काठमाडौं – चैत ८ गतेबाट निष्काशन खुल्ला गरेको ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ आइतबार चैत २० गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक रहेको लक्ष्मी क्यापिटलले आइतबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।
यसको प्री–अलोटमेन्ट चैत १५ गते मंगलबार सम्पन्न भइसकेको छ । मागभन्दा ९.०२ गुणा बढी आवेदन परेको हुनाले भाग्यमानी २ लाख ८७ हजार ५०० जनाले मात्र यस आइपीओ हात पार्ने र बाँकी १८ लाख ७० हजार १३१ जनाको भने हात खाली हुने जनाइएको छ ।
यसमा कुल २१ लाख ५७ हजार ६३१ जनाले २ करोड ५९ लाख ४० हजार ५६० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब ५९ करोड ४० लाख ५६ हजार रुपैयाँ बरारको आवेदन परेको छ । कुल ३१ लाख २५ हजार कित्ता सेयरमध्ये ५५ अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोष र ३५ अर्थात ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी २८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिएको थियो ।