Author: महेन्द्रनगर पोष्ट

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले निर्वाचन आचारसंहिताको पालना सबैको दायित्व रहेको बताएका छन्। निर्वाचन आयोग र नेपाल कानून समाजले आज धनगढीमा आयोजना गरेको ‘निर्वाचन आचारसंघिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालहरुको भूमिका’ विषय गोष्ठीमा उनले आचारसंहिता सबैले पालना गर्नु पर्ने बताएका हुन।‘नागरिकले आफूले नगर्नु पर्ने कार्यहरु नगरि दिए आचारसंहिताको आवश्यकता नै पर्दैनथ्यो’, उनले भने । ‘तर, त्यस्तो नभइ दिएकाले कानून, हाम्रो विधि र आचारसंहिता बनेको हो। यसको पालना सबैले गर्नु पर्दछ ।’ कार्यक्रममा निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय, पूर्व सचिव बेगेन्द्र शर्मा पौडेल, नेपाल कानून समाजका निर्देशक कृष्णमान प्रधान लगायतकाले धारणा राखेका थिए।

Read More

भरतपुर – भरतपुर मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । नारायणी एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालिको आयोजनामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्दै निर्माण रोकिएको रङ्गशालाको विषयमा छिट्टै नै शुभ समाचार सुन्न पाइने बताउनुभयो । धुर्मुश–सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेर बीचमा छोडेपछि काम रोकिएको रङ्गशालाका पुरानो ऋणका कारण तत्काल काम सुरु गर्न नसकिएको उहाँको भनाइ थियो । ऋणका लागि मन्त्रिपरिषदमा लैजानु पर्ने भएकाले निर्माणमा ढिलाइ भएको उहाँले बताउनुभयो । चैत १७ गते सम्म सञ्चालन हुने सो प्रतियोगितामा चितवन, मकवानपुर र नवलपुर गरी तीनवटा समुह सहभागी भएका छन्…

Read More

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार १ लाख ९ सय रुपैयाँमा कारोबार भएको सुन आज सोमबार ४ सय रुपैयाँले घटेर १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी आज (सोमबार) पोखरा जाने भएकी छन् । पोखरामा आजदेखि शुरु हुने स्थानिय तहका न्यायिक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न राष्ट्रपति भण्डारी पोखरा जान लागेकी हुन् । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पोखरा सभागृहमा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलनका लागि देशभरका न्यायिक समितिका प्रमुख तथा सदस्यलाई आमन्त्रण गरिएको आयोजक पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिकी प्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन्। महानगर, उपमहानगर, नगर र गाउँपालिकाका उपप्रमुखको नेतृत्वमा न्यायिक समिति रहने संवैधानिक व्यवस्था छ। सर्वसाधारणको न्यायमा पहुँच सहज र सरल बनाउने उद्देश्यका साथ न्यायिक समिति बनाइएको हो। गुरुङले सम्मेलनमा…

Read More

महोत्तरी – औरही नगरपालिका-१ औरहीस्थित सडकबाट स्रोत नखुलेको नगद ५५ लाख रुपैयाँ सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-२ बस्ने २१ वर्षीय धिरज कुमार यादव र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । ज ९ प ८२४७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद र विभिन्न बैंकका ५३ थान चेक सहित फेला पारी पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जलेश्वर पठाइएको छ ।

Read More

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे पछि बैठक बोलाइएको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आजको बैठकबाट कांग्रेसले चुनावी तालमेलका विषयमा निर्णय गर्ने सम्भावना छ । पार्टीले आवश्कताको सिद्धान्तानुसार तालमेलको पक्षमा निर्णय लिने उनको भनाइ छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेता तालमेलको पक्षमा छन भने नेता शेखर कोइराला समूह तालमेलको विपक्षमा छ । बैठकमा आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचका लागि पार्टीले गरेको एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔं’ अभियानको समीक्षा जारी छ ।

Read More

काठमाडौं – नेपाल प्रहरीले ४ सय ८८ जनालाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस गरेको छ । आइतबार बसेको बढुवा समितिको बैठकले चौथो सूची निकालेर ४ सय ८८ नायव निरीक्षकलाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस गरेको हो । यसअघि, शनिबार ३२२ जना, शुक्रबार १७० जना र बिहीबार १९१ जनालाई वरिष्ठ नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको थियो । प्रहरी नियमावलीमा भएको दशौँ संशोधन भएर राजपत्रमा प्रकाशित भएपछि नयाँ सृजना भएको वरिष्ठ नायक निरीक्षक पदमा चरणबद्ध रूपमा बढुवा सिफारिस गर्न थालिएको हो । यो पदमा कुल १ हजार १ सय ९१ जना बढुवा हुने छन् ।

Read More

काठमाडौँ – पपुवा न्यूगिनी (पीएनजी) विरुद्धको दुवै खेलमा पराजित भएपछि नेपालले घरेलु भूमिमा खेलेको पहिलो द्विपक्षीय एक दिवसीय अन्तर्राष्ट्रिय शृङखला गुमाएको छ । नेपालले अहिलेसम्म चार वटा एक दिवसीय अन्तर्राष्ट्रिय शृङखला खेल्दा पहिलो पटक शृङखला गुमाएको हो । यसअघि नेदरल्याण्ड्ससँग खेलेको ऐतिहासिक शृङखला बराबरी गरेको नेपालले यूएई र पीएनजीविरुद्धकै एक दिवसीय शृङखला जितेको थियो । घरेलु मैदानमा दुवै एक दिवसीय खेल हारेको नेपाल फरक फर्म्यायाटमा फरक नतिजाको अपेक्षासहित त्रिदेशीय टी-२० श्रृंखलाको पहिलो खेलमा आज पीएनजीसँग खेल्दैछ । टी-२० शृङखलामा नेपाल र पीएनजीसहित मलेसियासमेत सहभागी छ । तीन टिमबीच एक आपसमा दुई/दुई खेल हुनेछ र शीर्ष दुई टिमबीच फाइनल खेल हुनेछ…

Read More

एजेन्सी– रुसका विदेशमन्त्री सर्गेई लाभरोभ यसै साता भारत भ्रमणमा आउने भएका छन्।   लाभरोभ आधिकारिक बैठकका लागि भारत भ्रमणमा आउन लागेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। रुसले युक्रेनमाथि आक्रमण गरेको एक महिनाभन्दा लामो समय बितिसकेको अवस्थामा रुसका विदेशमन्त्रीले भारतको भ्रमण गर्न लागेका हुन्। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि पहिलोपटक शीर्ष रुसी अधिकारीले भारत भ्रमण गर्न लागेका हुन्। विश्व समुदायले अहिले रुसले गरेको आक्रमणको विरोध गरिरहँदा भारत भने यो मामिलामा तटस्थ बसेको छ। यस्तोमा रुसी विदेशमन्त्रीको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। भारत भ्रमणको क्रममा लाभरोभँग युद्धको कारण उत्पन्न परिस्थितिपछिको रणनीतिक विषयमा कुरा हुन सक्ने समाचारमा उल्लेख छ। त्यस्तै रुसी तेल खरिद, भुक्तानी…

Read More

काठमाडाैं – नेपाल वायुसेवा निगमले काठमाडौं–मुम्बई उडान पुनः सुरु गरेको छ। करिब दुई वर्षदेखि कोभिड–१९ का कारण रोकिएको उडान आइतबारबाट सुरु भएको हो। आइतबारबाट साताको तीन उडान गर्ने गरी काठमाडौं मुम्बई उडान सुरु गरिएको निगमले जनाएको छ। भारत सरकारले कोभिड–१९ पछि अन्तर्राष्ट्रिय उडानमा लगाउँदै आएको प्रतिबन्ध हटाएपछि नियमति उठान सुरु गरिएको हो। कोभिड–१९ पछि नेपाल–भारतबीच एयर बबल सम्झौता अनुसार उडान तथा अवतरण हुँदै आएको थियो। नियमति उडान सुरु भएसँगै नेपाल भारतबीचको एयर बबल सम्झौता खारेज भएको छ। एयर बबल सम्झौता अनुसार नेपाल र भारतका नागरिकले मात्र यात्रा अनुमति पाउने गरेका थिए। अब सबै देशका नागरिकले निर्वाध रुपमा उडान अनुमति पाउनेछन्…

Read More