Author: महेन्द्रनगर पोष्ट

काठमाडौं-साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिने औपचारिक भ्रमणमा आज साँझ यहाँ आइपुगेका छन्। निजी विमान चढेर श्रीलङ्काबाट आउनुभएका उहाँलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र यहाँस्थित साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले स्वागत गरेका थियो। भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। भोलि परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग भेटवार्ता गर्नुहुनेछ। भेटवार्तापछि दुवै देशका परराष्टमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा…

Read More

दुबई-युद्धग्रस्त यमनमा खाद्यान्न अभावमा परेका नागरिकको सङ्ख्या यस वर्ष पाँच गुणा बढेको संयुक्त राष्ट्र संघीय निकायहरूले सोमबार चेतावनी दिएका छन्। राष्ट्रसंघीय निकायहरू खाद्य तथा कृषि संगठन (एफएओ), संयुक्त राष्टसंघीय बाल कोष (युनिसेफ) र विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले संयुक्त विज्ञप्ति जारी गरी यमनमा यस बर्ष चरम खाद्यान्न अभावमा रहेका व्यक्तिहरूको सङ्ख्या एक लाख ६१ हजारभन्दा बढी हुने प्रक्षेपण गरिएको छ। खाद्यान्न सङ्कटको तीव्र वृद्धिलाई ‘अत्यन्तै चिन्ताजनक’ भन्दै यमनका लागि सहायता जुटाउन संयुक्त राष्ट्रसंघले आयोजना गर्न लागेको उच्च स्तरीय सम्मेलनभन्दा दुई दिनअघि यो चेतावनी आएको हो। रूसको युक्रेनमा आक्रमणले विश्वव्यापी खाद्य आपूर्तिलाई खतरामा पार्छ भन्ने डर बढ्दै गएको समय द्वन्द्वग्रस्त यमनमा…

Read More

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले नुवाकोटको तादी गाँउपालिकाको प्रशासकीय भवन उद्घाटन गरेका छन्। प्रधानमन्त्री देउवालाई सोही अवसरमा तामाङ संस्कृतिको पेटा लगाइदिएका छन्।

Read More

कर्णाली-सुर्खेतस्थित भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालन गरिएको छ। नम्बर ३२ रक्तकाली गण सुर्खेतबाट १४ जनाको विपद् उद्धार टोली र बाँकेको शम्शेरगञ्जस्थित रिर्जभ गणबाट चार जनाको गोताखोर टोली परिचालन गरिएको हो। सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित रामघाट दशरथपुर जोड्ने झोलुङ्गे पुल नजिक शनिबार भेरी नदीमा नुहाउने क्रममा स्थानीय तीन बालबालिका बेपत्ता भएका थिए। बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका–११ रामघाटका १० वर्षीया गङ्गा खड्का, आठ वर्षीया कृष्णा सिञ्जाली र लेकबेंसी नगरपालिका–५ खल्टाकुराका १० वर्षीय दिनेश बुढा रहेका छन्। स्थानीय रोजिता थापा र लक्ष्मी पच्भैयाले नदीमा बालबालिका बगिरहेको देखेपछि आफन्तलाई खबर गरेका थिए। सशस्त्र प्रहरी बल नम्बर ३२…

Read More

काठमाडौं- यातायात व्यवस्था विभागले भोलि (चैत १ गते) देखि लाइसेन्सनका लागि अनलाइन आवेदन लिने कार्य फेरि स्थगन गर्ने भएको छ। सोमबार एक सूचना जारी गरी सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली अनिश्चतकालको लागि स्थगन गर्न लागेको विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए। ‘अहिलेसम्म परेका अनलाइन आवेदनहरुलाई सकाउनको लागि स्थगन गर्न लागिएको हो,’ उनले भने, ‘लगभग एक महिना जति अनलाइन आवदेन बन्द हुन्छ ।’ अहिले ३/४ लाख जनाले अनलाइन आवेदन दिएर मिति पर्खिरहेको उनले जानकारी दिए। ती सबै आवेदकहरुको काम सकिएपछि मात्र अनलाइन आवेदन पुनः लिन थालिने उनले बताए। अब एक सातामै पालो आउने गरी नयाँ आवेदन प्रणाली खुलाउने योजना…

Read More

काठमाडौं- गायक प्रकाश सपुतले आफ्नो नयाँ ‘गीत ‘पिर’का सन्दर्भमा भएका टीकाटिप्पणीबारे आफ्नो धारणा राखेका छन्। उनले आफ्नो मनसाय कसैको आस्था र भावनामाथि चोट पुर्याउने नभएको स्पष्ट पारेका छन्। उनले ‘पिर’बाट आफूले युद्धकै जग तथा बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको बताउँदै समानताको लागि एकसाथ लडेका कमरेडहरु बिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजिएको पनि उल्लेख गरेका छन्। प्रकाश सपुतको वक्तव्यको पूर्णपाठ : नमस्कार ! ‘पिर’ प्रतिको शुभेच्छाका लागि तपाईंहरु सबैलाई धेरै-धेरै धन्यवाद ! सबैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ। सधैँ कसैको मन नबिझाई सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ। त्यसैले मेरो…

Read More

काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले वैदेशिक रोजगारीमा जानुपर्ने समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएकी छिन् । मानव बेचबिखन नियन्त्रणका लागि बेचबिखन प्रभावितको पाँचौँ राष्ट्रिय भेलापछि जारी गरिएकोे ‘काठमाडौँ घोषणापत्र’ ग्रहण गर्दै राष्ट्रपति भण्डारीले वैदेशिक रोजगारीमा जानुपर्ने समस्या आउन नदिनका लागि राज्यले स्वदेशमै रोजगारीको सृजना गर्नुपर्नेमा जोड दिइन्। ‘शक्ति समूह र एट्विन’ नामक संस्थाले आज प्रस्तुत गरेको घोषणापत्र ग्रहण गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘महिला वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताबारे गहिरो गरी अध्ययन गरेर कारण पत्ता लगाई राज्यले वैदेशिक रोजगारीमा जानुपर्ने समस्या सदाका लागि समाधान गर्नुपर्छ ।’ उनले आर्थिक, सामाजिक, बेरोजगारी, शैक्षिक वा चेतनाको कमीले पनि महिला वैदैशिक रोजगारीमा जान बाध्य हुनसक्ने भन्दै त्यसबारेमा…

Read More

काठमाडौं – सुन व्यवसायीको आँखामा खुर्सानीको धुलो छर्केर लुटेराको एक समूहले रु १२ लाख र ४२ तोला सुन लुटेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार यही फागुन २५ गते राति २०ः२३ बजेको समयमा काठमाडौं महानगरपालिका–७ चुच्चेपाटीमा व्यवसायीको आँखामा खुर्सानी हालेर कुटपिट गरी लुटपाट गरिएको हो। चाबहिलस्थित ओमशाही टञ्च सेन्टर सुन पसल बन्द गरी कोठा फर्कने क्रममा भारत महाराष्ट्र घर भई चुच्चेपाटी बस्ने ३४ वर्षीय अमोल भोस्लेमाथि यसरी लुटपाट भएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। प्रहरीको अनुसन्धानमा उनीहरूले तीन दिनदेखि उक्त घटनास्थल नजिकै रहेको एक क्याफेमा बसेर सुन व्यवसायीको गतिविधि निगरानी गरी योजनासमेत बनाएर लुटेका छन् । यसरी लुटपाटमा…

Read More

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २१ वटा सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा विभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ५ वटा स्कुटर सम्बन्धित धनीहरुलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले हस्तान्तरण गरेका हुन्। करिब एक महिनाको अवधिमा खोज तथा अनुसन्धानका क्रममा बरामद भएका २१ वटा मोटरसाइकल सोमबार सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गर्दै महाशाखा प्रमुख एसएसपी जोशीले विभिन्न कारण सवारी हराउने र चोरी हुने गरेको बताए। ‘सवारी साधनमा डिस्क लक, ह्विल लक, सेक्युरिटी साइरन प्रयोग गर्नुपर्छ’ उनले भने ‘प्रविधि जडान गरेको छ भने चोरलाई चोरी गर्न समय लाग्छ र पक्राउ पर्ने…

Read More

काठमाडौं-संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तिलप्रसाद श्रेष्ठविरुद्ध मङ्गलबारदेखि लागू हुनेगरी १० दिनभित्र उजुरी दिन आह्वान गरेको छ। सिंहदरबारस्थित आज बसेको समितिको बैठकले सो उजुरी दिन आह्वान गरेको हो। समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठकमा सुनुवाइको काम प्रारम्भ हुने जानकारी दिए। न्यायपरिषद्ले यही फागुन २६ गते विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।रासस

Read More