कैलाली-सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले आह्वान गरेको तह विहीन वन रक्षक पदको विज्ञापन खारेज गर्न माग गरिएको थारुसँग आवद्ध संघ संस्थाले छ। थारु कल्याणकारी सभा कैलाली सहित ११ दलले संविधान विपरीत खुलाएको भन्दै खारेज गर्न माग गरेका हुन्।
‘प्रदेशको लोकसेवा आयोगको मिति २०७८/१२/०९ गते प्रकाशन गरेको वन रक्षक पदको विज्ञापनले हाम्रो ध्यान गम्भीर रुपमा आकृष्ट भएको छ। सु.प प्रदेश सरकारले चालेको यो कदमको हामी घोर निन्दा र भत्संना गर्दछौ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘समयमै व्यवस्था नगरे अदालतको ढोका ढक्ढक्याउने र त्यसबाट न्याय नपाए कडा भन्दा कडा आन्दोलन गर्ने ब्यहोरा समेत यसै विज्ञप्ति मार्फत सबैलाई जानकारी गराउन चाहन्छौँ ।’
प्रदेश लोक सेवा आयोगले गत बुधवार प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको थियो।प्रदेशमा रिक्त स्थायी पदपूर्ति गर्ने गठित आयोगको आदेशअनुसार स्थायी पदपूर्तिका लागि १६७ पदमा विज्ञापन खुलाएको हो।
यस्तो छ संयुक्त विज्ञप्ति :
![No description available.](https://scontent.fkep2-1.fna.fbcdn.net/v/t1.15752-9/277212447_5139668352751630_6089759932136521662_n.jpg?_nc_cat=105&ccb=1-5&_nc_sid=ae9488&_nc_ohc=LOMgCu7AQK8AX-mStx_&tn=MyC31G174kfvm-ps&_nc_ht=scontent.fkep2-1.fna&oh=03_AVIinZHPq3mYKyTuiKgDWQveS1lCZPlFBNa9LjPNY4fpug&oe=6265AA2C)