Author: महेन्द्रनगर पोष्ट

विराटनगर-एक प्रहरीको ज्यान जानेगरी मोरङको लेटाङमा भएको झडपपछि प्रहरीले आज बिहानदेखि सर्च अपरेसन सुरु गरेको छ। आइतबार भएको झडपमा एक महिला प्रहरीको मृत्यु भएको थियो।झडपपछि स्थिति तनावपूर्ण बनेकाले मोरङको लेटाङ–५, खेरूवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाइएको छ। प्रहरीले आइतबारको घटनामा संलग्न रहेको आशंकामा सोमबार बिहान खेरूवाबाट ५ जनालाई नियन्त्रणमा लिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए। उक्त घटनामा मोरङ प्रहरी उपरीक्षकसहित २ दर्जन बढी घाइते भएका थिए । तीमध्ये केही सामान्य र केही गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। घाइतेहरूको मोरङका विभिन्न अस्पतालमा…

Read More

मोरङ – मोरङको लेटाङमा हाेलीकाे दिन आफैले पढाउने छात्रालाई शिक्षकले यौन दुर्व्यवहार गरेकाे भन्दै लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास मावि आइतबार दिनभर तनावग्रस्त हुँदा एक महिला प्रहरीको ज्यान गएको छ। उक्त विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्राले सोही विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलद्वारा आफुमाथि दुर्व्यवहार भएको प्रधानाध्यापक समक्ष जानकारी गराएपछि आराेपित शिक्षकसंग विद्यालय भित्र नै प्रधानाध्यापकले सोधपुछ गरिरहेका थिए।त्यही बेला आक्राेशित स्थानीयहरूकाे समुहले शिक्षकलाई कुटपिट गर्न खाेजेकाे र विद्यालयकाे चमेना गृह, शिक्षकहरुका माेटरसाइकल लगाएत भौतिक सामाग्रीमा आगजनी गर्न थाले पछि घटनाले चरम उग्ररुप लिएकाे जिल्ला प्रहरी कार्यालय माेरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताएका छन। आफ्नै…

Read More

कञ्चनपुर-कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा नाच्दै मयुर। विश्वमै ठूलो झुण्डमा बाह्रसिंगा देख्न पाइने शुक्लाफाँटामा चार सयभन्दा बढी प्रजातिका चराचुरुङ्गीसमेत रहेका छन्।रासस

Read More

काठमाडौं -एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली आज थाइल्यान्ड जाँदै छ।  अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टोली आज मध्यान्ह १२ बजे नेपाल एयरलाइन्सको विमानबाट थाइल्याण्ड जान लागेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जनाकारी दिए। थाइल्याण्ड जाने टोलीको हिजो एन्फाले बिदाइ गरेको छ। नेपाली टोलीले थाइल्याण्डमा रहँदा त्यहाँको राष्ट्रिय र शीर्ष डिभिजन क्लब चोनबुरीसँगको दुई मैत्रिपूर्ण खेल्ने छ। नेपालले चैत १० गते थाइल्याण्डको राष्ट्रिय र चैत १३ गते एक शीर्ष क्लब चोनबुरीसँग मैत्रिपूर्ण खेल्दैछ। केही अनुभवी राष्ट्रिय खेलाडीबिना तयारी गरेको नेपालले फिफा वरियतामा सुधार हुने गरी प्रदर्शन गर्ने नेपाली टोलीका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताए। इन्डोनेसिया र जोर्डन…

Read More

कैलाली- कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय आकाश विक पक्राउ परेका प्रहरीले बताएको छ। उनलाई ५२० मिलिग्राम लागुऔषध खैरो हिरोइन र २७ हजार २ सय ४० रुपैयाँसहित पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

Read More

अछाम-अछामको मेल्लेख गाउँपालिकामा हँसिया प्रहारबाट एक गर्भवती महिला घाइते भएकी छन्।मेल्लेख गाउँपालिका–३ दर्बाकी ३५ वर्षीया गर्भवती रंगिदेवी बुढालाई स्थानीय अमृतादेवी बुढाले हँसिया प्रहार गरेकी हुन्। आफ्नो बारीमा भैँसीले घाँस खाएको विषयलाई लिएर विवाद हुँदा अमृताले हँसिया प्रहार गरेको बताइएको छ। हँसिया प्रहारबाट रंगदेवीको नाक, मुख र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घाइतेको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । अमृता पक्राउ परेकी छन्।

Read More

लमजुङ-लमजुङका मर्स्याङदी गाउँपालिका-६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा भीषण डढेलो लागेको छ। शनिवार दिउँसोबाट निरन्तर डढेलो लागेको स्थानीयले बताएका छन्। हावा चलेकाले डढेलो नियन्त्रण गर्न कठिन भएको चिसापानी सामुदायिक वनका अध्यक्ष पारु कतिलाले बताइन् । उनले भनिन्, ‘शनिवार लागेको आगो झनझन बढ्दै गएको छ । आगो नियन्त्रणका लागि अग्नीरेखा कोरिए पनि आगोको मुस्लो ठुलो भएकाले निभाउन सकिएको छैन। ’  मर्स्याङदी नदी नजिकैको तातोपानी कुण्डमाथिबाट चिसापानी सामुदायिक डढेलो लागेको हो। वनमा एक्कासी डढेलो लागेपछि स्थानीय आइतबार  आगो नियन्त्रणका लागि पुगेका थिए। डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजनल वन अधिकृत पूणेश्वर सुवेदीले डढेलो नियन्त्रणबारे आइतबार बेलुका मात्र खबर आएको बताए। 

Read More

काठमाडौं-नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस आज मनाइँदैछ। राणाशासनकै बेला विराटनगर जुटमिलमा मजदुर आन्दोलनको अगुवाइ गरेर राजनीतिमा होमिएका कोइराला पाँच पटकसम्म प्रधानमन्त्री बन्नु भएको थियो। २०५३ सालमा नेपाली कांग्रेसको सभापतिमा चुनिएका कोइराला तीन कार्यकालसम्म कांग्रेसको सभापति रहेका थियो। २०६२/६३ को जनआन्दोलन मार्फत संसद् पुनःस्थापना गराउन, बृहत् शान्ति सम्झौता मार्फत् माओवादी सशस्त्र युद्धको अन्त्य गराउन र संविधान सभाको निर्वाचनमार्फत् सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्न कोइरालाले अगुवाइ गरेका थियो। २०६३ साल जेठ ४ गतेको प्रतिनिधि सभा घोषणापछि कोइरालाले अन्तरिम राष्ट्रप्रमुखको भूमिका समेत निर्वाह गर्नु भएको थियो। कोइरालालाई शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रियाका सुत्रधार मानिन्छ। उनको नेतृत्वमा २०६५…

Read More

कञ्चनपुर- नेकपा एमाले कञ्चनपुरको जिल्ला सदस्यमा युवा नेता विवेक बोगटी मनोनित भएका छन। एमाले कञ्चनपुरले युवा नेता बोगटी सहितका नेताहरुलाई जिल्ला सदस्यमा मनोनित गरेको हो। बोगटी जिल्ला युवा परिषर कञ्चनपुरका अध्यक्ष रहेका छन। नेता बोगटीले पार्टीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन।

Read More

काठमाडौँ -नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता आज चीनको बेइजिङ जाँदै छन्। आज बिहान ९ बजे पौडेलसहित एमालेका नेताहरू काशीनाथ अधिकारी, पुष्प कँडेल, मिना रखाल चीन जान लागेका छन्। एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पौडेलसहित नेताहरू चीन जान लागेका हुन्। उनीहरूले चिनियाँ विदेश विभागका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ। पौडेलसहित नेताहरू पाँच दिने भ्रमणका लागि बेइजिङ जान लागेको रिजालले बताए।

Read More