Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर-कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका शुक्लाफाँटा नगरपालिकाका साना उद्यमीलाई मेसिन र औजार वितरण गरिएको छ। एक्ट एलायन्स, एलडब्लुएफ र राष्ट्रिय मुक्त हलिया महासङ्घ नेपालको संयुक्त साझेदारीमा सञ्चालित कोभिड प्रतिकार्य परियोजनाअन्तर्गत २३ साना उद्यमीलाई मेसिन र औजार वितरण गरिएको हो। राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारका अनुसार चार छालाजुत्ता व्यवसायी, नौ सिलाइकटाइ पेशामा संलग्न, काठका भाँडा बनाउने कार्यमा संलग्न एक, आरन व्यवसाय सञ्चालन गर्दै आएका चार, खुद्रा पसल सञ्चालक तीन, तरकारी व्यवसायी तीन र कुखुरापालक तीन जनालाई मेसिन तथा औजार वितरण गरिएको छ।“ छालाजुत्ता व्यवसायीलाई आवश्यक औजारसहित छाला, सिलाइकटाइ व्यवसायीलाई मेसिन, आरन व्यवसायीलाई मेसिन, काठका भाँडा बनाउने कार्यमा…

Read More

काठमाडौं – आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले ७९ दललाई मान्यता दिएको छ।   आयोगमा दर्ता भएका १ सय ११ राजनीतिक दलमध्ये ८० राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका थिए । तर ७९ दलले मात्र मान्यता पाएका हुन्।  बिहीबार बसेको आयोगको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिन मान्यता दिएको आयोगले जनाएको छ। प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८,

Read More

काठमाडौं-प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ। महाधिवेशन शनिबारसम्म चल्ने छ। शुक्रबार बिहान ८ बजे प्रतिनिधि दर्ताको कार्यक्रम रहेको छ भने शुक्रबार बिहान ११ बजे महाधिवेशनको उद्घाटन हुनेछ। शुक्रबार दिउँसो ३ बजेबाट बन्दसत्र प्रारम्भ हुने प्रेस चौतारी नेपालले जनाएको छ। २०५५ साल मंसिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा हुन लागेको हो। महाधिवेशनमा देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभागिता रहने छ। यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन कोरोना महामारीको कारण रोकिएको थियो।

Read More

काठमाडौं -पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले आज पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रवार बिहान देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य भू(भागमा मौसम सामान्यतः सफा रहेको छ। दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्य भू(भागको मौसम भने सामान्यतः सफा रहने छ। गण्डकी, बागमती र प्रदेश १ को उच्च हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतः सफा…

Read More

भक्तपुर -२८ वर्षीया जेनिशा नगरकोटीको घाँटी रेटी हत्या गरेको अभियोगमा भक्तपुर प्रहरीले दुईजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ। काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–९ नवलडाँडा स्थायी घर भई हाल भक्तपुर नागपोखरी बस्दै आएकी जेनिशाको हत्या गरिएको थियो। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेसी स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१० थलाछें बस्ने ४४ वर्षीय रमेश भन्ने कुमार लामा र काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका–४ चौवास स्थायी घर भई हाल भक्तपुर नगरपालिका–८ महेश्वरी बस्ने ३८ वर्षीय नवराज रिजाल छन्। मृतक जेनिशाको शव चाँगुनारायण नगरपालिका–७ बागेश्वरीको तरकारी बारीमा रहेको टिनको टहरामा परालले छोपी राखेको अवस्थामा सोमबार फेला परेको थियो। हत्याको कारण लागुऔषध दुर्व्यसनी र शारीरिक सम्बन्ध भएको प्रहरीले बताए।…

Read More

काठमाडौं-एक १७ वर्षका किशोर (बालक) लागुऔषध ओसारपसारमा संलग्न भएको पाइएको छ। काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा ४ ख ५०१६ नम्बरको बसमा जाँच गर्ने क्रममा आज एक हजार २०० एम्पुल लागुऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनका साथबाट नियन्त्रित लागुऔषध ४०० एम्पुल डाइजेपाम, ४०० एम्पुल फेनारगन र ४०० एम्पुल नुर्फिन बरामद गरिएको छ। पर्साको वीरगञ्ज महानगरपालिका–२० बस्ने उनलाई कसैले लागुऔषध बोकाएर पठाएको अनुमान गरिए पनि कारण भने खुलेको छैन। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

कैलाली- नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश कार्य समितिको कोषाध्यक्षमा उत्तमबहादुर कठायत मनोनित भएका छन्। बिहिबार धनगढीमा बसेको कांग्रेस सुदूरपश्चिमको बैठकले कठायतलाइ कोषाध्यक्ष पदमा मनोनित गरेको हो। उनलाइ पार्टीको प्रदेशस्तरीय समितिले उक्त पदमा मनोनित गरेको कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह ९मनु० ले जानकी दिए।

Read More

काठमाडौं-सरकारले २०७९ सालमा दिने सार्वजनिक विदा टुंगो लगाएको छ । आगामी वर्षको विदा टुंगो लगाएर गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेको हो । सरकारले शनिबार बाहेक पर्व विदा, जात्रा विदा, महिला कर्मचारीलाई मात्रै दिइने विदा, शिक्षण संस्थाको लागि मात्रै हुने विदा, दशैं, तिहारको विदा, दिवस विदा, जन्म जयन्ती विदा लगायतको सार्वजनिक विदा टुंगो लगाएको हो । आगामी वर्षको पात्रो तयार गर्नको लागि सरकारले विदाका दिनहरू टुंगो लगाएको छ । जसअनुसार, सरकारले १० प्रकारका पर्व विदा दिने निर्णय गरेको छ । जसअनुसार बैशाख १ गते नयाँ वर्ष, किराँत समुदायका लागि उभौली पर्व, रक्षा बन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, छठ पर्व आदिमा विदा…

Read More

काठमाडौं- भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी विधानसभा चुनावमा पराजित भएका छन्। भारतीय सञ्चार माध्यम अमर उजालाका अनुसार भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट खटीमा विधान सभाका उम्मेदवार बनेका धामीलाई कांग्रेसका भुवन कापडीले ६ हजार ९ सय ५१ मतले पराजित गरेका हुन्। बिहिबार सम्पन्न मतगणना अनुसार कूल ९१ हजार ३ सय २५ मतमध्ये विजयी भएका कापडीले ४७ हजार ६ सय २६ मत प्राप्त गरे। उनका प्रतिद्धन्द्धी उत्तराखण्डका मुख्यमन्त्री धामीले ४० हजार ६ सय ७५ मत मात्रै प्राप्त गरेका थिए। विधानसभामा विजयी कापडी उत्तराखण्ड कांग्रेसका कार्याकारी अध्यक्ष हुन।सन् २०१७ को विधान सभा चुनावमा कापडी मुख्यमन्त्री धामीसंग २ हजार ६ सय ९ मतान्तरले पराजित…

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशमा बिहीबार एक जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ९१३ नमूना परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ती व्यक्तिमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका व्यक्ति बिहीबार नै भारतबाट आएका निर्देशनालयले जनाएको छ। ती व्यक्ति गड्डाचौकी नाका भएर आएका हुन। अब प्रदेशभरि १३४ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

Read More