Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – आज देशभर ९५औँ फोटो पत्रकारिता दिवस मनाइँदैछ । राष्ट्रिय फोटो पत्रकार समूहले ९५औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा मंगलबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेर काठमाडौंको बसन्तपुरमा लकडाउन फोटो प्रदर्शनी गरेको छ । वि.सं १९८४ मा वैशाख १३ गते पहिलोपटक समाचारको रूपमा गोरखापत्रमा फोटो प्रकाशन भएको दिनलाई सम्झना स्वरुप फोटो पत्रकारिता दिवस मनाइँदै आएको छ भने राष्ट्रिय फोटो पत्रकार समूहले विगत २५ वर्षदेखि फोटो पत्रकारिता दिवस मनाउँदै आएको हो । फोटो पत्रकारहरुको सहभागितामा प्रभातफेरी गरिएको थियो देशभरका फोटो पत्रकारहरूले विविध कार्यक्रम गरेर फोटो पत्रकारिता दिवस मनाइरहेका छन् ।

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले ल्याएको घोषणा पत्रप्रति कडा टिप्पणी गरेका छन् । मंगलबार मनमोहन अधिकारीको २३ औं स्मृति दिवसमा बोल्दै ओलीले कांग्रेसको घोषणापत्रलाई ‘राजनीतिक दस्तावेज नभएर बकवास र पागलहरूको प्रलाप’ भएको बताएका छन् । ‘नेपाली कांग्रेसले चुनावी घोषणा पत्र भनेर अहिले जुन प्रकाशित गरेको छ, त्यो कुनै राजनीतिक दस्तावेज होइन,’ उनको टिप्पणी छ, ‘त्यसलाई राजनीतिक दस्तावेजको दर्जा दिन सकिंदैन । पागलहरूको प्रलाप हो त्यो । मुख छाड्ने, गाली गर्ने तथानाम बाहेक केही पनि छैन ।’ ओलीले घोषणा पत्रमा दर्जनौं ठाउँमा आफ्नो नाम किटेरै तथानाम गाली गरिएको दाबी गरे । उनको भनाइ…

Read More

काठमाडौं – निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार ४६८ पुगेको छ । मंगलबार बिहान १०ः१५ बजेसम्म उक्त सङ्ख्याले उम्मेदवारी दिएको जानाकारी आयोगले गराएको हो । आयोगका अनुसार हालसम्म प्रदेश १ मा २२ हजार १९४, मधेश प्रदेशमा ३६ हजार २७५, बागमती प्रदेशमा २३ हजार ६५४, गण्डकी प्रदेशमा १२ हजार ३१४, लुम्बिनी प्रदेशमा २२ हजार ४२१, कर्णाली प्रदेशमा १२ हजार ८४८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ७६२ जनाको उम्मेदवारी परेको छ । परेका उम्मेदवारमध्ये प्रमुख पदमा ३ हजार ३१८, अध्यक्ष पदमा ३ हजार ३०६, उपप्रमुख पदमा २ हजार ३६, उपाध्यक्ष पदमा…

Read More

काठमाडौं – सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९ सयले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा एक लाख दुई सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजोको जस्तै तोलामा एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौं – सरकारले थालेको छानबिन रोक्न माग गर्दै गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक बहादुर मोक्तानको संयुक्त इजलासमा परेको छ । अन्तरिम आदेशको निरन्तरता प्रयोजनका लागि पेसीमा चढेको सो रिटको आज सुनुवाइ हुन लागेको हो । गत चैत २४ गते सरकारले गभर्नर अधिकारीमाथि कार्यक्षमताको अभाव र बैंकिङ सूचना चुहाएको भन्दै छानबिन गर्ने निर्णय गरेको थियो । त्यसका लागि सरकारले छानबिन समिति बनाएसँगै उनी निलम्बनमा परेका थिए । आफू निलम्बनमा परेसँगै गभर्नर अधिकारीले वैशाख ५ गते सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दर्ता गराएका थिए । चैत ६ गते…

Read More

काठमाडौं – नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनावका लागि आफ्नो प्रभाव भएको क्षेत्रहरूमा उम्मेदवारी दिएको छ । रोल्पाका १० पालिकामध्ये ९ पालिकामा सबै पदाधिकारी, वडाध्यक्ष र सदस्यमा विप्लव समूहका नेताहरूले उम्मेदवारी दिएका छन् । यद्यपि उम्मेदवारी फिर्ता लिन विप्लवका उम्मेदवारलाई अपलि आएको छ । चुनावको पक्षमा नरहेको नेकपाकै अर्को समूहले भने उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । नेता धर्मेन्द्रल बास्तोला ‘कञ्चन’ले एक विज्ञप्ति जारी गर्दै एमसीसी विरोधीलाई सर्मथन गर्ने, पार्टीका सदस्यहरू स्वतन्त्ररुपमा उठ्न सक्ने पार्टीको नीति भएको भन्दै नेतृत्व तहमै भएकाले उम्मेदवारी दिनु गलत भएकोले फिर्ता लिन भनेका छन् । ‘‘उम्मेदवारमा नउठ्ने मान्यताविपरीत कतिपय कमरेडहरूले विभिन्न पदहरूमा…

Read More

काठमाडौं – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एकीकृत सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको सरकारले जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार यसपालि पनि निर्वाचनसम्बन्धी सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिनेछन् । त्यसबाहेक स्थानीय चुनावकै लागि भनेर करिब एक लाख म्यादी प्रहरी पनि भर्ना गरिएको मन्त्रालयले जनाएको छ। देशभरि सबै स्थानीय तहमा एकै चरणमा हुन लागेको चुनावमा मतदान गर्ने दिन आउन अब १८ दिन बाँकी छ। स्थानीय तहको चुनावका लागि तीन लाखको हाराहारीमा सुरक्षाकर्मी खटिने गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले बताए। ‘एकसट्ठी हजार नेपाल प्रहरी, २३ हजारको हाराहारीमा सशस्त्र प्रहरी र एक लाख म्यादी…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इम्मानुयल म्याक्रोँलाई बधाई दिएका छन् । ट्वीटमार्फत फ्रान्सको राष्ट्रपतिमा पुनःनिर्वाचित भएकामा बधाई तथा शुभकामना दिएका हुन् । राष्ट्रपति भण्डारीले बधाइ तथा शुभकामना दिदैं माक्रोनको कार्यकालमा नेपाल र फ्रान्सको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेकी छन्। प्रधानमन्त्री देउवाले फ्रान्सेली जनताले अर्को प्रजातान्त्रिक अभ्यास पूरा गरेको उल्लेख गर्दै नेपाल–फ्रान्स मैत्री सम्बन्धलाई थप सुदृढ बनाउनका लागि मिलेर काम गर्न तत्पर रहेको बताएका छन् । फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोँ अर्को कार्यकालका लागि पुनःनिर्वाचित भएका हुन् ।

Read More

काठमाडौं– धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ सिन्धुलीटोलमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा तीन जनाको मृत्यु भएको छ । सोमबार राति दुर्घटना भएको मोटरसाइकालमा तीन जना सवार थिथए । गम्भीर घाइते भएका ३ जना पुरुषको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । प्रहरीका अनुसार मृतक ३ जनाकै सनाखत हुन बाँकी रहेको छ। सडक छेउमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा गएराति साढे २ बजे, लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोकिएको हो । ट्रक चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

Read More

काठमाडौँ- रसुवाको आमाछोदिङमो गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट दुई जनाले उम्मेदारी दिएपछि दुबै जनाको उम्मेदवारी रद्द भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दुवै जनाको उम्मेदवारी रद्द गरिदिएको हो । एमालेबाट गाउँपालिका अध्यक्षमा तेब्रल तामाङले सुरुमा मनोनयन दर्ता गराएका थिए । तर उनी यसअघि नयाँ शक्ति पार्टीमा छँदा समानुपातिक सांसदको बन्द सूचीमा रहेको नाम नहटाएको पाइएपछि उनको उम्मेदवारी रद्द गरिएको हो । निर्वाचन आयोगले स्थानीय तहको जनप्रतिनिधिमा उम्मेदवारीका लागि बन्द सूचीबाट नाम हटाउन भनिए पनि उनको नाम हटेको थिएन । तामाङको उम्मेदवारी रद्द भएपछि एमालेले फुर्पूसिंगी तामाङको नाममा मनोनयन दर्ता गराएको थियो । तर, नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदमा दुई वटा…

Read More