Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – देशभर थप २२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार १४४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २२ मा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा थप ४६ जना निको भएका छन् । नेपालमा हाल निको हुने दर ९८.७ प्रतिशत रहेको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५६८ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मात्र १५ हजार ३५५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म ११ हजार ९५१ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

Read More

काठमाडौं – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएकी छन्। नदी किनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा भइरहेको बताउँदै उनले गलत काम गर्नेलाई सार्वजनिक बहिष्कार गर्नुपर्ने बताएकी हुन्। सोमबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको २८ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले राजनीतिक व्यक्तिहरू प्रदूषित हुँदा बागमती नदी पनि प्रदूषित बन्न पुगेको टिप्पणी गरिन्। उनले भनिन्, ‘सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरू जो सुकै हुन्, सामाजिक बहिष्कार गर्नुपर्छ। नेता, सांसदले नै सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूलाई संरक्षण गरिरहेको छन्। यस्ता कार्यलाई सबै मिलेर निरुत्साहित गर्नुपर्छ।’ उनले नदी किनारका अव्यवस्थित बस्तीलाई सरकारले संयुक्त आवास…

Read More

बन्दीपुर – चीनको ग्रेटवाल जस्तै नेपालमा पनि मिनी ग्रेट्वाल बन्दैछ । बन्दीपुरमा निर्माण गर्न लागेको बन्दीपुर मिनी ग्रेटवालको एक हजार ४०० मिटर कार्य सम्पन्न भएको छ । बन्दीपुर गाउँपालिका– २ स्थित थानीमाई मन्दिरबाट मुकुन्देश्वरी डाँडासम्मको चार किलोमिटरमध्ये हालसम्म उक्त दूरीको कार्य पूरा भएको हो । चीनको जस्तै झल्को दिने गरी बन्दीपुर मिनी ग्रेटवाल नाम दिइएको मणिमुकुन्देश्वरी पर्खाल निर्माणमा रु एक करोडको काम भइसकेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । हालै रु पाँच करोडको बोलपत्र परेको छ । उहाँले भन्नुभयो, “आधुनिक पदमार्ग बन्दीपुर बजारबाट सुरु भई थानीमाई, समिभञ्ज्याङ हुँदै मुकुन्देश्वरी गढी जोड्ने योजना रहेको छ ।” ‘थानीमाई मुकुन्देश्वरी पर्यटकीय पदमार्ग’…

Read More

काठमाडौँ – नयाँ वर्ष २०७९ को पहिलो दिन अर्थात वैशाख १ गते काठमाडौंको टुँंडिखेलमा ‘सेलेब्रेसन’ नामक सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । ओम नेपाल मिडिया र ओशो तपोवनको सहकार्यमा आयोजना हुने कार्यक्रममा ध्यान, संगीतिक प्रस्तुति, नृत्यलगायत प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा स्वामी आनन्द अरुणले सत्संग तथा ध्यान, विश्वप्रसिद्ध निर्गुण कवीरवाणी गायक पद्मश्री विभुषित प्रह्लाद सिंह टिपणियाको विशेष प्रस्तुतिको अलवा ‘कुटुम्ब’ ब्याण्डको लाइभ प्रस्तुति रहनेछ । हास्य कलाकार मनोज गजुरेको समेत प्रस्तुति रहने कार्यक्रममा प्रदीप रोदन, गायिका बेनिसा पौडेल, मोहन वीणा वादक, रोशन शर्माले समेत दर्शकलाई मरोरञ्जन दिलाउने आयोजकले जनाएको छ ।

Read More

दार्चुला – नेकपा एमालेका नेता तथा पोलिटब्युरो सदस्य एबं सुदूरपश्चिम प्रदेश सहइन्चार्ज, पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले दार्चुलामा एमालेको पक्षमा जनलहर देखेर पाँच दलीय गठबन्धन आत्तिएको बताउनुभएको छ । नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपाल दार्चुलाको सोबार शिखर होटलमा बसेको संयुक्त कार्यक्रममा बोल्दै एमाले जिल्ला इन्चार्ज तथा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहनुभएका नेता ठगुन्नाले ’एमालेप्रति जनताको आकर्षण देखेर,एमालेको पक्षमा दार्चुला लगायत देशव्यापी रुपमा उर्लिएको जनलहर देखेर पाँच दलीय गठबन्धन आत्तिएको बताएका हुन् । एमालेसँग प्रतिष्पर्धा गर्ने तागत गठबन्धनसँग नरहेको बताउँदै नेता ठगुन्नाले भन्नुभयो – ’पाँच दलीय गठबन्धन हुनु र बालुवाको लड्डु हुनु उस्तै कुरा हो जो हुनेवाला…

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोत साधनबीच नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको बताएका छन्। आर्थिक वर्ष २०७७/०७८ मा बेरुजु फस्र्यौट कार्यका सर्वोकृष्ट /उत्कृष्ट हुने कर्मचारी र सोमबारदेखि अवकाशमा जान लागेका सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खलाललाई सम्मान गर्न आयोजित कार्यक्रममा गृहमन्त्री खाणले आगामी दिनमा पनि सुरक्षा निकायले यो भन्दा राम्रो काम गर्ने अपेक्षा आफूले राखेको बताए। ‘सीमित स्रोत र साधनलाई उपयोग गरेर अहिलेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय छन्,’ गृहमन्त्री खाणले भने, ‘आगामी दिनमा यो भन्दा अझ राम्रो काम सुरक्षा निकायले गर्ने अपेक्षा सरकारको छ।’ सुरक्षा निकायलाई विस्तारै स्रोत र…

Read More

इस्लामावाद – संसदमा अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्री इमरान खानलाई सत्ताच्युत गरेको र पाकिस्तान मुस्लिम लिग–एनका अध्यक्षको नेतृत्वमा नयाँ प्रधानमन्त्री नियुक्ती पक्रिया सुरु गरेको विरोधमा पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीले देशव्यापी विरोध गरेको गर्ने निर्णय गरेको छ । ‘हामीले बुधवारदेखि पेशावरबाट राष्ट्रव्यापी अभियान सुरु गर्दैछौं’, पीटीआई नेता र पाकिस्तानका पूर्वसूचनामन्त्री फवाद चौधरीले भने । निर्वतमान प्रधानमन्त्री खानले बुधबार पेसावरमा जनसभालाई सम्बोधन गर्ने उनले जानाकारी दिए । अविश्वासको प्रस्ताव मार्फत इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएको विरोधमा पीटीआईका समर्थकहरुले संयुक्त अरब इमिरेट्सको दुबईमा आइतबार विरोध प्रदर्शन गरेका थिए ।

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा.निलम ढुङ्गाना (तिम्सिना)ले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्न आग्रह गरेकी छन् । सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै कायम मुकायम गभर्नर ढुङ्गानाले लघुवित्त तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नुपर्ने बताएकी हुन् । कायममुकायम गभर्नर ढुंगानाले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेका बताइन् । तरलता तथा ब्याजदरमा आएको उतारचढावको कारण समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नु परेको उनको भनाइ छ । ‘समावेशी आर्थिक विकासका लागि भएका नेपालमा भएका विभिन्न प्रयासका बाबजुद नेपालको कुल जनसंख्याको १८ प्रतिशत…

Read More

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका-६ कसरौलबाट १ किलो ४ सय २२ ग्राम अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ सहित दार्चुला मार्मा गाउँपालिका-२ बस्ने २६ वर्षीय अनिस भन्ने मान राम धामीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । से।४ प ४२११ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक (आईजी) शैलेन्द्र खनालले आफ्नो चार वर्षे कार्यकाल सकेर आजदेखि अवकाश पाएका छन् । खनालको अवकाशसंगै नयाँ आईजीको टुंगो लगाउनुपर्ने हुन्छ। जसको लागि खनालकै ब्याची दुईजना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) प्रतिस्पर्धामा छन्। एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेलमध्ये सरकारले एक जनालाई आईजी नियुक्त गर्नेछ। उनीहरु दुवैजना एउटै जिल्लाका समेत हुन्। त्यसैले आईजीका प्रत्यासी उनीहरुबीच कुनै विवाद नरहेको स्रोतले बतायो। जसमध्ये केसी पहिलो नम्बरमा एआईजी बढुवा भएका हुन् भने पौडेल दोस्रोमा। त्यसैले पौडेलको भन्दा केसी नै आईजी बन्ने चर्चा सशस्त्र प्रहरी संगठनभित्र छ। उनीहरु दुईमध्ये एक जनाले २१ दिनमात्र सशस्त्र प्रहरी महानिरीक्षकको रुपमा संगठनको…

Read More