Author: महेन्द्रनगर पोष्ट

दार्चुला-स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दार्चुला जिल्लामा चुनावी छलफल, बहस र चर्चा ह्वात्तै बढेको छ। गाउँ–गाउँदेखि सदरमुकामसम्म चुनावकै विषयमा छलफल हुन थालेको छ।मुख्य दुई पार्टीका नेताहरु प्रचारप्रसारका लागि गाउँ पसेका छन्। उम्मेदवार र दलका नेता तथा कार्यकर्ताहरु घरदैलो कार्यक्रमलाई अभियानकै रुपमा अगाडी बढाउँदै लगेका छन् । जिल्लामा मुख्य दुईदल एमाले कांग्रेस अभियान नै लिएर जनताको माझ भोट माग्न थालिसकेको छ। चुनावी गतिविधिका कारण स्थानीय बजारमा व्यापारिक चहलपहलसमेत वृद्धि भएको छ । मानिसहरुको आवतजावत बढेपछि दैनिक कारोबारमासमेत वृद्धि भएको यहाँका व्यापारी बताउँछन्। दशैँ तिहारपछि प्रायः सुनसान बनेका यहाँका गाउँघर अहिले नेता कार्यकर्ताको उपस्थितिले चहलपहल बढेको छ। गाउँमा स–साना चिया पसलदेखि ठूला…

Read More

काठमाडौं – स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा गृहमन्त्रालयले नेपाल प्रहरीका डीएसपीहरुको काज सरुवा निकालेको छ। नियमित रुपमा हुँदै आएको सरुवालाई रोकेर प्रहरी प्रधान कार्यालयले डीएसपीहरुको काज सरुवा गरेको हो। काज सरुवा भएर डीएसपी तिलक भारतीलाई म्याग्दीमा खटाइएको छ। त्यस्तै सुनलिजंग शाहलाई सोलुखुम्बुमा, जागरकोटमा सन्तोष निरौलाा र ओखलढुंगामा सुकदेव खनाललाई खटाइएको छ। हेर्नुहोस् कसको कहाँ सरुवा भयो ? गृहमन्त्री बालकृष्ण खाणले हिजो (मंगलबार) मात्रै दोलखा र पर्वतका प्रमुख जिल्ला अधिकारी पनि परिवर्तन गरेका थिए। स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ। यसका लागि निर्वाचन आयोगले केही दिनभित्रै आचारसंहिता लागू गर्नेछ। सरकारले आचारसंहिता लागू हुनुभन्दा अगावै ठूलोमात्रामा प्रहरी प्रशासन क्षेत्रका कर्मचारीको…

Read More

काठमाडौं-भारतको राजधानी नयाँ दिल्लीमा आतंकवादी हमला गर्ने धम्की प्राप्त भएको छ ।  तहरीक–ए–तालिबानको इन्डिया सेलले दिल्लीमा हमला गर्ने धम्की दिएपछि दिल्लीमा सुरक्षा सतर्कता अलर्ट जारी गरिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार दिल्ली प्रहरीले मंगलबार राति सरोजनी मार्केटसहित कयौँ बजारमा सर्च अपरेसन समेत चलाएको थियो । दिल्ली प्रहरीको स्पेसल सेलका एक अधिकारीका अनुसार तहरीक(ए(तालिबानले ईमेलमार्फत धम्की पठाएको थियो । इमेलमा दिल्लीमा बम विस्फोट गर्ने कुरा उल्लेख थियो । हमला बारे जानकारी प्राप्त गर्ने बित्तिकै दिल्ली प्रहरीले संवेदनशील क्षेत्रमा प्रहरीको उपस्थित बढाएको थियो । सरोजिनी नगर मार्केटमा कयौँ घण्टासम्म सर्च अपरेसन चलेको थियो । दिल्लीका अन्य बजारमा प्रहरीले सर्च अपरेसन चलाएको थियो…

Read More

काठमाडौं- चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणका क्रममा चिनियाँ सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उद्घाटन गर्ने भएका छन्। पर्यटन मन्त्रालय स्रोतका अनुसार विदेशमन्त्री वाङले भर्चुअल माध्यमबाट काठमाडौँबाटै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। वाङ तीन दिने औपचारिक भ्रमणका क्रममा शुक्रबार साँझ काठमाडौँ ओर्लदै छन्। परराष्ट्रमन्त्री डा। नारायण खड्को निमन्त्रणामा वाङ नेपाल भ्रमणमा आउन लागेका हुन्। चिनियाँ विदेशमन्त्रीको टोली भारत हुँदै शुक्रबार साँझ काठमाडौँ उत्रनेछ। वाङ नेतृत्वको टोली हिजो सोमबारदेखि पाकिस्तान भ्रमणमा छ। पाकिस्तानबाट भारत हुँदै नेपाल आउने कार्यक्रम तय भएको हो। यस्तो छ कार्यक्रमचिनियाँ विदेशमन्त्री वाङ नेपाल आएको दिन शुक्रबार साँझ कुनै पनि उच्चस्तरीय…

Read More

बझाङ-सहोदर बहिनी बलात्कारको आरोपमा बझाङमा एक किशोर पक्राउ परेका छन्। १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टका अनुसार किशोरविरुद्ध सोमबार मुद्दा दर्ता गरिएको छ। पीडित र आरोपित दुवैको नाम र र ठेगाना भने प्रहरीले गोप्य राखेको छ। बलात्कारको आरोप लागेका किशोरलाई जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको उनले बताए। ती किशोरले गत चैत ६ गते बेलुका ५०० रूपैयाँ दिने लोभ देखाएर बलात्कार गरेको प्रहरीले बताएको छ। आमा खेतमा मल फाल्न गएको मौका छोपी किशोरले बालिकालाई गाई गोठमा मोबाइलमा फिल्म देखाइ ५०० रुपैयाँ दिने लोभ…

Read More

इलाम – जिल्लामा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट रु १९ लाख बराबरको छुर्पी बरामद गरिएको हो । प्रदेश१–०१–००१च ९२१९ नम्बरको बोलेरो जिपबाट उक्त छुर्पी बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । मङ्गलबार प्रहरी चौकी किटेनीको टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको उक्त जिपमा जाँच गर्ने क्रममा सो छुर्पी फेला परेको हो । जिप चालक इलामको सूर्योदय नगरपालिका–२ का निमा तामाङलाई आवश्यक कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ – नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज (बुधबार) बस्दैछ । बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । त्यसपछि प्रतिवेदनमाथि छलफल हुने शाक्यले जानकारी दिइन् । बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको रूपमा पेस गर्ने छन् ।बैठक भोलिसम्म जारी रहने छ ।

Read More

कैलाली-सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । पहिलोपटक आयोगले स्थायी पदपूर्ति गर्न आयोगले बुधबार कर्मचारीको विज्ञापन खोलेको हो। आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो। प्रदेशमा रिक्त स्थायी पदपूर्ति गर्ने गठित आयोगको आदेशानुसार स्थायी पदपूर्तिका लागि १६७ पदमा विज्ञापन खुलाएको हो। योग्यता पुगेका नेपाली नागरिकले २९ चैतसम्म नियमित र दोब्बर दस्तुरमा ६ वैशाखसम्म अनलाइनमार्फत् आवेदन दिन पाउनेछन्। सुदुरपश्चिम सरकारले चैत ०७७ मा लोकसेवा आयोगको गठन गरेको थियो ।

Read More

गौर-रौतहट जिल्ला पछिल्लो समय स्थानीय प्रशासनले विभिन्न षडयन्त्र गरि निर्दोषलाई फसाउने काम गरेको भन्दै नेकपा एमाले रौतहट जिल्ला कमिटीले विशाल प्रदर्शन गरेको छ। गठबन्धन सरकारको इशारामा रौतहटको एसपी र सिडियोको नेतृत्वमा झुठा मुद्दा, गाली बेइज्जती तथा बदनाम गर्ने कार्य भइरहेकोले एमालेले जिल्लाको मध्यभाग गरुडामा मङ्गलबार हजारौँको संख्यामा प्रदर्शन गरेको हो। सिडियो र एसपीको राजीनामा माग्दै अध्यक्ष त्रिभुवन साहको नेतृत्वमा निकालिएको शान्तिपूर्ण प्रदर्शनमा केन्द्रीय तथा प्रदेश कमिटीसहितका नेता कार्यकर्ता उपस्थित थिए। एमाले पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन गरुडाको परिक्रमा गरि इलाका प्रहरी कार्यालय गरुडा अगाडी नारा जुलुस तथा कोणसभा गरी अन्त्य भएको थियो। सो क्रममा प्रदर्शनकारीहरुले ूनिर्दोषलाई फसाउन पाईंदैन, पक्षपाती सरकाररप्रशासन…

Read More

 काठमाडौं-पाउल पोग्बाले आफूले विश्वकप जित्दा पाएको मेडल चोरी भएको बताएका छन्। फ्रान्सका यी खेलाडीको मेडल गत साता घरबाटै चोरी भएको हो। गत साता चोरहरू आफ्नै घरमा घुसेर मेडल चोरेर लगेको पोग्बाले बताएका छन्। २९ वर्षीय पोग्बाका अनुसार चोरहरु घरमा छिर्दा उनका बच्चाहरु र उनीहरुको स्याहारको लागि राखिएकी महिला पनि घरमै थिए। ‘मुख्य कुरा के हो भने मेरा बच्चाहरु ठीक छन्’, उनले भने। फ्रान्सले सन् २०१८ मा भएको विश्वकपमा क्रोएसियालाई ४–२ ले हराउँदै विश्वकपको उपाधि जितेको थियो। पोग्बाका अनुसार चोरहरुले उनकी आमाको गहना र उनको विश्वकपको मेडल चोरेर लगेका हुन्। उनले यो घटनापछि आफूले तत्काल सुरक्षाकर्मी र पत्नीलाई जानकारी गराएको र समग्र परिवार…

Read More