Author: महेन्द्रनगर पोष्ट

काठमाडौं । पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२२२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या १ हजार ५५८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २१५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना संक्रमणका कारण आज कसैको मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

Read More

दार्चुला – दार्चुलामा कोमलप्रशाद आर्चाय मुख्य निर्वाचन अधिकृत तोकिनु भएको छ । निर्वाचन आयोगले जिल्ला अदालत दार्चुलाका न्यायधीस आचार्यलाई वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको हो । जिल्लाको अपि हिमाल गाउँपालिकामा खेम राज खत्रीलाई निर्वाचन अधिकृत तोकिएको छ । यस्तै जिल्लाको दुहुँ गाउँपालिकामा बुद्धिलाल श्रेष्ठलाई निर्वाचन अधिकृत तोकिएको छ । नौगाड गाउँपालिकामा लक्ष्मण देबकोटा व्यासँ गाउँपालिकामा कोशलेश्वर ज्ञवाली मार्मा गाउँपालिकामा देबेन्द्र बहादुर मल्ललाई निर्वाचन अधिकृत तोकिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रदिप सिह धामीले जानकारी दिनु भएको छ । यस्तै मालिकार्जुन गाउँपालिकामा ओम प्रसाद भट्टराई लेकम गाउँपालिकामा धर्मराज रोकाया तथा शैल्यशिखर नगरपालिकामा हरिसिह…

Read More

काठमाडौं – राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा चयन भएका छन् । उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा चयन गरेका हुन् । अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार उनलाई पार्टी कार्यालयमा सल्लाहकार समितिको अध्यक्षमा मनोनयनको पत्र हस्तान्तरण गरेका हुन् ।

Read More

काठमाडौं – तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । विदेशमन्त्री वाङ आज आइतबार अपरान्ह स्वदेश फर्किएका हुन् । वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदाई गरेका छन् । शुक्रबार काठमाडौं आएका वाङले शनिबार र आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा।नारायण खड्का, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

Read More

दार्चुला – जिल्ला प्रशासन कार्यालय दार्चुलाले इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायले इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेका हुन् । अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै इजाजत लिएका हतियार चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन आग्रह गरिएको उनले बताए । स्थानीय तहको निर्वाचनलाई भरपर्दो विश्वसनीय बनाउन इजाजत लिएर राखिएका हतियार बुझाउन आग्रह गरिएको उनले बताए । तोकिएको समयमा हतियार नबुझाएमा कानुन बमोजिम कारबार्हि भई जाने समेत उनले बताए ।

Read More

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय समाचार समिति (रासस) का कर्मचारीलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । रासस केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा आइतबार आयोजित कार्यक्रममा सहुलियत कर्जा उपलब्ध गराउनेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । ‘पेशाकर्मी सरल कर्जा’ नाम दिइएको सो कार्यक्रमले राससमा कार्यरत कर्मचारीलाई सहजरुपमा कर्जा लिन मार्ग प्रशस्त भएको छ । द्विपक्षीय सम्झौतामा राससकातर्फबाट महाप्रबन्धक सिद्धराज राई र वाणिज्य बैंक शाखा कार्यालय थापाथलीका तर्फबाट शाखा प्रबन्धक विक्रममान श्रेष्ठले हस्ताक्षर गरे । वाणिज्य बैंकले आधार दरमा थप चार प्रतिशत प्रिमियम थप गरी सहुलियत कर्जा उपलब्ध गराउनेछ । सरकारी स्वामित्वका संस्थान, समिति एवम् सङ्गठित संस्थामा कार्यरत कर्मचारीलाई सहजरुपमा कर्जा…

Read More

काठमाडौं – साताको पहिलो कारोबारको दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसुचक ४१.४३ अंकले घटेर २५७२.२३ को बिन्दुुमा पुगेको छ । यस दिन सेन्सेटिभ परिसूचक ९.५५ अंकले घट्दै ४७९.३९ विन्दुमा झरेको छ । आइतवार कुल २ सय ३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१५ रुपैयाँ बराबरमा किनबेच भएको छ । निर्जीवन बीमाबाहेकका सबै उपसमूह घटेका छन् । बैंकिङ २१, विकास बैंक १४५, फाइनान्स ६२, होटल तथा पर्यटन ६६, जलविद्युत ७६, उत्पादन १४५, लघुवित्त ३९, अन्य ९३ र व्यापार उपसमूह ५५…

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सशक्त रूपमा अगाडि बढिरहेको बताएका छन् । उनले स्थापनाकालमै आफ्नो पार्टी सुदूरपश्चिम, मधेस प्रदेश र कर्णाली प्रदेशमा एमालेभन्दा अगाडि रहेको बताए । उनले भने, ‘सुदूरपश्चिममा त हाम्रो पार्टी एक नम्बरमा छ । केपी ओलीको पार्टी भुईँमा पछारिएको छ । माओवादी २ नम्बर, काँग्रेस ३ नम्बर, केपी ओली बिचरा बेहाल !’ त्यसै गरी मधेस प्रदेशमा पनि नेकपा (एस) भन्दा एमाले धेरै पछाडि परेको उनले दाबी गरे । उनले भने, ‘दुई नम्बर प्रदेशमा हामी सशक्त भएर अगाडि छौँ । केपी ओलीको पार्टी त कहाँ हो कहाँ ।’ राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई धूलिसाथ बनाएको…

Read More

काठमाडौं – प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिनुहुँदै यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको जानकारी दिए। प्रदेश नं.१ मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा–२ बमोजिम आज राति १२ बजेदेखि प्रदेश सभाको नवौं तथा चालू हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले चैत १५ गते २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्ने भएको हो । ट्रेजरी बिलको बोलकबोल चैत १४ गते हुनेछ । राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल २०७९ वैशाख १३ गते परिपक्व हुनेछ ।यसैगरी ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल केन्द्रीय बैंकले जारी गर्नेछ। यो ट्रेजरी बिल २०७९ असार १४ गते परिपक्व हुनेछ । त्यस्तै बैंकले १८२ दिनका लागि ३ अर्ब…

Read More