Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: समाचार सम्प्रेषणको विषयलाई लिएर नेपाल प्रहरीकी ‘विवादित’ इन्सपेक्टर बिनुकुमारी शाहीले पत्रकारलाई धम्की दिएकी छन्। ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीकी इन्चार्ज इन्सपेक्टर शाहीले पत्रकार टेकसिंह धामीलाई धम्की दिएकी हुन्। शाहीले सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित महेन्द्रनगरपोष्टडटकमका सम्पादकसमेत रहेका धामीलाई धम्की दिएकी हुन्। उनले धामीलाई त जेरो होस्, आफ्नो ख्याल गर्नू। मबाट सचेत रहनू भन्ने धम्कीपूर्ण म्यासेज पठाएकी छन्। महेन्द्रनगरपोष्टले शाहीले कञ्चनपुरमा थुनुवालाई यातना दिएको प्रकरणदेखि उनले भोगेका कारबाही र कार्यक्षेत्रमा कमजोर कमाण्डका कारण घटनाहरु बढेका लगायतका विषयमा निरन्तर समाचार प्रकाशित गर्दै आएको थियो। सोही विषयलाई लिएर शाहीले सम्पादक धामीलाई धम्की दिएको बुझिएको छ। धम्कीपछि सम्पादक धामी र अक्सफोर्ड…

Read More

काठमाडौं : आफूलाई ‘लिटिल बुद्ध’ दावी गर्ने रामबहादुर बमजन बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन् । सर्लाही जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणको निम्ति आगामी असार १७ गते पेशी तोकिएको छ । उनी गत पुस २४ गते बुढानीलकण्ठ नजिकै घरबाट पक्राउ परेका थिए । प्रहरीले उनको घरबाट तीन करोड नेपाली रुपैयाँ र ४० लाख बराबरको विदेशी मुद्रा फेला पारेको थियो । बमजनको आश्रममा बस्दै आएका तीन जना आनी र दुई युवा बेपत्ता भएपछि परिवारले प्रहरीमा उजुरी गरेका थिए । यो सँगै उनले कयौ युवतीमाथि यौन शोषण र बलात्कार गरेको घटना पनि सार्वजनिक भएको थियो ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री ओमविक्रम भाट सरलले ध्यानमा ध्यान दिनुपर्ने जनाएका छन्। धनगढीमा मन्त्रालयद्वारा आयोजित तनाव व्यवस्थापन तथा जीवनशैली परिवर्तन कार्यक्रममा बोल्दै उनले यस्तो जनाएका हुन्। सो कार्यक्रमम मन्त्री भाटले पछिल्लोसमय ध्यान केन्द्रित नहुँदा मानव जीवनमा समस्या पैदा हुने गरेको बताए। त्यसैले सबैले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्ने अवस्था रहेको र ध्यान केन्द्रित हुनेपर्ने दाबी गरे। त्यस्तै मन्त्री भाटले युवाहरूलाई लागूपदार्थ दुर्व्यसनीबाट टाढा राख्नुपर्ने बताएका थिए। पछिल्लो समय कैलाली कञ्चनपुरमा युवाहरू लागूपदार्थमा परिसकेको भन्दै यस विषयमा ध्यान दिन आवश्यक रहेको बताए। सोमबार बिहानदेखि सुरु भएको उक्त तनाव व्यवस्थापन तथा जीवनशैली परिवर्तन कार्यक्रम मङ्गलवारसम्म जारी रहने छ। यहाँ चिकित्सक तथा नर्सहरू सहभागी भएका…

Read More

धनगढी: भाष्करराज राजकर्णिकार सञ्चालक रहेको एभिन्युज टेलिभिजन टाट पल्टिएको छ । आर्थिक संकटले टाट पल्टिएपछी टेलिभिजनले आफ्नो स्थापना कालदेखि रहेका व्युरो कार्यालयहरु खारेज गरेको हो । यसैसाथ, व्युरो अन्तर्गत कार्यरत सबै जिल्ला संवाददाताहरूलाई पनि बर्खास्त गरेको छ । टेलिभिजनले एक सूचना जारी गर्दै ब्यूरो कार्यालय र मातहतका कर्मचारी हटाएको जानकारी दिएको छ । सूचनामा भनेको छ-वर्तमान परिस्थितिको मूल्यांकन र स्थापना गरिएका व्युरो कार्यालयहरूको कार्यशैली, संचालन प्रक्रिया, र दैनिक कार्य अवस्थालाई हेर्दा, ती कार्यालयहरूलाई यथास्थानमा राख्नु उपयुक्त नदेखिएको छ। सम्पूर्ण व्यूरो कार्यालयहरूको कार्यक्षमता र वर्तमान परिस्थितिको समीक्षा पश्चात, व्यवस्थापनले एक महत्वपूर्ण निर्णय गर्दै, आफ्ना मातहतका सबै व्युरो कार्यालयहरू खारेज गर्ने निर्णय…

Read More

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार गोदावरी नगरपालिका क्षेत्रमा एक नाले भरुवा बन्दुकसहित विभिन्न हातहतियार बरामद गरेको छ। अस्थायी प्रहरी पोष्ट गोदावरीबाट प्रहरी सहायक निरीक्षक कर्ण बहादुर पार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले सेती सामुदायिक वनमा बेवारिसे अवस्थामा राखिएको हातहतियार फेला पारेको हो। गस्तीको क्रममा सालको रुखको प्वालभित्र लुकाई राखिएको अवस्थामा थान-१ एक नाले भरुवा बन्दुक, सिसाको गोली-१८ वटा, छर्रा-१५ वटा र एउटा सानो डिब्बा बारुदको बरामद गरिएको थियो। बरामद सामाग्रीको मुचुल्का तयार गरी नियन्त्रणमा लिइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान कार्य अगाडि बढाएको छ।

Read More

काठमाडौँ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख रहेको बताएका छन् । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो जानकारी गराएका हुन् ।  गृहमन्त्री लामिछानेले संसदमा राष्ट्रिय सभा सदस्य गोमा तिमल्सिनाले सोधेको प्रश्नको जवाफ दिने क्रममा निर्मला पन्तको हत्याबारे अनुसन्धान नतिजाउन्मुख रहेको बताए । उनले आफूले दुई दिनमा हत्यारा पत्ता लगाउने कुरा नगरेको तर प्राथमिकतामा राखेर अनुसन्धान गर्ने उल्लेख गरेको बताए । उनले अहिले पनि अनुसन्धान जारी रहेको बताए । गृहमन्त्री लामिछानेले आफूले पहिलो कार्यकालमा गरेका घोषणाहरू नभुलेको पनि बताए । 

Read More

धनगढी: भारतको बैङ्लोरमा एक महिलाको सडक दुर्घटनामा मृत्यु भएको छ। आज (सोमबार) रोजगारीको सिलसिलामा बैङ्लोरमा रहेकी बैतडीको सिगास गाउँपालिका-७ की दुर्गा साउदको दुर्घटनामा मृत्यु भएको हो। प्रेम साउदकी पत्नीसमेत रहेकी उनको सडकमा बाटो क्रस गर्ने क्रममा टिप्परले किचेर मृत्यु भएको बताइएको छ।

Read More

धनगढी : बाजुरामा कैदीबन्दी भेट्न पुगेका २ जना चरेशसहित पक्राउ परेका छन्। आइतबार साँझ कारागारमा कैदीबन्दी भेट्न पुगेका बुढीगंगा नगरपालिका–५ नुवाघरका २५ वर्षीय प्रेम थापा र २१ वर्षीय लक्ष्मण थापा चरेशसहित पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कारागारमा रहेका आफन्तलाई भेट्न आएका दुबै जनाले खाजाका लागि ल्याएको चाउचाउमा लुकाएर ल्याएको अवस्थामा करिब २ दशमलव ५ ग्राम चरेश बरामद गरिएको थियो। चाउचाउको प्याकेट प्वाल पारेर ल्याएको पाइएपछि कारागारमा खटिएका सुरक्षाकर्मीले चेकजाँच गर्दा चरेश भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलीपकुमार केसीले बताए। पक्राउ परेका दुबै जनामाथि म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय प्रहरी सह–प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई तोकिएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी अधिकारीलाई सह–प्रवक्ताको जिम्मेवारी तोकेको हो । नेपाल प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘प्रहरीको सम्पादित काम कारबाहीलाई यथार्थ र तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्न जिम्मेवारी तोकिएको छ।’ नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यामहरुमा सम्प्रेषण गर्न एसएसपी अधिकारीलाई सह–प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारसँग फायर बनेको छ। सुदूरपश्चिम सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा आफ्नो बार्गेनिङ काम नगरेको र आफ्ना योजना नपारेको भन्दै काँग्रेस फायर बनेको हो। सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीसँग प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यका चार करोड र समानुपातिक प्रदेश सभा सदस्यका दुई करोड बराबरका योजना बजेटमा समेट्ने समझदारी बनेपनि कार्यान्वयन नभएको काँग्रेसको दाबी छ। सोमबार धनगढीस्थित प्रदेश सभा परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसले सरकारले समझदारी कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि प्रकट गरेको हो। ‘सुरुमा हामीले मुख्यमन्त्रीलाई सांसदको सिफारिसमा १० करोड बराबरको योजना बजेटमा पानुपर्छ भनेर प्रस्ताव गरेका थियौँ,’ कांग्रेसका प्रमुख सचेतक बिक्रम…

Read More