बाजुरा- सशस्त्र द्वन्द्वमा विस्थापित बाजुराको दुर्गम हिमाली गाउँपालिका–१ बिच्छयाँस्थित प्रहरी चौकी २२ वर्षपछि पुनर्स्थापित भएको छ। साबिक बिच्छयाँ गाविस–४ मा रहेको चौकी माओवादी द्वन्द्वका बेला ०५५ साल वैशाख २७ गते विस्थापित भएको थियो। आइतबार त्यहाँ प्रहरी चौकी पुनर्स्थापित गरिएको हो।
बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चतुर्भुज ओझालगायतले चौकी पुनर्स्थापित गरेका हुन्। सो अवसरमा स्थानीय जनप्रतिनिधि र नागरिक समाजलगायतको उपस्थिति रहेको थियो। नेविसंघ बाजुरा–काठमाडौँ सम्पर्क समितिका सचिव थुमराज उपाध्यायकाअनुसार बाजुराको निकै विकटमा पर्ने बिच्छयाँमा प्रहरी चौकी नहुँदा स्थानीय समस्यामा पर्दै आएका थिए।
Facebook Comments Box