काठमाडौं: नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हिजो र आज सिंहदरबार पुगेर नेपाल सरकारका दुई मन्त्रीहरूसँग भेटवार्ता गरेका छन्।
हिजो राजदूत श्रीवास्तवले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग बिहान ११ बजेदेखि करिब ४५ मिनेटसम्म कुराकानी गरे। भेटवार्तामा भएको संवादका विषयमा सार्वजनिक जानकारी भने दिइएको छैन।
यसअघि, अस्ति दिउँसो राजदूत श्रीवास्तवले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए। सो भेट पनि सिंहदरबारमा नै सम्पन्न भएको थियो।
दुवै भेटवार्ताका एजेन्डाबारे औपचारिक जानकारी नआए पनि यी भेटहरूलाई गोप्य भेट भनिएको छ।
Facebook Comments Box