Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ- संसदीय सुनुवाइ अनुमोदन भएपछि तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा १२९ को उपधारा २ बमोजिम न्याय परिषद्‌को सिफारिसमा नियुक्त गरेकी हुन्।

Read More

दार्चुला-सशस्त्र प्रहरी बल दार्चुलाले भारतसँग सीमा जोडिएका दार्चुलाका सबै नाकामा उच्च निगरानी थालेको छ। आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर दार्चुलाका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल ४४ नम्वर गणका गणपति त्रिभुवन विष्टले बताए। उनले सीमा क्षेत्रमा हुने विविध आपराधिक क्रियाकलापको न्यूनीकरणका लागि सीमा क्षेत्रमा उच्च निगरानी थालिएको बताए। “मातहतका सबै युनिटलाई आवश्यकता अनुसार परिचालन गरी सबै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ” गणका प्रमुख विष्टले भने, “सीमित स्रोतसाधन र जनशक्तिलाई पूर्ण रुपमा सदुपयोग गरी सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ।” सो अन्तर्गत जिल्लामा अहिले लाली, जौलजिवी, दुमलिङ, छाङरु, पुलघाट ,दत्तु क्षेत्रमा रहेको विओपिहरु मर्फत उच्च निगरानी बढाइएको…

Read More

कैलाली-सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले खोलेको विज्ञापनमा थारु समुदायले असहमति जनाएका छन्। संविधानको मर्म विपरीत कर्मचारी माग गरिएको भन्दै सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले खोलेको विज्ञापन खारेज गर्नसमेत माग गरेका छन्। यसैबीच, सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले खोलेको वन रक्षक पदको विज्ञापन खारेज तथा विभिन्न सेवा समूहमा खोलिने विज्ञापनमा २१ प्रतिशत थारु कोटा निर्धारण गरिनु पर्ने माग सहित थारु अगुवाहरुले ज्ञापनपत्र बुझाएका छन्। थारु कल्याणकारिणी सभा कैलाली सभापति लाहुराम चौधरीको नेतृत्वमा मंगलबार विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरी र सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगका सचिव रामहरि ज्ञवालीलाई ज्ञापनपत्र बुझाइएको हो। ज्ञापनपत्रमा लोक सेवा आयोगले संविधान विपरित आह्वान गरेको तहविहिन वन…

Read More

डोटी-डोटीमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मुत्यु एक गम्भीर घाइते ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मुत्यु भएको छ। जिल्लाको पुविचौकी गाउँपालिका वडा ७ पोखरी गजाडा मा ट्याक्टर दुर्घटना भएको छ।दुर्घटनामा परी ट्याक्टर चालक कैलालीको गौरीगंगा नगरपालिका बासुदेव घर भएका ज्ञानेन्द्र चौधरीको मुत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। घटनाको विस्तृत विवरण आउन बाकी रहेको जिल्ला प्रशासन कार्यलय डोटी ले जनाएको छ।

Read More

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कमिटीको बैठकले सर्वसम्मतीका आधारमा आवश्यकता र अवस्था हेरेर आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ । मंगलबार सानेपामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपश्चात कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आवश्यक्ता र अवस्थाका आधारमा आगामी स्थानीय तह निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय भएको बताए । उनका अनुसार यसअघि निर्वाचनका सवालमा पार्टी दुई भागमा विभाजित भएको भनिएपनि मंगलबारको बैठकले त्यो पूर्ण रुपमा चिरेको छ ।मंगलबारको बैठक जीवन्त भएको र सबैले निर्धक्कपूर्ण आफ्नो विचारहरु पेश गरेको उनले जानकारी दिए । यसैगरी नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहित स्थानीय तह निर्वाचनका…

Read More

दार्चुला-दार्चुलामा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ। यही चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप लगाउने देशव्यापी अभियानअन्तर्गत जिल्लाका यी उमेर समूहका सबैलाई खोप लगाइने भएको हो। यो उमेर समूहका बालालिका टाइफाइडबाट बढी प्रभावित भएकाले बालबालिकालाई लक्ष्य गरी नेपाल सरकारले नै खोप अभियान सञ्चालन गर्न लागेको हो। दार्चुलामा १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ३७ हजार बालबालिका रहेको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपर भाइजर विरेन्द्र राज भट्टले जानकारी दिनु भएको छ। उनका अनुसार उक्त उमेर समूहका बालबालिकाको सङ्ख्या दार्चुलामा ३७ हजार रहेको अनुमान गरिएको छ। यो अभियान देशव्यापीरूपमा चैत २५ देखि वैशाख १८ गतेसम्म चल्ने पनि बताइएको…

Read More

काठमाडौं – नेपाली कांग्रेसको चौथो दिनको केन्द्रीय समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहिबेरअघि बैठक सुरु भएको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए । जारी बैठकले आगामी चुनावको लागि अन्य दलसँगको गठबन्धन गर्नेबारे निर्णय गर्दै छ । गत शुक्रबारदेखि जारी बैठकमा नेताहरूले राखेको धारणाको आधारमाथि आज थप छलफल गरेर निर्णय सुनाउने पार्टी केन्द्रीय कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए । रिजालका अनुसार बैठक आज सकिनेछ । गठबन्धनसहित चुनावमा जाने वा एक्लै भिड्ने भन्नेबारे एकमत नहुँदा निर्णय गर्न सकस हुने देखिएको छ । पार्टी सभापति, पार्टी पदाधिकारी र धेरैजसो केन्द्रीय सदस्य आवश्यकताको आधारमा चुनावी तालमेल…

Read More

चितवन – स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धनको तयारी भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग सहकार्यको प्रयास भएको बताए । भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले यस पटकको निर्वाचनबाट धेरै अपेक्षा नगरी पार्टीलाई खुट्टा टेकाउन मात्रै खोजेको बताएका छन् ।

Read More

चितवन – चितवनका उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ । केही दिनदेखि लोडसेडिङको मार खेप्न सुरु गरेका यहाँका उद्योगमा साेमबारदेखि १४ घन्टा लाइन काट्न सुरु गरिएको छ । अघोषित रूपमा १४ घन्टासम्म लोडसेडिङ सुरु भएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका एक कर्मचारीले स्वीकार गरे । उद्योगमा दैनिक १६ घन्टासम्म लोडसेडिङ हुन सक्ने ती कर्मचारी बताउँछन् । ‘भारतले प्रतियुनिट ३८ रुपैयाँमा दिने भनेको बिजुली पनि पर्याप्त नभएपछि अघोषित रूपमा लोडसेडिङ सुरु भएको छ’, उनले भने, ‘पानी नपरुन्जेल र हिउँ पग्लेर नदीमा पानीको बहाव नबढेसम्म लोडसेडिङ हुन सक्छ ।’ प्राधिकरणले औपचारिक रूपमा भने लोडसेडिङ घोषणा गरेको छैन । उद्योगमा कम्तीमा आठ घन्टासम्म बिजुली दिने योजना रहेको उनले…

Read More

काठमाडौं – नेपाल आयल निगमले इन्धनको खपत घटाउनका लागि शनिबार र आइतबार सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुादे प्रस्ताव पठाउदै निगमले आइतबार पनि सार्वजनिक बिदा थप्न सुझाव दिएको हो । बिदाका दिन सवारीसाधनको प्रयोग कम भई तेलको खपत घट्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । त्यस्तै निजी र सरकारी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्न पनि निगमले प्रस्ताव गरेको छ । जोर बिजोर प्रणाली हुदा तेलको खपत कम हुन गई निगमको घाटा र देशको ब्यापार घाटामा समेत सकारात्मक प्रभाव पर्ने निगमको बुझाइ छ । निगमले लेखेको पत्रमा पेट्रोलियममा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर…

Read More