Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सरकारले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ। संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय र हर्षाेल्लासका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। मूल समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न उपसमिति बनाइएका छन्। समितिले आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा दीपावलीलगायत कार्यक्रम गर्ने तथा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरेको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखरित गरिएको यो गीतमा चर्चित संगीतकार दीपक शर्माले संगीत भरेका छन्। गीतमा चारजना चर्चित गायक गायिकाको स्वर रहेको छ। गायक राजेशपायल राई सहित मेलिना राई बेनिसा पौडेल र समीर खरेलको स्वर रहेको छ। गीतको भिडियोमा चारजना कलाकारहरुले प्रहरीको भूमिकामा अभिनय गरेका छन्।रमेश उप्रेती, रमेश उप्रेती प्रियंका कार्की, प्रकाश सपुत र बेनिसा हमाललाई भिडियोमा प्रहरीको भूमिकामा देख्न सकिन्छ। त्यस्तै, गीतको भिडियो निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक गम्भीर बिष्टले गरेका छन्। गीतको स्टोरी र भिडियो कन्सेप्ट भने सरोज ओलीको रहेको छ। श्यामश्वेत रसाइलीको एरेन्ज…

Read More

धनगढी: डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ। माइती जाने क्रममा आदर्श गाउँपालिकामा  पहिरोमा परेर एक जना महिलाको मृत्यु भएको छ। साथै एक बालिका घाइते भएकी छन्। आदर्श गाउँपालिका–३ उन्ने ओडार भन्ने ठाउँमा माथिबाट आएको पहिरोमा परि सोही वडाको आगरकी ६१ वर्षीया कौमती देवी ऐरको मृत्यु भएको वडा अध्यक्ष दीपेन्द्र प्रसाद पाठकले जानकारी दिए। वडा अध्यक्ष पाठकका अनुसार कौमती सँगै रहेकी मृतककी करिब १२ वर्षीया नातिनी भुवनेश्वरी ऐर घाइते भएकी छन्। कौमतीको आफ्नी नातिनी सहित आदर्श गाउँपालिका–६ सवखोला जानेक्रममा शनिवार बिहान ११ बजेतिर बाटो माथिबाट आएको पहिरोमा परि मृत्यु भएको हो।

Read More

सुरेश जोशी, बनबासा: भारतबाट नेपालमा हतियारसहित ड्रग्स तस्करी हुने कुरा जगजाहेर नै छ। बेलाबेला सीमा नाकामा घट्ने घटना र हतियारसहित व्यक्ति नै पक्राउ पर्नुले तस्करीको विषयलाई थप पुष्टि गर्दछ। यसैक्रममा हिजो (शुक्रबार साँझ) मात्रै नेपालको कञ्चनपुरस्थित सीमानाका जोडिएको बनबासा क्षेत्रमा कारतूससहित २ जना पक्राउ परेका छन्। भारतीय प्रहरीका अनुसार पक्राउ पर्नेमा रानीखेतका विधायक प्रमोद नैनवालका भाई सतीश नैनवाल र उनका ड्राइभर अल्मोडा निवासी दिनेश चन्द्र रहेका छन्। उनीहरूलाई एसएसबीले नेपाल–भारत सीमामा ४० थान कारतूससहित समातेको जनाएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्र बनबासामा आउने क्रममा नैनवाल र उनका चालकलाई एसएसबीले अवैध कारतूससहित पक्राउ गरेपछि बनबासा प्रहरीलाई जिम्मा लगाएको छ। प्रहरीका अनुसार एसएसबीले…

Read More

धनगढी: धनगढीमा तालमा डुबेर एक जनाकाे मृत्यु भएकाे छ। शनिबार दिउँसो धनगढी उपमहानगरपलिका- ३ विशालनगरमा रहेकाे नेतुवा तालमा परिचय नखुलेका अन्दाजी ३० वर्षीय  पुरुषकाे डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहाेराले परिचय र ठेगाना नखुलेको पुरूषकाे तालम डुबेर मृत्यु भएको बताए। तालमा डुबेका उनकाे शव निकालिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

Read More

काठमाडौं: नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले डडेल्धुरामा विद्यालय उद्घाटन गरेका छन्। उनले बुधबार पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको आलिताल गाउँपालिका ८, डोलास्थित दुर्गा माविको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेका थिए। उनी बुधबार बिहान काठमाडौंबाट धनगढी गएर धनगढीको होटल रुबसमा खाना खाएर डडेल्धुरा लागेका थिए। राजदूतको स्वागतका लागि राष्ट्रिय सभा सदस्य जगतसिंह पार्की र आलिताल गाउँपालिका अध्यक्ष धनगढी विमानस्थल पुगेका थिए।  त्यसपछि बिहीबार नवदुर्गा गाउँपालिका पालिका ३,चेल्पीस्थित नवदुर्गा माविको भवन उद्घाटन गरेपछि राजदूत दार्चुला गएका थिए। त्यसपछि उनले दार्चुलाको भारतीय सीमानामा रहेको महाकाली नदीमा निर्माणाधीन पक्की पुलको अनुगमन गर्दै पुलमाथि राखिएको बैठकमा भारतीय ठेकेदार कम्पनीलाई तोकिएको समयमा काम सम्पन्न…

Read More

धनगढी: कैलालीमा चार जना युवकबीच कुटाकुट हुँदा तीन जना घाइते भएका छन्। गएराति साढे ११ बजेकोे समयमा जिल्ला घोडाघोडी नगरपालीका–४ को रामपुरमा कुटाकुट भएको हो। सोही ठाउँ बस्ने २२ वर्षीय गजेन्द्र साउदसहितका चार जनाबीच कुटाकुट भएको बताइएको छ। कुटाकुटबाट साउँद, सोही ठाउँ बस्ने २४ वर्षीय मोहन रावल र गैडाखेडा बस्ने २३ वर्षीय कुबेर शाही घाइते भएका छन्। उनीहरुमध्ये रावलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। तीनै जनाको सुखडमा रहेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। कुटपिटमा संलग्न सोही ठाउँ बस्ने अमिर ठगुन्ना भने भागेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: बझाङमा चरेससहित एक जनालाई पक्राउ गरिएको छ। बुङगल नगरपालिका–२ रैसेल्ली बस्ने ४१ वर्षीय उज्जल जाग्रीलाई शुक्रवार चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। जाग्रीलाई गिरौबाट बुङगल नगरपालिका–४ बिजगडा बजारतर्फ जाँदै गरेको अवस्थामा ९ किलो ४ सय ३९ ग्राम चरेससहित पक्राउ गरिएको जिप्रका बझाङले जनाएको छ। प्रहरी निरिक्षक किशोर जोशीको कमाण्डमा ५ जनाको प्रहरी टोलीले चेकजाँच गर्दा चरेससहित जाग्री समातिएका हुन्। उनलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः धनगढीमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ। धनगढी उपमहानगरपालिका–३ लक्ष्मी नर्सरी नजिक चालक धनगढी–३ बस्ने २३ वर्षीय उमेश चन्दले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८ प ८८०५ नम्बरको मोटरसाईकल र चालक अछामको साफेबगर नगरपालिका–१४ बस्ने १९ वर्षीय कैलाश साउँदले चलाएको से.७ प. ५७४१ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा शुक्रवार दुर्घटना भएको हो। दुर्घटना हुँदा चार जना घाईते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा सुदूरपश्चिम प्रदेश ०१००८ प ८८०५ नम्बरको मोटरसाईकल चालक चन्द रहेका छन्। चन्दको टाउको, अनुहार र पिठ्युमा चोट लागेको छ। यस्तै से.७ प. ५७४१ नम्बरको मोटरसाईकल चालक साउदको हात, खुट्टा र अनुहारमा चोट लागेको छ। साउदले चलाएको मोटरसाईकलमा…

Read More

धनगढी: अछाममा भरुवा बन्दुकसहित दुईजना पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ ओखरगैरा बस्ने ६८ वर्षीय नन्दराम साउँद र ६७ वर्षीय चिन कार्की रहेका छन्। इलाका प्रहरी कार्यालय कालेकाँडा, अछामबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो ३ः४५ बजे प्राप्त गोप्य सूचनाको आधारमा उनीहरूको घर र खेतमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा नन्दराम साउँदले आफ्नो घर नजिकैको बारीमा लुकाएर राखेको एक नाले भरुवा बन्दुक, सिसाका १३ वटा गोली र बारुद फेला परेको प्रहरीले जनाएको छ। यस्तै, चिन कार्कीको घरको सुत्ने कोठामा लुकाएर राखेको अर्को एक नाले भरुवा बन्दुक, सिसाका ९ वटा गोली र बारुद पनि प्रहरीले बरामद गरेको छ। सो…

Read More