Author: महेन्द्रनगर पोष्ट

बैतडी: सरकारले पारिश्रमिक वृद्धि नगरेको भन्दै बैतडीका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी आन्दोलित भएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला समिति बैतडीले आन्दोलनका कार्यक्रम अघि सारेको हो । विद्यालय कर्मचारीहरुले शिक्षा विकास तथा समन्वय इकाइ बैतडीको कार्यालयमा धर्ना समेत दिएका छन् । नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको सेवा सुविधाबारे ग्यारेन्टी गरिने भनिए पनि बजेटमा समावेश नगरेकाले आन्दोलनका कार्यक्रम सुरु गरिएका विद्यालय कर्मचारी खेमराज जोशीले बताए । २६ गतेसम्म धर्ना कार्यक्रम गरिने र त्यसपछि पनि अन्य आन्दोलनका कार्यक्रम गरिने बताइएको छ । अहिले सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहयोगीले ८ हजार पाउँछन् भने लेखापालले १३ हजार ५ सयमा डिउटी बजाउनुपर्ने बाध्यता…

Read More

धनगढीः कञ्चनपुरमा अवैध कुखुरा बरामद गरिएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका-४ चाँदनी बजारमा भारतबाट भन्सार छली ल्याएका २४ वटा कुखुरा प्रहरीले बरामद गरेको हो । अन्दाजी ५० किलोग्रामका १५ हजार मूल्य बराबरका ब्रोइलर कुखुरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले कुखुरा बेवारिसे अवस्थामा बरामद गरेको बताइएको छ । बरामद कुखुरा सरोकारवालाको रोहवरमा नष्ट गरिएको प्रहरीले बताएको छ ।

Read More

धनगढी: कैलालीमा गेटा मेडिकल कलेजलाई शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै धर्ना दिइएको छ । आइतवार बिहान १० बजेर ४० मिनेटदेखि आधा घण्टा जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेटमा संघर्ष समितिले धर्ना दिएको हो । सरकारले गेटामा विश्वविद्यालय बनाउने निर्णय गरेको भएपनि अगामी आर्थिक वर्षको बजेटमा शहीद दशरथ्चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापना गर्ने उल्लेख गरेपछि आन्दोलित संघर्ष समितिले धर्ना दिएको हो । संघर्ष समितिले सरकारले २९ माघमा मन्त्रिपरिषद् बैठकबाट गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनी गरिएको निर्णय कार्यान्वयन गर्न माग गरेको छ । सरकारले गरेको उक्त निर्णय कार्यान्वयन नभएसम्म आन्दोलनका…

Read More

काडमाडौँ: ‘सेक्स’ अर्थात् यौन सम्पर्कलाई स्वीडेनले खेलको मान्यता दिएको छ । यससँगै स्वीडेन सेक्सलाई खेलको मान्यता दिने विश्वकै पहिलो राष्ट्र बनेको छ । स्वीडिस सेक्स फेडेरेसनले आगामी जुन ८ मा पहिलो युरोपियन सेक्स च्याम्पियन्सिप पनि आयोजना गर्ने घोषणा गरेको छ । ६ हप्तासम्म चल्ने यस प्रतियोगितामा खेलाडीले ४५ मिनेटदेखि एक घण्टासम्म दैनिक भाग लिन पाउनेछन् । दैनिक ६ घण्टा सेक्स प्रतियोगिता हुनेछ । स्वीडिस सेक्स फेडेरेसनले यस विषयमा भनेको छ,‘खेलकुद रणनीतिको एक भागको रूपमा समावेश हुने सेक्स गेम युरोपेली देशहरू बीच राम्रोसँग विकसित हुनेछ ।’ फेडेरेसनका प्रमुख ड्र्यागन ब्य्राचका अनुसार सेक्स खेलमा सहभागी हुन खन्य खेलमा जस्तै शारीरिक अभ्यास चाहिन्छ…

Read More

ताप्लेजुङ: ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला परेका छन् । सुरक्षा गस्तीका क्रममा सिदिङ्वा गाउँपालिकाबाट फर्किने क्रममा रहेका उदयपुरको त्रियुगा नगरपालिका–७ का ४१ वर्षीय वरिष्ठ प्रहरी हबल्दार दीपक शाह शङ्कर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सिदिङ्वाको मेहेलेबाट फर्किने क्रममा प्रहरी कर्मचारीलाई म बिस्तारै आउँछु भनेको तर निकै बेर नआएपछि खोजी गर्दा मृत अवस्थामा भेटिनुभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए । प्रहरीका अनुसार अनुसार मृतक शङ्कर छारे रोगबाट पीडित थिए। मृतकको शव परीक्षण गरी आफन्तलाई बुझाउने तयारी भएको…

Read More

दार्चुला: दार्चुला सदरमुकाम खलंगास्थित बसपार्क नजिक बेहोस भेटिएका एक पुरूषको मृत्यु भएको छ । अन्दाजी ३५ वर्षका ती पुरूष आज बिहान करिब ३ बजेको समयमा फेला परेका थिए । प्रहरीले उनको उद्धार गरी जिल्ला अस्पताल दार्चुलामा पुगाएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनको अझैसम्म परिचय खुल्न सकेको छैन । अनुहार र टाउकोमा गम्भीर चोट लागेका उनलाई कसैले कुटपिट गरेर फालेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: आज सुनको मूल्य १ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज १ लाख ११ हजार ६ रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आइरहेकाले नेपाली बजारमा पनि थपघट भइरहेको महासङ्घले जनाएको छ । अस्ति तोलाको १ लाख १३ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ अघिल्लो दिन बिहीवार १ लाख १२ हजार ५ सय रुपैयाँ थियो । बुधवार तोलामा १ लाख १२ हजार रुपैयाँ पुगेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

बैतडी: बैतडीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भ गरेका छन् । यसका लागि यहाँका स्थानीय तहले सुझाव सङ्कलनलाई तीव्र बनाइरहेका छन् । आगामी आवको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि विज्ञ, राजनीतिक दल, सङ्घसंस्था, बुद्धिजीवी, सञ्चारकर्मी, समाजसेवी, पेसाकर्मी कर्मचारी र आम नागरिकबाट राय सुझाव माग गरिएको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताए । आगामी असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको र यसैको तयारीस्वरुप सुझाव सल्लाह सङ्कलन गरिन लागिएको हो । सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव…

Read More

कैलाली: कैलालीको भजनी नगरपालिका–१ का रामकुमार महतो कृषिमा आबद्ध छन् । कृषिबाटै जनजीविका चलाउँदै आएका उनको वर्षौंदेखिको दुःख यतिबेला हराएको छ । गाउँको भलमन्सा समेत रहेका किसान महतोलाई आफ्नोभन्दा बढी चिन्ता र चासो गाउँलेको हुन्थ्यो । सामुदायिक छाडा चौपायाका कारण लगाएको अन्न बाली बर्सेनि नष्ट हुनथालेपछि कुनै बेला उनी खेती गर्न छोड्ने मनस्थितिमा पुगेका थिए । नगरपालिकाले सामुदायिक छाडा चौपाया व्यवस्थापनमा सफल भएपछि महतो जस्ता कैयौँ किसानलाई राहत भएको छ । “केही वर्षदेखि सामुदायिक चौपायाका कारण रातदिन खेतमै बास बस्नुपर्ने बाध्यता थियो । यसवर्ष आनन्दले गहुँ खेती भित्र्याउन पाइयो”, उनी भन्छन्, “अरु काम कस्ता भए त्यो थाहा छैन । नगरपालिकाले…

Read More

धनगढी: हिजो राति कैलालीको धनगढीमा ‘ग्याङ्ग फाइट’  भएको थियो।  धनगढीको हसनपुर क्षेत्रस्थित बाल्मिकी इन्टरनेश्नल स्कुल अगाडि लफडा भएको हो। लफडा गर्ने एक युवक फरार भएका थिए। तर, एकजना भने पक्राउ परेका थिए। पक्राउ पर्नेमा धनगढी-५ का २३ वर्षीय कासीराम रावत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनी खुकुरीसहित समातिएका थिए। स्रोतका अनुसार अरु ३/४ जना युवकलाई पनि नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीले लफडा गर्नेहरुलाई समातेको हो। यस्तै फरार रहेका युवाको खोजी सुरु गरिएको प्रहरीले बताएको छ। ग्याङ्ग फाइटको कारण र विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Read More