Author: महेन्द्रनगर पोष्ट

कैलाली-सुदूरपश्चिम प्रदेशमा झन्डै १० हजार म्यादी प्रहरी भर्ना गरिने भएको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी सुदूरपश्चिमका नौ वटै जिल्लामा गरी कुल नौ हजार नौ सय ३७ म्यादी प्रहरी भर्ना गरिने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको हो। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोला बहादुर रावलका अनुसार सबै भन्दा बढी कैलाली र सबै भन्दा कम डडेल्धुरामा म्यादी प्रहरी भर्ना गर्न लागिएको हो। कैलालीमा दुई हजार चार सय ५७,कञ्चनपुरमा एक हजार चार सय ६९, बैतडीमा आठ सय १५, दार्चुलामा सात सय ४२, डोटीमा आठ सय १० , डडेल्धुरामा ६ सय ५२, बझाङमा एक हजार ९३, अछाममा…

Read More

कैलाली-कैलालीमा एक युवकमाथि खुकुरी प्रहार गरिएको छ। जिल्लाको लम्किको मुख्य बजारमा ३५ बर्षीया शेरबहादुर थापामाथी खुकुरी प्रहार गरिएको हो। सामान्य विवाद हुँदा सोहि ठाउँका २३ वर्षका प्रेम रावलले उनीमाथि खुकुरी प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक वेदप्रकास जोशीले जानकारी दिए। घटना स्थलबाट २ वटा खुकुरी, मोबाइल र लागुऔषध फेला परेको प्रहरी नायब उपरिक्षक जोशीले जानकारी दिए। घटनामा थप संलग्न ब्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं- सशस्त्र प्रहरी सहायक निरीक्षक पदको बिशेष स्वास्थ्य परीक्षण परीक्षा सम्बन्धि सूचना र लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको छ। मानवस्रोत विभाग,मानवस्रोत निर्देशनालय भर्ना तथा छनौट शाखाले विशेष स्वास्थ्य परीक्षणको परीक्षाको लखित परीक्षाको नतिजा प्रकाशित गरेको हो। 3RFpAZnNJiaIIqrK6Y7A5gDownload

Read More

ललित सामन्त,दार्चुला-टोल-टोलमा एमाले मनमनमा एमाले अभियान अन्तर्गत चैत ६ गते जिल्लाका विभिन्न स्थानीय तहहरुमा चुनावी गतिविधि भएका छन्। सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेपछि अहिले एमालेले जिल्लाभरी चुनावी गतिविधि बढाएको हो।चुनाव केन्द्रीत भएको एमालले आइतबार नौगाड गाउँपालिकास्तरीय अखिल नेपाल किसान महासंघ गठन गरेको छ। नौगाडमा पानसिह वडालको अध्यक्षतामा २५ सदस्यीय महासंघ गठन गरिएको हो। नेकपा एमाले दार्चुलाका अध्यक्ष प्रेमसिह धामीको प्रमुख आतिथ्यतामा प्रथम अधिबेशनबाट महासंघ गठन गरिएको हो। सोही कार्यक्रममा समाजबादी पाटीका वडा नम्बर १ का उपाध्यक्ष पानसिह बडालले नेकपा एमाले प्रवेश गरेका छन्। यसैगरी शैल्यशिखर नगरपालिकामा नगर कमिटीको आयोजनामा वडा नं. १ को बैठक सम्पन्न गरिएको…

Read More

कञ्चनपुर- नेकपा माओवादीको सुदूरपश्चिम प्रदेश कमिटीले कृष्णपुरका खेमराज पाण्डेयलाई कञ्चनपुर संयोजकको जिम्मेवारी दिएको छ।प्रदेश कमिटीले पाण्डेयलाई जिम्मेवारी दिएको हो। प्रदेश कमिटीले संघीय र प्रदेश निर्वाचन क्षेत्रका इन्चार्ज समेत तोकेको छ। निर्वाचन क्षेत्र नं. १ को इन्चार्जमा दिपक बिसी, क्षेत्र नं २ को इन्चार्जमा लोकेन्द्र ऐर र निर्वाचन क्षेत्र ३ को इन्चार्जमा कृष्णदत्त जोशीलाई मनोनित गरिएको छ। यसैगरी निर्वाचन क्षेत्र नं.१ (क) मा फुल्लन राना, (ख) मा पोतिलाल चौधरी, निर्वाचन क्षेत्र नं. २ को (क) मा अक्कल बोहरा, (ख) मा हिरा जैसी र निर्वाचन क्षेत्र ३ (क) मा निरु कामीलाई इन्चार्ज बनाइएको छ। निर्वाचन क्षेत्र नं.३ (ख) भने रिक्त छ। यसैगरी…

Read More

काठमाडौँ- न्याय सेवा आयोगले न्याय सेवाका ११ जना सहसचिव, ४० उपसचिव र १३४ जना अधिकृत गरी १८५ कर्मचारीको सरुवा गरेको छ। आइतबार बसेको आयोगको बैठकले न्याय सेवाका धेरै कर्मचारीको एकै पटक सरुवा गरेको हो । बैठकले जिल्ला न्यायाधीशको परीक्षा उतीर्ण गरेका दुई जनालाई जिल्ला न्यायाधीशमा सिफरिस गरेको छ। लिखित परीक्षा र अन्तर्वार्ता परीक्षा उतीर्ण गरेका भुवन गिरी र ओमबहादुर सोडारीलाई आयोगले जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो। 1647774560for-noticeDownload

Read More

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सचिव दिपक थापा मगर र जनक थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारले दिपक थापा मगरसँग २ लाख ९३ हजार ३७२ रुपैयाँ ५१ पैसा र जनक थापासँग ७० हजार ८५ रुपैयाँ ३८ पैसा बिगो दाबी गरी भ्रष्टाचारको मुद्दा दायर गरेको हो। सुनसरीको साबिक वराहक्षेत्र गाविस वडा नं ३ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहको सचिव रहँदा थापाद्वयले सामुदायिक वनमा वृक्षारोपण र तार घेराको नाममा अत्यधिक रकम खर्च देखाएको, चेक काटी रकम हिनामिना गरेको, समूहमा दाखिला गर्नुपर्ने रकम खाई मासेर आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको…

Read More

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सचिव दिपक थापा मगर र जनक थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारले दिपक थापा मगरसँग २ लाख ९३ हजार ३७२ रुपैयाँ ५१ पैसा र जनक थापासँग ७० हजार ८५ रुपैयाँ ३८ पैसा बिगो दाबी गरी भ्रष्टाचारको मुद्दा दायर गरेको हो। सुनसरीको साबिक वराहक्षेत्र गाविस वडा नं ३ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहको सचिव रहँदा थापाद्वयले सामुदायिक वनमा वृक्षारोपण र तार घेराको नाममा अत्यधिक रकम खर्च देखाएको, चेक काटी रकम हिनामिना गरेको, समूहमा दाखिला गर्नुपर्ने रकम खाई मासेर आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको…

Read More

बैतडी-बालिका बलात्कारको आरोपमा बैतडी प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डडेलधुराको अमरगढी नगरपालिका– ५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङ रहेका छन्। चैत ४ गते १४ वर्षीया बालिकामाथि बलात्कार भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार सोही दिन राति दुवै जनालाई पक्राउ गरिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। तामाङले बालिकालाई बलात्कार गरेको र गुरुङले बलात्कार कार्यमा सहयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

Read More

कैलाली-‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’ को तेस्रो संस्करण चैत २५ गते हुने भएको छ। आइतबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलन गर्दै अवार्डको तेस्रो संस्करणको मिति सार्वजनिक गरेको हो। तेस्रो संस्करणको तयारी सुरु भइरहेको खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले बताए । उनले भने, ‘तेस्रो संस्करणलाई थप स्तरीय बनाउनका लागि अहिलेदेखि नै तयारी थालेका छौँ।’ उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ।उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने…

Read More