ललित सामन्त
दार्चुला– दार्चुलामा जबरजस्तीकरणी प्रयार गरेको आरोपमा एक १९ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मालिकार्जुन गाउँपालिकाकी एक १२ वर्षीया बालिकालाई जबरजस्तीकरणी प्रयास गरेको आरोपमा सोही ठाउँका १९ वर्षीय महेशराम लुहारलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार युवकले बालिकालाई विद्यालयबाट घर फर्किने क्रममा बाटोमा जबरजस्तीकरणीको प्रयास गरेको भन्दै पीडित बालिकाका आफ्न्तले प्रहरीमा चैत्र २४ गते जाहेरी दिएका थिए । घट्ना चैत्र १८ गतेको भएपनि पीडित बालिकाका आफन्तले ढिलागरी चैत्र २४ गते मात्रै जाहेरी दिएको तथा मौखिक जानकारीको आधारमा पीडकलाई २३ गते नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए ।
जबरजस्तीकरणी उद्योगसम्बन्धी मुद्दामा तीन वर्षसम्म जेल सजाय हुनुका साथै ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । आरोपी युवकलाई पक्राउ गरी थुनामा राखेर घट्नाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।