काठमाडौं – यही चैत २५ गतेदेखि फेरि अर्को लघुवित्तको आइपीओ आउने भएको छ । उपकार लघुवित्तको आइपीओ चैत २५ गते निश्काषन हुने भएको हो ।
धितोपत्र बोर्डले चैत २५ गतेदेखि सर्वसाधारणका लागि २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति दिएको हो ।
उपकार लघुवित्तको प्रतिकित्ता १०० अंकित मूल्यका दरले २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन हुन लागेको छ जसमा (५ % ) ११ हजार ८१३ कित्ता सामुहीक लगानी कोष र ९०.५५ ० ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले २ लाख २१ हजार १५६ कित्ताका लागि आवेदन दिन सक्ने छन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।
चैत २५ गतेदेखि खुल्ने आइपीओमा चैत २९ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख ९ गतेसम्म आवेदन दिन सकिने छ ।
उपकार लघुवित्तको आइपीओमा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बलेफीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ ।