Author: महेन्द्रनगर पोष्ट

धनगढी : धनगढीमा अवैध सामान बरामद भएको छ । आइतबार दिउँसो वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले तीन लाख १० हजर २५० मुल्य बराबरकोअवैध सामान बरामद गरेको हो । प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका ४, बसपार्क पछाडि भारतबाट भन्सार छली गरी ल्याइएको बेबारिसे अवस्थामा रहेको समान फेला पारेको हो। बरामद गरिएको समानमा ५०५ जोर सेन्डिल चप्पल र ६,७०० पिस प्रेसर कुकरको रबर रहेका छन्। यो समान अनधिकृत रुपमा भारतबाट ल्याइएको भन्दै प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। बरामद गरिएको समान आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालयमा पठाउने तयारी भईरहेको छ।

Read More

धनगढी: धनगढीमा सडकमा हिड्ने मान्छेलाई सताउने ६ जना तेस्रो लिङ्गीहरु पक्राउ परेका छन्। अस्ति (शुक्रबार) सडकमा हिडडुल गर्ने व्यक्तिहरुलाई अनावश्यक हैरानी दिने ६ जना तेस्रो लिङ्गीहरुलाई पक्राउ गरिएको हो। धनगढी उप-महानगरपालिका-३ चटकपुरस्थित सडकमा हिडडुल गर्ने मानिसहरुलाई अनावश्यक हैरानी दिएको भन्दै उनीहरूलाई समातिएको हो। उनीहरूलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको इन्सपेक्टर जनकराज ढुङ्गानाको टोलीले समातेको थियो। अहिले उनीहरूविरुद्ध थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यी हुन् समातिएकाहरुजिल्ला पर्सा बिरगञ्ज महानगरपालिका वडा नं. ०४ घर भएकी वर्ष २५ उर्मिला थापाजिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ०६ बस्ने वर्ष १९ रेनुसिंह ठकुरीऐ.गौरीगंगा नगरपालिका वडा नं. ०५ बस्ने वर्ष १८ पारु…

Read More

धनगढी : कैलालीका विभिन्न ठाउँबाट भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका प्रहरी टोलीले विभिन्न स्थानहरुमा भन्सार छलि गरी ल्याइएको झण्डै चार लाख मुल्य बराबरको सामान नियन्त्रणमा लिएको हो । लेडिज कुर्ति सुरवाल, सुजी, सिस्टम गुट्खा, बोईलर कुखुरा, बच्चाको चप्पल, चिनि लगायतका विभिन्न सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ । बराबरको मालसमान नियन्त्रणमा लिई भन्सार कार्यालय त्रिनगर पठाएको छ।

Read More

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा.बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अख्तियार उच्च स्रोतका अनुसार सञ्चार सचिव हुँदा उनले गरेको निर्णयले मुलुकको राज्यकोषमा हानि नोक्सानी पुगेको निचोडसहित मुद्दा दायर गर्ने निर्णय भएको हो । अख्तियार स्रोतका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रकरण र सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरिद गर्ने निर्णयमा उनको संलग्नता पुष्टि भएको थियो ।

Read More

काठमाडौं : टी-२० विश्वकपको सुपर ८ को आठौँ खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हराएको छ।  अस्ट्रेलियाका फास्ट बलर प्याट कमिन्सले यो खेलमा ह्याट्रिक विकेट लिएर इतिहास रचेका छन्।  उनी टी-२० विश्वकपमा दुईपटक ह्याट्रिक गर्ने पहिलो बलर बनेका छन्।

Read More

धनगढी: बैतडीमा सिँचाइ ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ। पुर्चौंडी नगरपालिका वडा नम्बर १० महरागाउँका ५ वर्षीय मुकेश महराको सिँचाइ ट्यांकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार शनिबार बिहान ११ बजे घर नजिकैको सिँचाइ ट्यांकीमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका थिए। बालकको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

धनगढी: नेपालको सुदूरपश्चिमस्थित प्रदेश र भारतीय उत्तराखण्ड प्रदेशबीच संयुक्त रुपमा पर्यटन प्रवर्द्धनका लागि छलफल गरिएको छ। हिजो (शनिबार) नेपालस्थित धनगढीबाट पदमविक्रम सिंहसहितका पर्यटन व्यवसायीलाई नेपालसँगै जोडिएको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्रीलाई भेटेका थिए। भेटका क्रममा सुदूरपश्चिमसँग निकट रहेको सो प्रदेश र सुदूरपश्चिमले संयुक्त रुपमा पर्यटन प्रवर्द्धन गर्न सकिने विषयमा छलफल भएको थियो। भेटवार्ताको विषय जानकारी गराउदै उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले पनि नेपाल र उत्तराखण्डबीच आपसी पर्यटन प्रवर्द्धन गर्ने विषयमा पर्यटन व्यवसायीसँग छलफल भएको बताए। सो छलफलले नेपाल र भारतको पनि सम्बन्ध मजबुत हुने उनको दाबी छ।

Read More

धनगढी: कञ्चनपुरको महेन्द्रनगरमा एकाबिहानै वर्षा भएको छ। आज (आइतबार) बिहान महेन्द्रनगर र आसपासका क्षेत्रमा वर्षा भएको हो। केही दिनदेखि चर्को गर्मीको सास्ती खेपिरहेका त्यहाँका स्थानीय वर्षापछि खुसी भएका छन्। उनीहरूले वर्षापछि गर्मीबाट राहत महसुस भएको बताएका छन्। उता नजिकै महेन्द्रनगरमा बिहानै वर्षा हुँदा धनगढीमा भने पानी परेको छैन। धनगढीमा पानी नपर्दा अहिले पनि टन्टलापुर घाम लागेको बताइएको छ। धनगढीसहित सुदूरपश्चिमको तराई क्षेत्रमा यसपाली निकै गर्मी छ। जसले गर्दा जनजीवन अस्तव्यस्त बनेको बुझिएको छ।

Read More

धनगढी: कैलालीमा शनिबार मध्यरातमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–३ ढुंगे बजारमा शनिबार राति ११ बजेर ५० मिनेटमा भे १ त ८७३५ को ट्याक्टर अनियन्त्रित भएर नालामा खसेको थियो। दुर्घटनामा चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–२ बस्ने २१ वर्षीय शेरबहादुर नेपाली र सवार २० वर्षीय दिलबहादुर नेपाली गम्भीर घाइते भएका थिए। राति नै उनीहरुको उद्दार गरेर उपचारका लागि लालरत्न अस्पताल लम्कीमा पुगाइएको थियो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार चालक शेरबहादुरको उपचार सम्भव नभएपछि राति साढे १ बजे टीकापुर अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको हो। अर्का घाइते दिलबहादुरको लालरत्न अस्पतालमै…

Read More

धनगढी: बैतडीको सिगास गाउँपालिकामा बेथिति नै बेथिति देखिएका छन्। हालै सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनले पालिकामा अध्यक्ष हरिसिंह धामीले बेथितिमा रेकर्ड नै बनाएको देखाएको छ। २ पटकसम्म चुनाव जितेका अध्यक्ष धामीले भ्रष्टाचार गर्नेदेखि कानुन नै मिचेर काम गरेको पाइएको छ। महालेखाको प्रतिवेदनमा उल्लेख भएअनुसार अध्यक्ष धामीले कानुनले व्यवस्था नै नगरेको स्वकिय सचिव नियुक्त गरेर तलब खुवाएको देखिएको छ। अध्यक्ष धामीले आफ्नो पीएलाई पालिकाको सरकारी बजेटबाट अवैध रुपमा १ लाख ९७ हजार ४१२ रुपैयाँ तलब भन्दै खुवाएका हुन्। जबकी पालिका अध्यक्षले पीए राख्न नपाइने कानुनी व्यवस्था छ। हेर्नुस् प्रमाण

Read More