Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- गैरआवासीय नेपाली संघ ९एनआरएनए० का नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा। बद्री केसी तथा रबिना थापाले सोमबार दिउंसो संघको केन्द्रीय कार्यालयमा पद बहाली गरेका छन्। निवर्तमान अध्यक्ष कुमार पन्तले तीनै जना अध्यक्षहरुलाई खादा र माला लगाइ दिएर पद बहाली गराएका थिए । उनले तीनै जना अध्यक्षहरुलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरे । उक्त अवसरमा संघका नवनिर्वाचित पदाधिकारीहरु पनि उपस्थित थिए। आइतबार अबेर संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरे पछि संघका पदाधिकारीहरु बिहान पशुपति क्षेत्र पुगेर पूजा अर्चना गरेका थिए। सोमबार अपरान्ह ४ बजे बालुवाटारस्थित संघको केन्द्रीय कार्यालयमा नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम छ।

Read More

दार्चला-नेपालमा विचारविहिन राजनितिक दल धेरै दिन नटिक्ने नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गणेशसिह ठगुन्नाले उद्घोष गरेका छन। सोमबार नेकपा एमाले नौगाड गाउँपालिका स्तरिय कमिटिले आयोजना गरेको वृहत चुनावी आमसभामा सोम्बोधन गदै नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री ठगुन्नाले हाम्रो देशमा विचार विहनि दल धेरै दिन टिक्न नसक्ने हुँदा सवैले नेकपा एमालेको विचारमा समाहित हुनुको विकल्प नरहेको बताए। नेकपा एमालेले सवैलाई समेट्ने गरेको र अन्य दल कार्यकर्ता मुखि मात्रै रहेकोले नेपालमा अन्य दलको भविस्य शुन्य रहेको पुर्व मन्त्री ठगुन्नाले बताए। नेकपा एमालेको सरकार हुँदा मात्रै देशले विकासको फड्को मार्ने तर अन्य दल सत्तामा पुग्दा सधै कार्यकर्तामुखी बजेट विनियोजन…

Read More

दार्चुला-आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। दार्चुला जिल्ला भरिको मतदाता संख्या ४५ हजार १ सय ११ पुरुष र ४३ हजार १ सय ७४ महिला गरि ८८ हजार २ सय ८५ मतदाता रहेको निर्वाचन आयोग नेपालले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा उल्लेख छ। त्यसैगरी जिल्ला भरि १ सय १० मतदान स्थल र १ सय ३९ मतदान केन्द्र रहने छन्। स्थानीय तहगत रुपमा मतदाता हेर्दा अपिहिमाल गाउँपालिकामा २ हजार ३ सय ९४ जना पुरुष र २ हजार २ सय ५७ महिला गरि ४ हजार ६ सय ५१ मतदाता रहेका छन्। अपिहिमाल…

Read More

काठमाडौं- त्रिकोणात्मक टि-२० क्रिकेट श्रृंखलामा नेपालले विजयी सुरुवात गरेको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध १५ रनको जित निकालेको हो। नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको पिएनजी ४ बल बाँकी छँदै १ सय ६८ रनमा अलआउट भयो। उसका नोर्मान भानुवाले सर्वाधिक ५२ रनको योगदान गरे। सेसे बाउले ३०, चार्ल्स अमिनीले २२, लेगा साएकाले २१ रनको योगदान गरेका थिए। नेपालका सन्दिप लामिछाने र करण केसीले समान ३/३, अविनाश बोहराले २, र सोमपाल कामीले एक विकेट खसाले। यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले घरेलु मैदानमा ९ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो। उसका लागि…

Read More

कैलाली-सशस्त्र प्रहरीले वेवारिसे अवस्थामा रहेको ३६ लाख बढी रुपैयाँको सुन तथा चाँदीका गहना बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वार्टर कैलाली, बिओपी त्रिनगर र बिओपी डोकेबजारबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२, त्रिनगरबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याई वेवारिसे अवस्थामा रहेको ४३१ ग्राम सुन र २०७ ग्राम चाँदी रहेको र सो को मूल्य ३६ लाख ८ हजार ४ सय ९० रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वार्टर कैलालीले जनाएको छ। बरामद भएको सुन तथा चाँदीका गहना आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल…

Read More

बाजुरा- सशस्त्र द्वन्द्वमा विस्थापित बाजुराको दुर्गम हिमाली गाउँपालिका–१ बिच्छयाँस्थित प्रहरी चौकी २२ वर्षपछि पुनर्स्थापित भएको छ। साबिक बिच्छयाँ गाविस–४ मा रहेको चौकी माओवादी द्वन्द्वका बेला ०५५ साल वैशाख २७ गते विस्थापित भएको थियो। आइतबार त्यहाँ प्रहरी चौकी पुनर्स्थापित गरिएको हो। बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चतुर्भुज ओझालगायतले चौकी पुनर्स्थापित गरेका हुन्। सो अवसरमा स्थानीय जनप्रतिनिधि र नागरिक समाजलगायतको उपस्थिति रहेको थियो। नेविसंघ बाजुरा–काठमाडौँ सम्पर्क समितिका सचिव थुमराज उपाध्यायकाअनुसार बाजुराको निकै विकटमा पर्ने बिच्छयाँमा प्रहरी चौकी नहुँदा स्थानीय समस्यामा पर्दै आएका थिए।

Read More

डडेल्धुरा-नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले आसन्न स्थानीय निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन्। सोमबार प्रेस युनियन डडेल्धुरा शाखाले गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।सिंहदरबारका लागि गठबन्धन भए पनि स्वच्छ रूपमा गठबन्धन नहुन सकेको उनको भनाइ छ। उनले केही प्रदेशमा गठबन्धन भए पनि सुदूरपश्चिममा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको बहुमत रहेकाले सरकारमा आफूहरू अटाउन नसकेको उनले बताए।‘हामीहरू सरकारमा नरहेर पनि साथ दिइरहेका छौं,’ उनले भने, ‘यदि गठबन्धन हो भने त सुदूरपश्चिममा कांग्रेस सरकारमा हुनुपर्थ्यो। प्रदेश सरकारमा कांग्रेसलाई ल्याउन नचाहेकाले गठबन्धनको सम्भावना टाढिएको छ।’ सरकारमा रहेका दलबाट कांग्रेसलाई पेल्ने मात्र काम भएको उनले जिकिर गरे। ‘उहाँहरू…

Read More

कैलाली-सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले तीव्र गतिमा सवारी गुडाउनेलाई कारबाही गर्ने भएको छ। सडक दुर्घटना रोक्न तथा सवारी साधनको तीव्र गति रोक्न ट्राफिक प्रहरीले आधुनिक उपकरण ‘लिडार स्पिड गन’ प्रयोगमा ल्याएको हो। सोमबारबाट कैलालीको अत्तरिया चौराहामा १ सय २० मिटर अगाडिबाट ट्राफिकले ‘लिडार स्पिड गन’ (गति मापन यन्त्र) माध्यमबाट सवारी कुन गतिमा गुडेको छ पत्ता लगाउँदै तीव्र गतिमा गुडाउने सवारीलाई कारबाही थालेको ट्राफिक प्रहरी निरीक्षक गणेश प्रसाद उप्रेतीले बताए। सवारी तीव्र गतिमा हाँक्नाले दुर्घटना बढेको भन्दै तीव्र गतिमा सवारी चलाउनेलाई सुरुमा सम्झाइ बुझाई गर्ने र त्यसको पनि व्यवस्था गरिएको पाइएमा कारबाही गरिने उनले बताए। बाक्लो बस्ती, बढी दुर्घटना हुने…

Read More

कैलाली-सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले आह्वान गरेको तह विहीन वन रक्षक पदको विज्ञापन खारेज गर्न माग गरिएको थारुसँग आवद्ध संघ संस्थाले छ। थारु कल्याणकारी सभा कैलाली सहित ११ दलले संविधान विपरीत खुलाएको भन्दै खारेज गर्न माग गरेका हुन्। ‘प्रदेशको लोकसेवा आयोगको मिति २०७८/१२/०९ गते प्रकाशन गरेको वन रक्षक पदको विज्ञापनले हाम्रो ध्यान गम्भीर रुपमा आकृष्ट भएको छ। सु.प प्रदेश सरकारले चालेको यो कदमको हामी घोर निन्दा र भत्संना गर्दछौ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘समयमै व्यवस्था नगरे अदालतको ढोका ढक्ढक्याउने र त्यसबाट न्याय नपाए कडा भन्दा कडा आन्दोलन गर्ने ब्यहोरा समेत यसै विज्ञप्ति मार्फत सबैलाई जानकारी गराउन चाहन्छौँ ।’  प्रदेश लोक सेवा…

Read More

काठमाडाैं – बालिका अपहरण गरी १५ लाख फिरौती माग्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ । प्रहरीले धनुषा कमला नगरपालिका–२ घर भई जनकपुर उपमहानरपालिका–१६ बस्ने ध्रुव कुमार मण्डलकी ४ बर्षीया छोरी अपहरण गर्ने ३ जनालाई आइतवार पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषा नगरपालिका–३ सिजियाहीका २१ बर्षीय अरविन्द मुखिया, जनकपुर उपमहानरपालिका–१ का २१ बर्षीय रविकुमार दास र कमलामाई नगरपालिका–८ सोनापाराका २० बर्षीय अभिषेकचन्द्र दास छन् । उनीहरुले योजना बनाएर चैत १० गते अपहरण गरेर परिवारलाई १५ लाख रुपैयाँ फिरौती माग गरेका थिए । ९८१४८१२५९१ सिम नम्बरबाट १५ लाख रूपैयाँ माग गरेको नत्र छोरीलाई मारेर फालिदिने धम्की दिएको…

Read More