोर्डले एक्सन लिने बताएका छन् । ‘कुनै व्यक्तिले भन्दैमा बोर्डले एक्सन लिने हैन । बोर्डले कानुन अनुसार आफ्नो गतिविधि गर्ने हो’ अध्यक्ष दाहालले भने । उनले मंगलबार बसेको बैठकबाट नेपालमा सेन्सर नगरी बुकिङ्ग खोल्न नपाइने र डब फिल्मलाई प्रदर्शनमा रोक लगाउने निर्णय गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई पत्र समेत पठाइसकेका छन् । ड्राफ्ट भइसकेको राष्ट्रिय…

Read More

मोरङ – मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीमा मंगलबार बेलुकी मोटरसाइकलको चक्कामा आफैँले लगाएको सल बेरिँदा लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–८ की २१ बर्सिया रेश्मा नेपाली रहेकी छन् । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बेलुकी पौने ७ बजे को ३८ प २२ ०३ नम्बरको मोटरसाइकलको पछाडि सवार उनले लगाएको लेहेङगाको सल मोटरसाइकलको चक्कामा बेरिँदा उनी मोटरसाइकलबाट लडेकी थिइन् । मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय हरैचाले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौं – आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला १५०० रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला एक लाख दुई हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो सोमबार प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ

Read More

काठमाडौं – नेपाली काँग्रेसले आज (बुधबार) देखि घोषणा पत्र लेख्न थाल्ने भएको छ । अहिलेसम्म काँग्रेसले सुझाव सङ्कलन गरेको थियो । ०७४ मा पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता, विज्ञहरू र सर्वसाधारण जनताबाट काँग्रेसले घोषणा पत्रका लागि सुझाव लिएको थियो । काँग्रेसले महामन्त्री गगनकुमार थापाको नेतृत्वमा घोषणा पत्र बनाउँदै छ । यसपालि काँग्रेसले स्थानीय स्तरबाट पनि प्रतिबद्धता पत्र तयार गरी सार्वजनिक गर्ने तयारी गरेको छ । उम्मेदवारका भिन्नै र पार्टी समितिबाट भिन्नै प्रतिबद्धता पत्र हुनेछन् । काँग्रेसले शिक्षा, स्वास्थ्य, रोजगारलगायतका विषयलाई प्राथमिकताका साथ घोषणा पत्रमा समावेश गर्ने तयारी गरेको छ ।

Read More