Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाली बजारमा बुधबार पहेलो धातु सुनको मुल्य घटेको छ । आज सुनको मुल्य एकैदिन ११०० रुपैयाँले घटेको हो । जसअनुसार मंगलबार प्रतितोला १ लाख ३०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज ९९ हजार २०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा २५ रुपैंयाले घटेको छ । हिजो प्रतितोला १ हजार ३९५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३७० रुपैंया पुगेको महासंघले जनाएको छ

Read More

काठमाडौं – नेपाली बजारमा मंगलबार पहेलो धातु सुनको मुल्य घटेको छ । आज सुनको मुल्य एकैदिन ११०० रुपैयाँले घटेको हो । जसअनुसार मंगलबार प्रतितोला १ लाख ३०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज ९९ हजार २०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा २५ रुपैंयाले घटेको छ । हिजो प्रतितोला १ हजार ३९५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३७० रुपैंया पुगेको महासंघले जनाएको छ

Read More

काठमाडौं – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज महाधिवेशनको उद्घाटन गर्नुभएको हो । आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसक्नुभएको छ भने अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् । प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि सहभागि छन् ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गरेका छन्। वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौँको चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छ। तीमध्ये सय जना भौतिक रुपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट सहभागिता जनाउने बताइएको छ । सम्मेलनमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँच वटा विधामा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ । दिगो विकास, पर्वतीय अर्थतन्त्र, पर्वतीय जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली, पर्वतीय संस्कृति, पर्वतीय महिला र पर्वत–समथर भूभागबीचको अन्तरसम्बन्धलगायतका विधामा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरी क्षेत्रीय नीतिनिर्माणका लागि सुझाव प्रस्तुत गर्नेछन् । सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री देउवा आज बिहान हेलिकप्टरबाट चन्द्रागिरिस्थित चन्द्रागिरि…

Read More

काठमाडौं– सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत गरेका बिभिन्न संवैधानिक नियुक्ति खारेजीको माग गर्दै परेका रिटमाथि सुनुवाइ गर्दैछ। सर्वोच्च अदालतको बरिष्ठताका आधारमा गठन गरिएको संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिविरुद्धको मुद्दामा सुनुवाइ गर्न लागेको हो। तत्कालीन ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएर संवैधानिक परिषद्को ऐन संशोधन गर्दै अख्तियार, मानवअधिकार आयोग लगायत विभिन्न ११ वटा संवैधानिक अङ्गहरूमा ५२ जना पदाधिकारी नियुक्ति गरेको थियो । गत शुक्रबारको संवैधानिक इजलासले उक्त मुद्दाको पेशी आजका लागि तोकेको थियो। गत…

Read More

कपिलवस्तु – गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा भाग नलिएका राजनीतिक दलहरूलाई ३० बैशाखमामा निर्धारित स्थानीय तहको निर्वाचनमा भाग लिन आग्रह गरेका छन् । कपिलवस्तुको चन्द्रौटामा बुधबार सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्यवासिनी बाहिनी मुख्यालयको समुदघाटन गर्दै मुलुकको विकासमा हातेमालो गर्दै अगाडि बढ्न सबै राजनीतिक दलहरूलाई स्थानीय निर्वाचन सहभागी हुन आवश्यक रहेको बताए । उनले स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष तरिकाले सम्पन्न गर्न सरकार लागिपरेको बताए । नागरिकले आफूले उपयुक्त ठानेका प्रतिनिधि छान्न आवधिक निर्वाचन बेलैमा गर्न सरकार प्रतिबद्ध रहेको बताए । गृहमन्त्री खाणले सशस्त्र प्रहरीका अधिकृतर जवानहरूको लामो समयदेखि रोकिएको बृत्तिविकास सुचारु गर्ने तयारीमा सरकार रहेको बताए । लामो…

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको हो । स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न बुधबार र बिहीबार गरी दुई दिन केन्द्रीय कमिटीको बैठक बोलाइएको हो । बैठकमा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन् । उनले आगामी निर्वाचनमा पार्टीलाई कसरी देशभर विजयी गराउने भन्ने विषयमा नेताहरूलाई निर्देशन दिएका छन् ।

Read More

इस्लामावाद – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन्। उनले विश्वका इस्लामिक देशहरुलाई यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री खानले विश्वका इस्लामिक देशहरुलाई हाल अफगानिस्तानले सामना गरिरहेका समस्याका बारेमा अध्ययन गर्न आग्रह गरेका हुन् उनले हाल अफगानिस्तानले निकै अप्ठेरो परिस्थितिको सामना गरिरहेकाले यस्तो अवस्थामा विश्वका सबै इस्लामिक देशहरुले सहयोग गर्नुपर्ने आवश्यकता रहेको धारणा राखेका हुन्। ‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’ आइसीको विदेश मन्त्रीहरुको ४८ औँ सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो धारणा राखेका हुन् । पाकिस्तानको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार यस सम्मेलनमा विश्वव्यापी तथा क्षेत्रीय राजनीतिक एवं अन्य मुद्दाहरु, एजेण्डामा छलफल भइरहेको छ । त्यस सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री खानले…

Read More

कैलाली – कैलाली गोदावरी नगरपालिका-१ बनखेतस्थित नवीन साहुको घरअगाडि खतरा लेखेर सडकमा शंकास्पद अवस्थामा राखिएको प्रेसर कुकरभित्र सुनका गहना फेला परेको छ । मंगलबार बिहान घरअगाडि खतरा लेखिएको प्रेसर कुकरभित्र सुनका गहना फेला परेका हुन् । नवीन साहुको घरको गेटअगाडि नै शंकास्पद वस्तु फेला परेपछि साहुका घरपरिवार र छिमेकीले प्रहरीलाई जानकारी दिए । उक्त कुकर डिस्पोज गर्दा त्यसभित्र सुनका गरगहनाहरु फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिए । सो प्रेस कुकरभित्र चार तोला सुन फेला परेको प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए । भने त्योसँगै कुकरमा एउटा पत्र समेत फेला परेको प्रहरीले जनाएको…

Read More

कास्की – अन्नपूर्ण गाउँपालिका-९ बस्ने ३२ वर्षीय सेते गर्वुजालाई १ थान भरूवा बन्दुक सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-९ उल्लेरीमा बन्दुक पड्केको आवाज आएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी विरेठाटीबाट खटिएको प्रहरीले सोधपुछ गर्दा गर्वुजाले भरुवा बन्दुक पड्काई भागेको भन्ने खुल्न आएपछि प्रहरी उनको खोजी गर्ने क्रममा सोही ठाउँस्थित जंगलमा लुकी बसेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More