कञ्चनपुर- १४ बर्षपछि जबरजस्तीकरणी मुद्दा फरार अभियुक्त पक्राउ परेका छन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जबरजस्तीकरणी मुद्दा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी चक्र बहादुर शाहले जबरजस्तीकरणी मुद्दामा फरार रहेका भीमदत्त नगरपालिका १० बस्ने किशन महर भनिने कृते महरलाई पक्राउ गरी जेल पठाएको बताए।
उनका अनुसार १६ जेठ ०६४ सालमा महरलाई ३ बर्ष कैद फैसला गरेको थियो। इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक जीवन गुरुङ नेतृत्वमा घरबाटै पक्राउ परेका महरलाई अदालत पेश गरिएको थियो।
अदालतबाट सिधै कारागार चलान गरिएको छ ।
Facebook Comments Box