Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट कन्फेरेन्स २०२२ यही चैत २७ र २८ गते काठमाडौँमा हुने भएको छ। जानकी ग्लोबल फाउन्डेसनको आयोजनामा सो कार्यक्रम हुन लागेको हो । कार्यक्रममा बैंकिङ, सेयर बजार, हाइड्रोपावरलगायतका विविध विषयमा कक्षा सञ्चालन हुनेछ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी गराइएको हो। फाउन्डेसनकी प्रमुख जानकी गुरुङले नेपालमा लगानीको वातावरण बनाउन कार्यक्रमको आयोजना गरिएको बताइन् ।

Read More

बागलुङ- चैत्राष्टमी (चैतेदसैँ) को अवसर पारेर आजदेखि बागलुङमा चैत्राष्टमी मेला सुरु हुँदैछ । बागलुङ कालिका भगवती गुठीले मेलाको आयोजना गरेको हो । मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । पर्यटनको प्रवद्र्धन, संस्कृतिको संरक्षण र परम्पराको निरन्तरता दिन मेला आयोजना गरिएको उहाँले बताउनुभयो । बागलुङ कालिका मन्दिर परिसरमा पहिल्यैदेखि व्यापार मेलाका रुपमा चैतेदसैँ मेला लाग्ने गरेको थियो । कालिका भगवती गुठीले केही वर्षअघिदेखि स्वस्फुर्त लाग्ने मेलालाई व्यवस्थापन गर्दै आएको छ । यस वर्ष पनि मेलामा भलिबल, राष्ट्रिय लोकदोहोरी, भजन प्रतियोगिता र छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको खड्काले जानकारी दिनुभयो । आजदेखि…

Read More

कैलाली- कैलालीको घोडाघोडी नगरपालिकामा नेपाली कांग्रेसले मेयर पद नछाड्ने अडान लिएको छ । आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घोडाघोडी कांग्रेसले मेयर नछाड्ने निष्कर्ष निकालेको हो । २२ गते कांग्रेस जिल्ला कार्यसमितिको बैठकमा पनि वडामा खटिएका प्रतिनिधिहरुले गठबन्धन गर्न नहुने सुझाव दिएका छन् । वडामा खटिएका जिल्ला समिति सदस्य अमर खत्रीले घोडाघोडीमा अहिले कांग्रेस एक्लै बलियो भएकाले गठबन्धन गर्न आवश्यक नभएको बताए । यदि गठबन्धन हुने अवस्था आए प्रमुख र अधिकांश वडाहरूमा अध्यक्षको दाबी रहने उनले बताए । घोडाघोडीका नगर उपसभापति तिलक भट्टराईले पनि अहिलेको अवस्थामा गठबन्धन गर्न नहुने बताए। गठबन्धन गर्नै परे पनि कांग्रेसलाई प्रमुख चाहिने बताए ।…

Read More

कैलाली- स्थानीय तहको निर्वाचनका लागि सत्तासीन दलहरूले सुदूरपश्चिममा जिल्लास्तरमै तालमेलको गृहकार्य थालेका छन् । केही जिल्लामा वडा तहसम्मै तालमेल गर्ने निर्णय भएको छ भने केही जिल्लामा तालमेलबारे छलफल सुरु भएको छ । कञ्चनपुर र अछाममा गठबन्धनले वडा तहसम्मै तालमेल गर्ने निर्णय गरेको छ । डोटीमा पनि गठबन्धन गर्ने निर्णय भएको छ । औपचारिक निर्णय गर्न बाँकी रहे पनि कैलाली, डडेल्धुरा, बझाङमा पनि गठबन्धन गरेर जान दलहरू सहमत छन् । अछाममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जिल्लाका १० वटै स्थानीय तह र ९१ वटै वडामा गठबन्धन गरेर जाने निर्णय गरेका छन् । तीनै दलका जिल्ला अध्यक्षले गत सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनको…

Read More

काठमाडौं– आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो प्रदेश–१ को पहाडी भू–भागका केही स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । आज राति प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ ।…

Read More

आज तपाईको राशिफलमेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । लाभदायक योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा पनि फाइदा होला । बृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सजग रहनु होला । कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक कृत्यको योग छ ।…

Read More

सुदूरपश्चिम- प्रदेशसभाका सदस्यले बनेका कानून प्रयोगमा नआउँदै छिटोछिटो संशोधन गर्नुपर्ने अवस्था आउँदा सरकार र संसदीय समितिको क्षमता माथि नै प्रश्न उठेको बताउनुभएको छ । प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि भएको दफावार छलफलमा भाग लिने सदस्यले छिटोछिटो कानून संशोधनमा जाँदा सरकारको क्षमतामाथि नै प्रश्न उठेकाले विज्ञको सल्लाहका साथै गहनरूपमा अध्ययन गरेर मात्र विधेयकको मस्यौदा बनाउन सुझाव दिनुभयो । छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य एवं विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले गएको चार वर्षको अवधिमा धेरै ऐन संशोधन गर्नुपर्ने अवस्था किन आयो भनी प्रश्न गर्नुभयो । अर्का सदस्य श्यामलाल…

Read More

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ । श्वासप्रश्वासमा समस्या भई ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका ठाकुरको स्वास्थ्यावस्थाबारे जानकारी लिन बुधबार साँझ गृहमन्त्री खाँण अस्पताल पुग्नुभएको हो । पार्टी कार्यक्रमका लागि भैरहवामा रहेका अध्यक्ष ठाकुरलाई छाती दुख्ने, ज्वरो आउनेजस्ता समस्या देखिएपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । ठाकुरको स्वास्थ्यावस्थामा सुधार आएको उपचारमा संलग्न चिकित्सकले गृहमन्त्री खाँणलाई जानकारी गराउनुभएको थियो । खाँणले भेटका क्रममा ठाकुरको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि स्वास्थ्यावस्थाबारे जिज्ञासा राखेको उहाँलाई सुनाउनुभएको थियो ।

Read More

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संस्था प्रेस युनियनको आशन्न जेठमा हुने केन्द्रीय महाधिवेशनलाई लक्षित गरी महाधिवेशन आयोजक समन्वय उपसमिति गठन गरिएको छ । आगामी जेठ १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने केन्द्रीय महाधिवेशनलाई लक्षित गरी बुधबार बसेको भेलाले युनियनको केन्द्रीय सदस्य राममणि दाहालको संयोजकमा उपसमिति गठन गरेको हो । उपसमितिको सहसंयोजकमा युनियनका केन्द्रीय सदस्य गिरिजाप्रसाद अधिकारी, सचिवालय, मञ्च तथा स्वागत समिति संयोजकमा पोष्टराज अधिकारी (कुमार), आवास समिति संयोजकमा रूपेश दुलाल र भोजन समिति संयोजकमा सुजन विडारीलाई जिम्मेवारी दिइएको छ । यस्तै प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी (कुमार)को अध्यक्षतामा भएको बैठकमा महाधिवेशनको उद्घाटन तथा निर्वाचन आवास तथा भोजन,…

Read More

सर्लाही- सर्लाहीको मलङ्गवा नगरपालिका–८ मा अज्ञात समूहको गोली प्रहारबाट आज एक जनाको मृत्यु भएको छ । साँझ अज्ञात समूहको गोली प्रहारबाट छिमेकी देश भारतको सोनबर्साका इनदल महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । साँझ करिब ६ः५० बजे अज्ञात समूहको गोली लागेका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । गोली प्रहार कसले र किन गरेको भन्ने विषयमा अनुसन्धान सुरु भएको र फरार रहेको समूहको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Read More