दार्चुला: जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन्। ‘घ’ श्रेणीको कारागारको २५ पुरुष र १५ महिला राख्ने क्षमता रहेकामा हाल ८५ जनालाई राखिएको जनाइएको छ। यसबाट कैदीबन्दीले पाउनुपर्ने आधारभूत सुविधा उपलब्ध गराउन समस्या देखिएको कारागार प्रशासनले जनाएको छ। जिल्ला कारागारका जेलर केशवराज अवस्थीका अनुसार विसं २०४२ मा बनेको कारागारमा ५४ कैदी तथा ३१ थुनुवा छन्। जबर्जस्ती करणीको अभियोग लागेका एक जना विदेशी पनि कारागारमा रहेका छन्। उनले भने, “थुनुवाको सङ्ख्या बढ्दा व्यवस्थापन जटिल बनेको छ। ढिलो मुद्दाको फैसलाका कारण थुनुवा बढेका छन्।” जिल्ला बाहिरबाट समेत कैदीबन्दी ठाउँसारी गरेर ल्याइएको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: नेपाल प्रहरीको स्टाफ कलेज मानिएको एडभान्स पुलिस स्टडिज (एपिएस) कोर्स सुरु भएको छ। प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानले मंगलबार प्रवेश परीक्षाका लागि १४४ जना डीएसपी र इन्सपेक्टरहरूको नाम सार्वजनिक गरेको छ। २०७० सालमा इन्सपेक्टरबाट भर्ना भएका पिजीडिपिएसको सातौं ब्याचका ६५ जना डीएसपी र ७९ जना इन्सपेक्टरहरूले यो कोर्समा सहभागी हुनेछन्। यो कोर्स नगर्नेहरू एसएसपीभन्दा माथि बढुवा नहुने भएकाले यसलाई महत्त्वपूर्ण मानिएको छ। फागुनमा प्रवेश परीक्षा, चैतदेखि पढाइ सुरुनेतृत्व विकास र प्रशासनिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ल्याइएको यो कार्यक्रमलाई लिडरशीप एण्ड स्टाफ कलेजले व्यवस्थापन गर्दै आएको छ। प्रवेश परीक्षा फागुनमा सञ्चालन गरिनेछ भने चैतदेखि औपचारिक रूपमा पढाइ सुरु हुने तयारी छ।…
धनगढी: डडेल्धुराको भागेश्वर गाउँपालिका-२ घर भई डोटीमा कार्यरत एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय विपिनगरमा कार्यत ३६ वर्षीय प्रहरी सहायक हवल्दार बहादुरसिंह पालीको मृत्यु भएको डोटी प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बुधबार बिहान ३ बजेदेख ६ बजे सम्मको कार्यालय ड्युटीमा रहेका उनी एक्कासी छाति दुखेर बेहोस भएका थिए। त्यसपछि उनलाई स्थानीय विपिनगर पोलिक्लिनक लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि बिहान ४ बजे सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएका पालीलाई चिकित्सकले मृत घोषणा गरेको डोटी प्रहरीले जनाएको छ। त्यहाँ सामान्य चेकजाँचपश्चात थप उपचारको लागि बिहान ४ बजे उनलाई सेती प्रादेशिक अस्पताल…
धनगढी: नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री, प्रदेश सभा सदस्य रमेशसिंह धामीले संसदीय दलको नेता फेरबदलको सहमति कार्यान्वयन नभएको विषय पार्टी केन्द्रीय समिति बैठकमा उठाएका छन्। काठमाडौँमा जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि भएको छलफलमा सहभागी हुँदै धामीले सुदूरपश्चिममा दलको नेता परिवर्तनसम्बन्धी विगतमा भएको सहमति र केन्द्रीय निर्देशनको अवज्ञा भएको बताए। “२०७८ असार ३ गते पार्टी अध्यक्ष, प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश अध्यक्ष र १० जना प्रदेशसभा सदस्यहरूको बैठकमा सहमति भएको थियो। तर, त्यो कार्यान्वयन भएको छैन,” धामीले भने, “पार्टीबाट दुई पटक परिपत्र भएको भए पनि सहमति र निर्देशन कार्यान्वयन…
धनगढी: डोटीको जङ्गलमा एक महिलाको शव फेला परेको छ। केआईसिंह गाउँपालिका–६ लामाडाडास्थित जङ्गलमा महिलाको शव फेला परेको हो। डोटी प्रहरीका अनुसार महिलाको परिचय भने खुलेको छैन। ती महिलाको शव मङ्गलबार जङ्गलको खोला दोभानमा दुई ढुङ्गाको बिचमा सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले बताए। उनले शव कङ्कालको रूपमा रहेको र कपडा, कपाल, चुँडी लगायतका पहिरनले महिलाको भएको पहिचान गरिएको बताए। शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
काठमाडौं: नेपाली सेनाको उपरथीमा सहायक रथी नकुल रायमाझीलाई बढुवा गर्ने निर्णय भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त एक उपरथी पदमा रायमाझीलाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उपरथी प्रदीपजंग केसी रथीमा बढुवा भएपछि रिक्त स्थानमा रायमाझीलाई बढुवा गरिएको हो। रायमाझीलाई उपरथीमा बढुवा गर्नका लागि नेपाली सेनाले गत मंसिरमै ७ दिने सूचना प्रकाशित गरेको थियो। उनीउपर कुनै उजुरी नपरेपछि बढुवाका लागि सिफारिस गर्दै रक्षा मन्त्रालयमा पठाइएको थियो। तर रक्षा मन्त्रालयले केहीदिनअघि मात्रै बढुवाको फाइल मन्त्रिपरिषदमा पेश गरेपछि आज निर्णय भएको हो। हालका सहायक रथीहरूमा उनी वरिष्ठ हुन्। यस्तै नेपाली सेनाको सहायक रथीमा दीपेन्द्र गुरुङ र सुनीलसिंह राठौर बढुवा…
धनगढी: नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश र्ईन्चार्ज लेखराज भट्टले विचार र सिद्धान्तमा पराजय भोगेकाहरुले एमाले छाडेको भनेर कुप्रचार गरिरहेको बताएका छन्। सामाजिक सञ्जालमा भट्टसहितका नेता, कार्यकर्ताले पार्टी छाडेको भनेर अनावश्यक प्रचार गरिएको भन्दै भट्टले कुप्रचार गरेर आम नागरिकलाई भ्रममा पार्न खोजिको बताउँदै त्यसमा विश्वास नगर्न आग्रह गरेका छन्। पूर्व सचिव भीम उपाध्यायले फेसबुकमा एमालेका सचिव भट्टसहितका ४६ जनाले एमाले छाडेको भन्दै स्टाटस लेखेपछि उनले कुप्रचार गर्नेहरुको विश्वासमा परेर भ्रममा नपर्न आग्रह गरेका हुन्। ‘म तीन दिनदेखि हाम्रो पार्टीको केन्द्रीय कमिटि बैठकमा सहभागी थिए तर मंगलबार सामाजिक सञ्जालमा एकाएक मेरो बारेमा पार्टी छोड्यु भनेर कुप्रचार गरेको कुुरा अबेर साझ निवासमा…
काठमाडौं: प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट हालै निष्कासित नेता भीमबहादुर रावलप्रति कडा आक्रोश व्यक्त गरेका छन्। पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको आठौँ बैठकमा नेताहरूको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले रावलको पक्षमा अनावश्यक सहानुभूति नदेखाउन चेतावनी दिए। दुई साताअघि पार्टी सचिवालयको निर्णयले रावललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको थियो भने स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई छ महिनाका लागि निलम्बन गरिएको थियो। बैठकमा केही सदस्यले असन्तुष्टि व्यक्त गरेपछि अध्यक्ष ओलीले रावलको गतिविधिप्रति कडा टिप्पणी गर्दै भने, “भीम रावलको पक्षमा धेरै आँशु बगाउनु आवश्यक छैन।” उनले रावललाई घुर्की, धम्की र स्वार्थसिद्ध गर्न…
काठमाडौं: नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हिजो र आज सिंहदरबार पुगेर नेपाल सरकारका दुई मन्त्रीहरूसँग भेटवार्ता गरेका छन्। हिजो राजदूत श्रीवास्तवले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग बिहान ११ बजेदेखि करिब ४५ मिनेटसम्म कुराकानी गरे। भेटवार्तामा भएको संवादका विषयमा सार्वजनिक जानकारी भने दिइएको छैन। यसअघि, अस्ति दिउँसो राजदूत श्रीवास्तवले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए। सो भेट पनि सिंहदरबारमा नै सम्पन्न भएको थियो। दुवै भेटवार्ताका एजेन्डाबारे औपचारिक जानकारी नआए पनि यी भेटहरूलाई गोप्य भेट भनिएको छ।
धनगढी: अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ६ स्थित प्रहरी चौकी ढुङ्गाचाल्नाको नव-निर्मित कार्यालय, आवास, तथा मेश भवनको उद्घाटन आज एक विशेष कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक गणेश चन्दले गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चन्दले नयाँ भवनले प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनुका साथै नागरिक-मैत्री सेवा प्रवाहमा सुधार ल्याउने विश्वास व्यक्त गरे। उनले कानून कार्यान्वयनमा कुनै सम्झौता नगर्न र अपराध नियन्त्रणमा स्थानीय तह तथा नागरिक समाजसँग सहकार्य गर्न निर्देशन दिए। उनले भवन निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान पुर्याउने मोति सिंह बुढा, आलोक बिल्डर्स प्रालि, ढकारी गाउँपालिका, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, र भौतिक पूर्वाधार शाखाका…