Author: महेन्द्रनगर पोष्ट

कैलाली- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढीस्थित गेटा विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलका रुपमा विकास गरिने बताउनुभएको छ । कैलालीको धनगढीमा आज धनगढी उपमहानगरपालिका र नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा आयोजित ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले सुदूरपश्चिममा पर्यटक भित्र्याउन र यहाँको पर्यटन क्षेत्रको विकास गर्न भए पनि यो विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “धनगढी विमानस्थल क्षेत्रीय स्तरको विमानस्थल बनाउछौँ भनेर थुप्रै मन्त्री नेता आए तर कसैले पनि बनाएन, अब मैले बनाएरै देखाउछु ।” मन्त्री आलेले धनगढी विमानस्थलको स्तरोन्नतीसहित क्षेत्रीय स्तरको विमानस्थल बनाए यहाँबाट पोखरा,…

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशसभाको नवौँ अधिवेशन (हिउँदे अधिवेशन) आज राति १२ बजेदेखि अन्त्य हुँदैछ । प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर आज राति १२ बजेदेखि अन्त्य गरिएको जानकारी गराउनुभयो । यही चैत १३ गते हिउँदे अधिवेशन शुरु भएको थियो । यो अधिवेशनका बैठकले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक र दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ पारित गरेको छ । पर्याप्त काम (बिजनेश) नहुँदा प्रदेशसभाको हिउँदे अधिवेशनअन्तर्गतका नियमित बैठक यो अवधिमा तीन पटक सूचना टाँस गरी स्थगित गरिएको थियो । आजको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री…

Read More

काठमाडौं– सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । सरकारलाई असहयोग गरेको र अर्थसम्बन्धी नीतिगत सूचनाहरु बाहिर ल्याएको आरोप लगाउँदै अर्थ मन्त्रालयले अधिकारीलाई शुक्रबार निलम्बन गरेको हो । अर्थ मन्त्रालय स्रोतका अनुसार डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको छ । साथै, अधिकारीमाथि छानविन गर्न छानविन समितिसमेत गठन गरिएको बताइएको छ । विशेष गरी अधिकारीमाथि मुलुकको अर्थतन्त्रबारे गलत अफवाह फैलाएको र गम्भीर प्रकृतिको सूचना चुहाएको आरोप लगाइएको छ । गभर्नर अधिकारीको कार्यशैलीप्रति अर्थमन्त्री जनार्दन शर्मा असन्तुष्ट थिए ।

Read More

कैलाली, सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागि भएको छ । माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारमा काँग्रेस तीन मन्त्रालयलयसहित सरकारमा सहभागि भएको हो । मुख्यमन्त्री त्रिलोचन भट्टले काँग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोबिन्द बोहोरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक विकास राज्य मन्त्रीमा नियुक्त गरे । यस्तै आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त भएका छन् । एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइएको छ । उनीहरुले राजीनामा दिएपछि नयाँलाई नियुक्त गरिएको हो । यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुुमारी चौधरी फिर्ता भएकी छिन् भने…

Read More

ललित सामन्तदार्चुला- दार्चुलामा जबरजस्तीकरणी प्रयार गरेको आरोपमा एक १९ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मालिकार्जुन गाउँपालिकाकी एक १२ वर्षीया बालिकालाई जबरजस्तीकरणी प्रयास गरेको आरोपमा सोही ठाउँका १९ वर्षीय महेशराम लुहारलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार युवकले बालिकालाई विद्यालयबाट घर फर्किने क्रममा बाटोमा जबरजस्तीकरणीको प्रयास गरेको भन्दै पीडित बालिकाका आफ्न्तले प्रहरीमा चैत्र २४ गते जाहेरी दिएका थिए । घट्ना चैत्र १८ गतेको भएपनि पीडित बालिकाका आफन्तले ढिलागरी चैत्र २४ गते मात्रै जाहेरी दिएको तथा मौखिक जानकारीको आधारमा पीडकलाई २३ गते नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए…

Read More

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागि हुँदैछ । सरकारमा सहभागि नगराए गठबन्धन स्वीकार नगर्ने अडानपछि प्रदेश सरकारमा कांग्रेसलाई सरकारमा सहभागि गराइन लागिएको हो । कांग्रेस प्रदेश सरकारमा दुई मन्त्री र एक राज्यमन्त्रीसहित सहभागि हुन लागेको हो । कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल आन्तरिक मामिला तथा कानुन मन्त्री, गोबिन्द बोहोरा सामाजिक विकास मन्त्री र टेकबहादुर रैका सामाजिक बिकास राज्य मन्त्री हँदैछन् । मन्त्रीको सपथ पनि केही बेरमा हुँदैछ । माओबादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारमा एकीकृत समाजबादी पनि सहभागि छ । लामो समयदेखि कांग्रेसले पनि सरकारका सहभागि गराउनुपर्ने माग र्गै आइरहेपनि सत्ता गठबन्धन र प्रदेश सरकारमा आवद्ध…

Read More

काठमाडौं- आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि सबै राजनीतिक दल र सरोकारवालाको सुझाव तथा परामर्शमा स्वीकृत गरिएको निर्वाचन आचारसंहिता, २०७८ आजदेखि लागू भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित बनाउन आचारसंहिता लागू गरिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गले सम्पन्न गरी नागरिकलाई मताधिकारको निर्वाध उपयोग गर्ने अवसर सिर्जना गर्न आह्वान गर्नुभयो । आयोगद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र तुल्याउन प्राप्त हुने सबै खाले सुझावलाई सकारात्मकरूपमा ग्रहण गर्ने बताउनुभयो । प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “निर्वाचनमार्फत लोकतन्त्रको सुदृढीकरण र…

Read More

काठमाडौं – नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत विभागले आज सरुवा सूची सार्वजनिक गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार आगामी वैशाखदेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।सूचीः

Read More

दार्चुला – नेपाल प्रहरीका ३ सय ७३ जना प्रहरी निरीक्षकहरूको सरुवा गरिएको छ । आईजीपी शैलेश थापा क्षेत्रीले बिहीबार इन्स्पेक्टर सरुवाको निर्णय गरेका हुन् । स्थानीय तहको निर्वाचनको बेला नेपाल प्रहरीका इन्सपेक्टरहरुको सरुवा गरिएको हो । जसमा जिल्ला प्रहरी कार्यालय दार्चुला र इलाका प्रहरी कार्यालयका गरी ६ जनाको इन्सपेक्टरहरुको सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालयमा काज सरुवा भएर आउनुभएका प्रहरी निरीक्षक माधव विश्वकर्माको सुदूरपश्चिम प्रदेश प्रहरी आवाशीय माध्यमिक विद्यालय धनगढी सरुवा भएको छ । यस्तै इन्सपेक्टर पुष्करसिह ऐरीको वडा प्रहरी कार्यालय बुटबल रुपन्देही सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालयमा इलाका प्रहरी कार्यालय दुम्कीबास पूर्वनवलपरासीबाट हिक्मतबहादुर थापा आउनुभएको छ…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्ने बताएकी छन् । शुक्रबार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को काठमाडौंमा सुरु भएको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्ने बताएकी हुन् । उनले नेपालबाट उच्च शिक्षाका लागि बर्सेनि हजारौँ विद्यार्थी विदेश पलायन भइरहेको भन्दै यो क्रमलाई रोकेर उच्चस्तरीय शैक्षिक संस्था निर्माण गरी विदेशी विद्यार्थीको अध्ययनको गन्तव्य बनाउन सकिने बताइन् । राष्ट्रपति भण्डारीले विदेशी विद्यार्थीलाई समेत नेपालमा अध्ययन तथा अनुसन्धानका लागि आकर्षित गर्नसके शिक्षाको…

Read More