Author: महेन्द्रनगर पोष्ट

काठमाडाैँ- विभिन्न कमाउ अड्डामा रहेका उपसचिवस्तरका कर्मचारीले निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेका छन्। निर्वाचन आयोगले सरकारसँगकै समन्वयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबै स्थानीय तह र जिल्लामा प्रमुख निर्वाचन अधिकृत र अधिकृत निर्धारण गरी सूचनासमेत जारी गरिसकेको छ। ७७ जिल्लामा प्रमुख निर्वाचन अधिकृतको रूपमा न्यायाधीशलाई जिम्मेवारी दिइएको छ भने ६ सय ७६ जनालाई विभिन्न स्थानीय तहमा निर्वाचन अधिकृतको रूपमा जिम्मेवारी दिइएको छ। तर, त्यसरी जिम्मेवारी दिइएका र हाल कमाउ अड्काका रूपमा रहेका वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, वैदेशिक रोजगार कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा रहेका उपसचिवस्तरका कर्मचारी भने निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेका हुन। निर्वाचन आयोगले यसअघि सम्बन्धित…

Read More

काठमाडौँ – नेपाली सेनाले लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित झन्डै दुई सयको संख्यामा कर्मचारी माग गरेको छ। लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ भने ४ जना प्राड उपसेनानी माग भएको हो। यस्तै ४ जना पाइलट उपसेनानी पनि माग भएको सेनाले जनाएको छ। समाचार बाचक, सम्पादकसहित विभिन्न ट्रेडका प्राविधिक अधिकृत गरी सेनाले एक सय ९४ जना माग गर्दै आज आवेदन खुला गरेको हो। आज चैत्र १४ गते देखि २०७९ वैशाख १३ गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन्। फारम बुझाउँदा दस्तुर भने १ हजार रूपैयाँ लाग्नेछ। उपसेनानीका लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

Read More

सिरहा- अवैध ग्राभेल उत्खनन गरिरहेको अवस्थामा सिरहा प्रहरीले गोलबजार नपा १ मुक्सारबाट एउटा स्काभेटरसहित ५ वटा ट्रिपर नियन्त्रणमा लिएको छ। अवैध उन्खनन् गरिरहेको भन्ने स्थानीयको सूचनाको आधारमा पुगेको प्रहरीले ना ३ ख ६८१२, प्र २–०१–००१ ख ०२४३, ना ३ ख ८७७७, प्र २ –०१–००१ ख ०१०१ र रा १ ख २०८८ नम्वरको ट्रिपर र नम्वर उल्लेख नभएको चेनबाला स्काभेटर शनिवार राति नियन्त्रणमा लिएको हो। ट्रिपर र स्काभेटर नियन्त्रणमा लिएपनि साँचो लिएर ड्राईभर फरार भएकाले ४ वटा ट्रिपर र स्काभेटर प्रहरीको सुरक्षामा उत्खननस्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए। राती उत्खनन गरिरहेको अवस्थामा प्रहरी पुगेपछि…

Read More

लहान – सिराहा जिल्लाको लहान नगरपालिका-१ स्थित मटिअर्वाबाट चैत १२ गते सशस्त्र प्रहरीले स्रोत नखुलेको ११ लाख ३ हजार ५० नेपाली रुपैयाँसहित सोही जिल्लाको भगवानपुर गाउँपालिका-४ बस्ने ४४ वर्षीय दिलीपकुमार साहलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा निज साहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरी र नम्बर ७ गणबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनका साथमा रहेको उक्त रुपैयाँको निजले स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो। पक्राउ परेका साहलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय माडरमा बुझाइएको छ।

Read More

कञ्चनपुर- १४ बर्षपछि जबरजस्तीकरणी मुद्दा फरार अभियुक्त पक्राउ परेका छन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जबरजस्तीकरणी मुद्दा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी चक्र बहादुर शाहले जबरजस्तीकरणी मुद्दामा फरार रहेका भीमदत्त नगरपालिका १० बस्ने किशन महर भनिने कृते महरलाई पक्राउ गरी जेल पठाएको बताए। उनका अनुसार १६ जेठ ०६४ सालमा महरलाई ३ बर्ष कैद फैसला गरेको थियो। इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक जीवन गुरुङ नेतृत्वमा घरबाटै पक्राउ परेका महरलाई अदालत पेश गरिएको थियो। अदालतबाट सिधै कारागार चलान गरिएको छ ।

Read More

काठमाडाैं – आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता हुने भएका छन्। आइतबार निर्वाचन आयोगले अन्तिम मतदाता नामावली तय गर्दै १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता रहेकाे जनाएकाे हाे। जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन्। पाँच वर्षको अवधिमा ३६ लाख मतदाता बढेकाे आयाेगले जनाएकाे छ। गत २०७४ सालकाे निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए । आयाेगकाे अनुसार सबभन्दा बढी मोरङमा ७ लाख १५ हजार २ सय २३ जना मतदाता र सबभन्दा कम…

Read More

काठमाडौं-नेकपा (एमाले) आजको स्थायी कमिटीको बैठकले आशन्न स्थानीय तहको निर्वाचन केन्द्रित प्रतिबद्धतापत्रमा सुझाव दिन सार्वजनिक आह्वान गरेको छ। बैठकले केन्द्रस्तरबाट जारी हुने पार्टीको घोषणापत्रको मस्यौदालाई अन्तिमरूप पनि दिएको छ। केन्द्रीय घोषणापत्रको मस्यौदामा स्थायी कमिटीका सदस्यले यही २० चैतसम्ममा आफ्नो लिखित सुझाव पेस गर्नेछन्।एमालेले स्थानीय तहमा चुनावी प्रतिबद्धतापत्र घोषणा गर्नेछ भने कार्यान्वयनका लागि यही १६ चैतमा भर्चुअल बैठक बस्ने निर्णय पनि गरेको छ। उक्त बैठकमा केन्द्रस्तरका नेता भौतिकरूपमा तथा प्रदेश, जिल्ला र पालिकास्तरमा भने भर्चुअलरूपमा सहभागी हुनेछन्।प्रदेश तथा जिल्ला कमिटीले तोकेका सबै पालिकाका इञ्चार्ज र अध्यक्ष, पार्टीका तर्फबाट पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष, प्रदेश र जिल्ला कमिटीका पदाधिकारी,…

Read More

मनाङ-आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्नाका लागि माग गरेभन्दा न्यूनले आवेदन दिएका छन्। यही चैत ६ देखि ११ गतेसम्म निवेदन लिने समय रहेकामा मागभन्दा कमले आवेदन दिएका छन्।आवेदन दिनेमा भूपूप्रहरी र भूपूसैनिक बढी छन्। प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीका अनुसार २५८ म्यादी प्रहरी आवश्यक पर्ने भए पनि १४२ जनाको मात्रै आवेदन परेको छ। “माग सङ्ख्याभन्दा कमको आवेदन परेको छ, विगतको निर्वाचनमा जस्तै छिमेकी जिल्लाबाट ल्याएर माग पूर्ति गर्नुपर्ने अवस्था छ,” उनले भने। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट सेवानिवृत्त भएका व्यक्तिलाई म्यादी प्रहरीका लागि प्राथमिकता दिइने छ । म्यादी प्रहरीको छनोट प्रक्रिया यही चैत…

Read More

काठमाडौं- प्रहरी निरीक्षक (इन्स्पेक्टर) जनपद पदको प्रारम्भिक स्वास्थ्य परीक्षण र शारीरिक तन्दुरुस्तीको परीक्षा (छनौट) मा आउने परीक्षार्थीहरुको लागि सूचना प्रकाशित भएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखाले आइतबार एक सूचना जारी गरेर प्रहरी निरीक्षक जनपद पदको प्रारम्भिक स्वास्थ्य परीक्षण र शारीरिक तन्दुरुस्तीको परीक्षामा भाग लिन आउने परीक्षार्थीहरुले परीक्षामा आउँदा मोबाइल, घडी, सिक्री औंठी, जस्ता बहुमुल्य सरसामान नलिई आउन अनुरोध गरेको छ।

Read More

कैलाली-कैलालीको गौरीगंगा नगरपालिकामा लालपुर्जा वितरण गर्नको लागि जग्गा नापीको काम सुरु भएको छ। नगरपालिकाले भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नाप जाँच गर्न सुरु गरेको हो। जग्गा नापीको नगरप्रमुख भीम बहादुर देउवाले उद्घाटन गरेका छन। आईतबार नगरपालिकाको वडा नम्बर १ स्थित सम्झानापुर शिबिरबाट जग्गा नाप जाँच गर्ने कार्य सुरु भएको नगरपालिकाले जनाएको छ।

Read More