Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सेयरबजार सूचक नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) एक सातापछि बुधबार बढेकाे छ । आज ४०.६८ अङ्कले बढ्दै नेप्से २५६८.२५ बिन्दुमा पुगेको हो । नेप्से १.६१ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.१३ अंकले बढेर ४८०.०६ विन्दुमा पुगेको छ । अन्तिम सयमसम्म कारोबारमा आएका कूल २३२ वटा कम्पनीको ४५ लाख २ हजार ५ सय ११ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब २५ करोड एक लाख १७ हजार २ सय ९६ रूपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर बढेको छ । सबैभन्दा धेरै अन्य समूह बढेको छ । सबै उपसमूह…

Read More

भक्तपुर – भक्तपुरमा १८ वर्ष उमेर पुगेका मतदान गर्न अधिकार प्राप्त एक लाख ८९ हजार ५८४ मतदाता पुगेका छन् । भक्तपुरमा पुरुष ९२ हजार २६५, महिला ९७ हजार ३१४ र तेस्रो लिङ्गी पाँच गरी कूल एक लाख ८९ हजार ५८४ मतदाता पुगेको आज जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जानकारी दिएको छ । कार्यालयका सूचना अधिकारी भीमबहादुर विसीले जिल्लामा भक्तपुर नगरपालिकामा पुरुष २७ हजार ६५६, महिला २९ हजार ६१४ गरी कूल ५७ हजार २७०, सूर्यविनायक नगरपालिकामा पुरुष २२ हजार ९८०, महिला २४ हजार ३८५, तेस्रो लिङ्गी दुई गरी कूल ४७ हजार ३६७ र मध्यपुरथिमि नगरपालिकामा २० हजार ५३१ पुरुष, २१ हजार ३०८…

Read More

गण्डकी – पर्यटकीय नगरी पोखराको मुख्य प्रवेशद्वार पृथ्वी राजमार्गको दुलेगौंडादेखि कोत्रेसम्मको सडकखण्ड लामो समयदेखि बिग्रँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । लामो समयदेखि यस खण्डमा सडक बिग्रेभत्के पनि त्यसतर्फ सम्बन्धित निकायको चासो पुग्न नसकेको यस क्षेत्रका बासिन्दाको गुनासो छ । पर्यटकीय नगरी पोखरा प्रवेश गर्ने सडक नै अस्तव्यस्त बनिरहँदा यसले समग्र पोखराको पर्यटनमा नकारात्मक असर पार्ने सरोकारवाला बताउँछन् । पोखरा छिर्ने मुख्य सडकखण्ड बिग्रँदा त्यसले यहाँ आउने जो कोहीमा नराम्रो छाप पार्ने गरेको नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवम् वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई बताउँछन् । ‘पृथ्वीराजमार्गको यस सडक खण्ड हुँदै लामो समय पोखरा आवतजावत गर्ने पर्यटकले वर्षौँसम्म पनि यस सडक…

Read More

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेट सबैको अपनत्व हुने गरी निर्माण हुने बताएका छन् । नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको बातावरण, निजी क्षेत्रमैत्रीलगायतका विषयलाई प्राथमिकता दिएर बजेट निर्माण हुने बताए । ‘किसानले आफ्नै बारीमा बजेट पसेको महसुस गरून्, व्यापारीले आफ्नो गोदाममा उज्यालो पसेको खुसी पाउन् । हामी यो दृष्टिकोण राखेर बजेट निर्माणमा केन्द्रित छौं’ उनले भने । अहिलेको अर्थतन्त्रका बारेमा धेरै चिन्ता भइरहेको भन्दै बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप…

Read More

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यकारिणीको बैठक बसिरहेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ । साथै सरकारमा सहभागी हुने नहुने विषयमा पनि जारी बैठकमा छलफल हुन सक्ने नेताहरूले जानकारी दिएका छन् ।

Read More

काठमाडौं – त्रिकोणात्मक टी २० श्रृंखला अन्तर्गत अहिले भइरहेको खेलमा नेपाललाई मलेसियाले ११५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको हो । मलेसियाको लागि जुबाईदी जुल्किफलले सर्वाधिक ३२ र कप्तान अहमद फैजले २४ रन बनाए । इनिङ्सको पहिलो बलमै विकेट गुमाएपनि मलेसियाले आक्रमक ब्याटिङ गर्दै रन जोडेको थियो । मलेसायका ओपनर विरनदीप सिंहलाई करण केसीले खेलको पहिलो बलमै बोल्ड गरे । तर त्यसपछि जुबाईदी जुल्किफल र कप्तान अहमद फैजले ४९ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाए । मलेसियाले पावर प्लेमा १ विकेट गुमाएर ४६ रन…

Read More

काठमाडौं – यही चैत २५ गतेदेखि फेरि अर्को लघुवित्तको आइपीओ आउने भएको छ । उपकार लघुवित्तको आइपीओ चैत २५ गते निश्काषन हुने भएको हो । धितोपत्र बोर्डले चैत २५ गतेदेखि सर्वसाधारणका लागि २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति दिएको हो । उपकार लघुवित्तको प्रतिकित्ता १०० अंकित मूल्यका दरले २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन हुन लागेको छ जसमा (५ % ) ११ हजार ८१३ कित्ता सामुहीक लगानी कोष र ९०.५५ ० ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले २ लाख २१ हजार १५६ कित्ताका लागि आवेदन दिन…

Read More

एजेन्सी – उत्तर कोरियाले यसै साता परीक्षण गरेको अन्तरमहादेशीय क्षेप्यास्त्र नयाँ नभई पुरानो शैलीको भएको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले गत बिहीबार ह्वासोङ १७ नामक ‘भीमकाय’ अन्तरमहादेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको थियो । ‘ह्वासोङ १७ परीक्षण गरेको उत्तर कोरियाली दाबी झूठो भएको दक्षिण कोरिया र अमेरिकी जासुसी निकायले निष्कर्ष निकालेका छन् । यो वास्तवमा ह्वासोङ १५ थियो । त्यसैले हामी उत्तर कोरियाले झुक्यायो भनिरहेका छौं ।’ पूर्व सैनिक अधिकारी समेत रहेका दक्षिण कोरियाली सत्तारुढ डेमोक्र्याटिक पार्टीका नेता मिन होङ चुलले भने । ह्वासोङ १५ लाई उत्तर कोरियाले अन्तिमपटक सन् २०१७ मा परीक्षण गरेको थियो । यही…

Read More

काठमाडौं – नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलले लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारले नै मिलेमतो गरेर राज्यलाई डेढ अर्ब बढी नोक्सान पुर्‍याउन खोजिएको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको छ। एमाले संसदीय दलले बुधबार पत्रकार सम्मेलन गर्दै लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि दुइटा निर्माण कम्पनीलाई मात्र प्रतिस्पर्धा गराउने गरी प्रदेश पूर्वाधार विकास प्राधिकरणले स्पेसिफिकेसन तयार गरेर राज्यलाई आर्थिक नोक्सान पुर्‍याउन खोजेको र मुख्यमन्त्री नै प्राधिकरणका अध्यक्ष रहेकोले उनको राजीनामा माग गरेको हो। एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले सरकारले चाहेका निर्माण कम्पनीले मात्रै टेण्डरमा सहभागी हुन पाउने गरी स्पेसिफिकेसन तयार गर्दा नै आर्थिक मिलेमतो…

Read More

काठमाडौं – चैत ८ गतेबाट निष्काशन खुल्ला गरेको ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ आइतबार चैत २० गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक रहेको लक्ष्मी क्यापिटलले आइतबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिरहेको जानकारी दिएको छ । यसको प्री–अलोटमेन्ट चैत १५ गते मंगलबार सम्पन्न भइसकेको छ । मागभन्दा ९.०२ गुणा बढी आवेदन परेको हुनाले भाग्यमानी २ लाख ८७ हजार ५०० जनाले मात्र यस आइपीओ हात पार्ने र बाँकी १८ लाख ७० हजार १३१ जनाको भने हात खाली हुने जनाइएको छ । यसमा कुल २१ लाख ५७ हजार ६३१ जनाले २ करोड ५९ लाख ४० हजार ५६० कित्ताका लागि आवेदन दिएका छन् ।…

Read More