Author: महेन्द्रनगर पोष्ट

महोत्तरी – औरही नगरपालिका-१ औरहीस्थित सडकबाट स्रोत नखुलेको नगद ५५ लाख रुपैयाँ सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-२ बस्ने २१ वर्षीय धिरज कुमार यादव र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । ज ९ प ८२४७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद र विभिन्न बैंकका ५३ थान चेक सहित फेला पारी पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जलेश्वर पठाइएको छ ।

Read More

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे पछि बैठक बोलाइएको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आजको बैठकबाट कांग्रेसले चुनावी तालमेलका विषयमा निर्णय गर्ने सम्भावना छ । पार्टीले आवश्कताको सिद्धान्तानुसार तालमेलको पक्षमा निर्णय लिने उनको भनाइ छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेता तालमेलको पक्षमा छन भने नेता शेखर कोइराला समूह तालमेलको विपक्षमा छ । बैठकमा आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचका लागि पार्टीले गरेको एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔं’ अभियानको समीक्षा जारी छ ।

Read More

काठमाडौं – नेपाल प्रहरीले ४ सय ८८ जनालाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस गरेको छ । आइतबार बसेको बढुवा समितिको बैठकले चौथो सूची निकालेर ४ सय ८८ नायव निरीक्षकलाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस गरेको हो । यसअघि, शनिबार ३२२ जना, शुक्रबार १७० जना र बिहीबार १९१ जनालाई वरिष्ठ नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको थियो । प्रहरी नियमावलीमा भएको दशौँ संशोधन भएर राजपत्रमा प्रकाशित भएपछि नयाँ सृजना भएको वरिष्ठ नायक निरीक्षक पदमा चरणबद्ध रूपमा बढुवा सिफारिस गर्न थालिएको हो । यो पदमा कुल १ हजार १ सय ९१ जना बढुवा हुने छन् ।

Read More

काठमाडौँ – पपुवा न्यूगिनी (पीएनजी) विरुद्धको दुवै खेलमा पराजित भएपछि नेपालले घरेलु भूमिमा खेलेको पहिलो द्विपक्षीय एक दिवसीय अन्तर्राष्ट्रिय शृङखला गुमाएको छ । नेपालले अहिलेसम्म चार वटा एक दिवसीय अन्तर्राष्ट्रिय शृङखला खेल्दा पहिलो पटक शृङखला गुमाएको हो । यसअघि नेदरल्याण्ड्ससँग खेलेको ऐतिहासिक शृङखला बराबरी गरेको नेपालले यूएई र पीएनजीविरुद्धकै एक दिवसीय शृङखला जितेको थियो । घरेलु मैदानमा दुवै एक दिवसीय खेल हारेको नेपाल फरक फर्म्यायाटमा फरक नतिजाको अपेक्षासहित त्रिदेशीय टी-२० श्रृंखलाको पहिलो खेलमा आज पीएनजीसँग खेल्दैछ । टी-२० शृङखलामा नेपाल र पीएनजीसहित मलेसियासमेत सहभागी छ । तीन टिमबीच एक आपसमा दुई/दुई खेल हुनेछ र शीर्ष दुई टिमबीच फाइनल खेल हुनेछ…

Read More

एजेन्सी– रुसका विदेशमन्त्री सर्गेई लाभरोभ यसै साता भारत भ्रमणमा आउने भएका छन्।   लाभरोभ आधिकारिक बैठकका लागि भारत भ्रमणमा आउन लागेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। रुसले युक्रेनमाथि आक्रमण गरेको एक महिनाभन्दा लामो समय बितिसकेको अवस्थामा रुसका विदेशमन्त्रीले भारतको भ्रमण गर्न लागेका हुन्। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि पहिलोपटक शीर्ष रुसी अधिकारीले भारत भ्रमण गर्न लागेका हुन्। विश्व समुदायले अहिले रुसले गरेको आक्रमणको विरोध गरिरहँदा भारत भने यो मामिलामा तटस्थ बसेको छ। यस्तोमा रुसी विदेशमन्त्रीको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। भारत भ्रमणको क्रममा लाभरोभँग युद्धको कारण उत्पन्न परिस्थितिपछिको रणनीतिक विषयमा कुरा हुन सक्ने समाचारमा उल्लेख छ। त्यस्तै रुसी तेल खरिद, भुक्तानी…

Read More

काठमाडाैं – नेपाल वायुसेवा निगमले काठमाडौं–मुम्बई उडान पुनः सुरु गरेको छ। करिब दुई वर्षदेखि कोभिड–१९ का कारण रोकिएको उडान आइतबारबाट सुरु भएको हो। आइतबारबाट साताको तीन उडान गर्ने गरी काठमाडौं मुम्बई उडान सुरु गरिएको निगमले जनाएको छ। भारत सरकारले कोभिड–१९ पछि अन्तर्राष्ट्रिय उडानमा लगाउँदै आएको प्रतिबन्ध हटाएपछि नियमति उठान सुरु गरिएको हो। कोभिड–१९ पछि नेपाल–भारतबीच एयर बबल सम्झौता अनुसार उडान तथा अवतरण हुँदै आएको थियो। नियमति उडान सुरु भएसँगै नेपाल भारतबीचको एयर बबल सम्झौता खारेज भएको छ। एयर बबल सम्झौता अनुसार नेपाल र भारतका नागरिकले मात्र यात्रा अनुमति पाउने गरेका थिए। अब सबै देशका नागरिकले निर्वाध रुपमा उडान अनुमति पाउनेछन्…

Read More

काठमाडाैँ- विभिन्न कमाउ अड्डामा रहेका उपसचिवस्तरका कर्मचारीले निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेका छन्। निर्वाचन आयोगले सरकारसँगकै समन्वयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबै स्थानीय तह र जिल्लामा प्रमुख निर्वाचन अधिकृत र अधिकृत निर्धारण गरी सूचनासमेत जारी गरिसकेको छ। ७७ जिल्लामा प्रमुख निर्वाचन अधिकृतको रूपमा न्यायाधीशलाई जिम्मेवारी दिइएको छ भने ६ सय ७६ जनालाई विभिन्न स्थानीय तहमा निर्वाचन अधिकृतको रूपमा जिम्मेवारी दिइएको छ। तर, त्यसरी जिम्मेवारी दिइएका र हाल कमाउ अड्काका रूपमा रहेका वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, वैदेशिक रोजगार कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा रहेका उपसचिवस्तरका कर्मचारी भने निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेका हुन। निर्वाचन आयोगले यसअघि सम्बन्धित…

Read More

काठमाडौँ – नेपाली सेनाले लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित झन्डै दुई सयको संख्यामा कर्मचारी माग गरेको छ। लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ भने ४ जना प्राड उपसेनानी माग भएको हो। यस्तै ४ जना पाइलट उपसेनानी पनि माग भएको सेनाले जनाएको छ। समाचार बाचक, सम्पादकसहित विभिन्न ट्रेडका प्राविधिक अधिकृत गरी सेनाले एक सय ९४ जना माग गर्दै आज आवेदन खुला गरेको हो। आज चैत्र १४ गते देखि २०७९ वैशाख १३ गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन्। फारम बुझाउँदा दस्तुर भने १ हजार रूपैयाँ लाग्नेछ। उपसेनानीका लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

Read More

सिरहा- अवैध ग्राभेल उत्खनन गरिरहेको अवस्थामा सिरहा प्रहरीले गोलबजार नपा १ मुक्सारबाट एउटा स्काभेटरसहित ५ वटा ट्रिपर नियन्त्रणमा लिएको छ। अवैध उन्खनन् गरिरहेको भन्ने स्थानीयको सूचनाको आधारमा पुगेको प्रहरीले ना ३ ख ६८१२, प्र २–०१–००१ ख ०२४३, ना ३ ख ८७७७, प्र २ –०१–००१ ख ०१०१ र रा १ ख २०८८ नम्वरको ट्रिपर र नम्वर उल्लेख नभएको चेनबाला स्काभेटर शनिवार राति नियन्त्रणमा लिएको हो। ट्रिपर र स्काभेटर नियन्त्रणमा लिएपनि साँचो लिएर ड्राईभर फरार भएकाले ४ वटा ट्रिपर र स्काभेटर प्रहरीको सुरक्षामा उत्खननस्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए। राती उत्खनन गरिरहेको अवस्थामा प्रहरी पुगेपछि…

Read More

लहान – सिराहा जिल्लाको लहान नगरपालिका-१ स्थित मटिअर्वाबाट चैत १२ गते सशस्त्र प्रहरीले स्रोत नखुलेको ११ लाख ३ हजार ५० नेपाली रुपैयाँसहित सोही जिल्लाको भगवानपुर गाउँपालिका-४ बस्ने ४४ वर्षीय दिलीपकुमार साहलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा निज साहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरी र नम्बर ७ गणबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनका साथमा रहेको उक्त रुपैयाँको निजले स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो। पक्राउ परेका साहलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय माडरमा बुझाइएको छ।

Read More