Author: महेन्द्रनगर पोष्ट

काठमाडौं-प्रहरीले रु सात लाख ५९ हजार बराबरको सुनको गहना र नगदसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले सिन्धुलीका २४ वर्षीय राजेश पाख्रिनलाई आज पक्राउ गरेको हो। काठमाडौँ महानगरपालिका–३२ नरेफाँट बस्दै आएकी तिलमाया मगरको कोठाबाट उनले गहना र नगद चोरी गरेका हुन्। महानगरीय प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार पाख्रिनको साथबाट प्रहरीले दुई तोलाको सुनको हार, एक तोलाको सुनको बाला, एक तोला सुनको झुम्का तथा रु २८ हजार नगद बरामद गरेको छ। प्रहरीले पक्राउ पाख्रिनसँग मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट…

Read More

सुदूरपश्चिम-सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले सदनमा छलफलका लागि ‘बिजनेश’ दिन सरकारलाई रुलिङ गरेका छन्। विजनेश नहुँदा आफूले सदनको कारवाही पर सार्नु परेको भन्दै सभामुखले भने, “हामीसँग बिजनेश छैन, सरकार र प्रदेश समितिका सभापतिलाई पटकपटक आग्रह गरेको छु।” संसद्लाई सञ्चालन गर्ने कार्य सरकार र प्रदेशसभामा रहेका समिति दुवैको समन्वयमा अगाडि बढोस् भनी आफूले पहिलो पटक ध्यानाकर्षण गराउनु परेको उनले बताए। एक अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । ६ महिना पुग्न केही दिन मात्र बाँकी रहँदा यो अधिवेशन आइतबार मात्र सुरु भएको थियो। प्रदेशसभा सचिवालयमा हाल कुनै पनि नयाँ विधेयक दर्ता नभएको बताइएको…

Read More

काठमाडौं- प्रहरी प्रधान कार्यालयले ६ जना एसपीको काज सरुवा गरेको छ। योसँगै सिन्धुपाल्चोक, मोरङ र पश्चिम नवलपरासीका प्रहरी प्रमुख फेरिएका छन्। काज सरुवा अनुसार सिन्धुपाल्चोकमा रामेश्वरप्रसाद यादव, मोरङमा शान्तिराज कोइराला र पश्चिम नवलपरासीमा श्रृषिराम कडेलको सरुवा भएको छ। सिन्धुपाल्चोकमा रहेका राजन अधिकारीको अख्तियार केन्द्रीय कार्यालय, मोरङमा रहेका जनार्दन जिसीको उपत्यका प्रहरी कार्यालय रानीपोखरी र पश्चिम नवलपरासीका मनोजकुमार यादवको गण्डकी प्रदेश प्रहरी सशस्त्र गण कास्कीमा काज सरुवा भएको हो।

Read More

काठमाडौं- गैरआवासीय नेपाली संघ ९एनआरएनए० का नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा। बद्री केसी तथा रबिना थापाले सोमबार दिउंसो संघको केन्द्रीय कार्यालयमा पद बहाली गरेका छन्। निवर्तमान अध्यक्ष कुमार पन्तले तीनै जना अध्यक्षहरुलाई खादा र माला लगाइ दिएर पद बहाली गराएका थिए । उनले तीनै जना अध्यक्षहरुलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरे । उक्त अवसरमा संघका नवनिर्वाचित पदाधिकारीहरु पनि उपस्थित थिए। आइतबार अबेर संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरे पछि संघका पदाधिकारीहरु बिहान पशुपति क्षेत्र पुगेर पूजा अर्चना गरेका थिए। सोमबार अपरान्ह ४ बजे बालुवाटारस्थित संघको केन्द्रीय कार्यालयमा नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम छ।

Read More

दार्चला-नेपालमा विचारविहिन राजनितिक दल धेरै दिन नटिक्ने नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गणेशसिह ठगुन्नाले उद्घोष गरेका छन। सोमबार नेकपा एमाले नौगाड गाउँपालिका स्तरिय कमिटिले आयोजना गरेको वृहत चुनावी आमसभामा सोम्बोधन गदै नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री ठगुन्नाले हाम्रो देशमा विचार विहनि दल धेरै दिन टिक्न नसक्ने हुँदा सवैले नेकपा एमालेको विचारमा समाहित हुनुको विकल्प नरहेको बताए। नेकपा एमालेले सवैलाई समेट्ने गरेको र अन्य दल कार्यकर्ता मुखि मात्रै रहेकोले नेपालमा अन्य दलको भविस्य शुन्य रहेको पुर्व मन्त्री ठगुन्नाले बताए। नेकपा एमालेको सरकार हुँदा मात्रै देशले विकासको फड्को मार्ने तर अन्य दल सत्तामा पुग्दा सधै कार्यकर्तामुखी बजेट विनियोजन…

Read More

दार्चुला-आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। दार्चुला जिल्ला भरिको मतदाता संख्या ४५ हजार १ सय ११ पुरुष र ४३ हजार १ सय ७४ महिला गरि ८८ हजार २ सय ८५ मतदाता रहेको निर्वाचन आयोग नेपालले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा उल्लेख छ। त्यसैगरी जिल्ला भरि १ सय १० मतदान स्थल र १ सय ३९ मतदान केन्द्र रहने छन्। स्थानीय तहगत रुपमा मतदाता हेर्दा अपिहिमाल गाउँपालिकामा २ हजार ३ सय ९४ जना पुरुष र २ हजार २ सय ५७ महिला गरि ४ हजार ६ सय ५१ मतदाता रहेका छन्। अपिहिमाल…

Read More

काठमाडौं- त्रिकोणात्मक टि-२० क्रिकेट श्रृंखलामा नेपालले विजयी सुरुवात गरेको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध १५ रनको जित निकालेको हो। नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको पिएनजी ४ बल बाँकी छँदै १ सय ६८ रनमा अलआउट भयो। उसका नोर्मान भानुवाले सर्वाधिक ५२ रनको योगदान गरे। सेसे बाउले ३०, चार्ल्स अमिनीले २२, लेगा साएकाले २१ रनको योगदान गरेका थिए। नेपालका सन्दिप लामिछाने र करण केसीले समान ३/३, अविनाश बोहराले २, र सोमपाल कामीले एक विकेट खसाले। यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले घरेलु मैदानमा ९ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो। उसका लागि…

Read More

कैलाली-सशस्त्र प्रहरीले वेवारिसे अवस्थामा रहेको ३६ लाख बढी रुपैयाँको सुन तथा चाँदीका गहना बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वार्टर कैलाली, बिओपी त्रिनगर र बिओपी डोकेबजारबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२, त्रिनगरबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याई वेवारिसे अवस्थामा रहेको ४३१ ग्राम सुन र २०७ ग्राम चाँदी रहेको र सो को मूल्य ३६ लाख ८ हजार ४ सय ९० रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वार्टर कैलालीले जनाएको छ। बरामद भएको सुन तथा चाँदीका गहना आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल…

Read More

बाजुरा- सशस्त्र द्वन्द्वमा विस्थापित बाजुराको दुर्गम हिमाली गाउँपालिका–१ बिच्छयाँस्थित प्रहरी चौकी २२ वर्षपछि पुनर्स्थापित भएको छ। साबिक बिच्छयाँ गाविस–४ मा रहेको चौकी माओवादी द्वन्द्वका बेला ०५५ साल वैशाख २७ गते विस्थापित भएको थियो। आइतबार त्यहाँ प्रहरी चौकी पुनर्स्थापित गरिएको हो। बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चतुर्भुज ओझालगायतले चौकी पुनर्स्थापित गरेका हुन्। सो अवसरमा स्थानीय जनप्रतिनिधि र नागरिक समाजलगायतको उपस्थिति रहेको थियो। नेविसंघ बाजुरा–काठमाडौँ सम्पर्क समितिका सचिव थुमराज उपाध्यायकाअनुसार बाजुराको निकै विकटमा पर्ने बिच्छयाँमा प्रहरी चौकी नहुँदा स्थानीय समस्यामा पर्दै आएका थिए।

Read More

डडेल्धुरा-नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले आसन्न स्थानीय निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन्। सोमबार प्रेस युनियन डडेल्धुरा शाखाले गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।सिंहदरबारका लागि गठबन्धन भए पनि स्वच्छ रूपमा गठबन्धन नहुन सकेको उनको भनाइ छ। उनले केही प्रदेशमा गठबन्धन भए पनि सुदूरपश्चिममा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको बहुमत रहेकाले सरकारमा आफूहरू अटाउन नसकेको उनले बताए।‘हामीहरू सरकारमा नरहेर पनि साथ दिइरहेका छौं,’ उनले भने, ‘यदि गठबन्धन हो भने त सुदूरपश्चिममा कांग्रेस सरकारमा हुनुपर्थ्यो। प्रदेश सरकारमा कांग्रेसलाई ल्याउन नचाहेकाले गठबन्धनको सम्भावना टाढिएको छ।’ सरकारमा रहेका दलबाट कांग्रेसलाई पेल्ने मात्र काम भएको उनले जिकिर गरे। ‘उहाँहरू…

Read More