Author: महेन्द्रनगर पोष्ट

दार्चुला-स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसंगै दार्चुला जिल्ला सहित देशभरको राजनीतिक सरगर्मी बढेको छ। यसैविच निर्वाचन अवधिभर लाइसेन्स प्राप्त हतियारहरू पनि व्यक्तिबाट फिर्ता लिई प्रहरी कार्यालयमा राख्न जिल्ला प्रहरी कार्यालय दार्चुलाले मातहतका प्रहरी इकाइहरूलाई निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट इजाजत लिई व्यक्तिगत प्रयोजनका लागि राखिएका लाइसेन्स प्राप्त हतियार निर्वाचन अवधिभर नजिकको प्रहरी कार्यालयमा सुरक्षित राख्न निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न तथा जनताहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउनका लागि उक्त कुरा निर्देशन गरिएको उहाँले बताए।विहिबार जिल्लामा रहेको…

Read More

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा जारी मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गतका सेमीफाइनल समीकरण पूरा भएको छन्। दशरथचन्द नगरपालिका ५ ले आज वडा नं ७ र ११ को टीमलाई हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो। दशरथ नगरपालिका ४, ५, ६ र वडा १० सेमीफाइनलमा प्रवेश गरेका प्रशिक्षक दिपेन्द्र बोहराले बताए। आज भएको पहिलो खेलमा दशरथ चन्द नगपालिका ५ ले वडा नम्बर ७ लाई १२९ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको दनपा ५ ले १८.३ ओभरमा १९१ रन बनायो। १९२ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा ७ को टोली ७.५ ओभर खेल्दै ६२ रनमा अलआउट भयो। सो खेलमा दनपा ५…

Read More

काठमाडौं-पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई समाप्त पार्न देशी तथा विदेशी शक्तिहरुले षडयन्त्र गर्दै आएको बताएका छन्। सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एउटा ठूलो षडयन्त्र अन्तर्गत संसद विघटन भएको खुलासा गरे। अध्यक्षले प्रचण्डले भने, ‘विदेशी शक्ति जोडिए, न्यायालय पनि जोडियो। प्रतिक्रियावादी जोडिए। एउटा ठूलो सेटिंग थियो। यसको उद्देश्य माओवादी नेतृत्वलाई नेस्तानाभूत गर्ने एउटा डिजाईन गर्नका लागि गरिएको षडयन्त्र थियो।’ अध्यक्ष प्रचण्डले गरेको सम्बोधनको केही अंश– “यो षडयन्त्रविरुद्ध हामी सडकमा उत्रियौं र जनतालाई संघर्षमा उत्रिन अपील गर्यौं । तर यसपटक सबैभन्दा पहिला नेताहरु नै सडकमा उत्रियौं । जनतालाई अघि सार्ने हैन कि नेतृत्वले…

Read More

बाजुरा -एकल महिलालाई बलात्कार गरी फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यलय बाजुराले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जगन्नाथ गाउँपालिका-५ तल्लो काप्री बस्ने ३२ वर्षीय नेत्र भन्ने नवराज शाही रहेका छन् । शाहीले २०७४ साल पुस १३ गते राति गाउँकै एक पिडित एकल महिलालाई कोही नभएको मौका छोपी बलात्कार गरेर फरार भएका थिए । शाहीलाई प्रहरीले खोजतलास गर्दा सोही गाउँपालिकाकै ईलाकामा लुकिछिपी बसेको अवस्थामा फेला पारी आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डीएसपी चर्तुभुज ओझाले बताए । शाहीलाई जिल्ला अदालत बाजुराले मिति २०७६ भदौ ३ गते २ बर्ष ६ महिना कैद ठहर गरेको थियो भने उच्च अदालत…

Read More

काठमाडौं-सशस्त्र प्रहरी जवानको लिखित परीक्षाको नतिजा प्रकाशन गरिने मिति तोकियो छ। सशस्त्र प्रहरी बल नेपाल, भर्ना तथा छनौट शाखाले सोमबार एक सूचना जारी गरेर उक्त जानकारी दिएको हो। नतिजा आगामी चैत १० गते प्रकाशन गरिने जनाइएको छ ।

Read More

उदयपुर -जिल्ला प्रहरी कार्यालय उदयपुरको नव निर्मित भवनहरुको प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको छ । आज आयोजित एक कार्यक्रमबीच त्रियुगा नगरपालिका-१० बोक्से स्थितमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको नवनिर्मित कार्यालय, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुखको निवास, सिनियर प्रहरी अधिकृत आवास, प्रहरी भान्सा घर तथा नागरिक सहायता कक्षको प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उद्घाटन गरेका हुन् ।नवनिर्मित भवनहरुको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नयाँ भवनको निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने सम्पूर्णमा धन्यवाद दिनुका साथै नयाँ भवनबाट पाउने प्रहरी सेवाको आशा जनतामा पनि बढ्ने भएकोले प्रहरीले प्रदान गर्ने सेवाको गुणस्तरीयतालाई अझ…

Read More

डोटी-नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले सुदूरपश्चिममा गठबन्धन नभएको र अबका दिनमा पनि नहुने दाबी गरेका छन्। आइतबार नेपाली काँग्रेस डोटीले ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान अन्तरगत जोरायलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता बलायरले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन सरकार रहेको सुदूरपश्चिम प्रदेशमा नेपाली काङ्ग्रेससँग गठबन्धनमा नरहेको स्पष्ट पारे। माओवादी र समाजवादीले एका तर्फ गठबन्धन भन्ने अर्का तिर काँग्रेसलाई पेल्ने गरेकाले पनि गठबन्धन नहुने उनले बताए। ‘एकातिर गठबन्धन भन्ने अर्कातर्फ हामीलाई पेल्ने,यो कस्तो गठबन्धन हो,’ उनले भने, ‘त्यसैले अब सुदूरपश्चिममा गठबनधन छैन्। कांग्रेसका हातले रुख चिह्न बाहेक अन्त भोट जाँदै जान्न, यो मेरो ऐलान हो।’

Read More

कैलाली-कैलालीको मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पुजादेवी बुढामगर माओवादी प्रवेश गरेकी छिन्। एमालेबाट निर्वाचित भएकी उनी पार्टी विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तर्फ लागेकी थिइन्। तर, उनले समाजवादी छोडेर आजैदेखि आफू माओवादी प्रवेश गरेको बताएकी छन्। सोमबार उनलाई धनगढीमा जारी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् मोहन्याल गाउँपालिकाका अध्यक्षको निधन भएपछि उनले नै पालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छिन्।

Read More

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिको जवाफ दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीलाई लिएर अनावश्यक विरोध गरेको भन्दै सोमबार नुवाकोट पुगेर दिमाग खुस्किएको बताएपछि रावलले जवाफ फर्काएका हुन्। देउवाले दिएको उक्त अभिव्यक्तिको जवाफ दिँदै रावलले भनेका छन्, ‘तथ्यको जानकारीसम्म नराखि झुठा बोल्ने प्रमको या त आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहितविरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ।’ रावलले आफू ओली पहिलोपटक प्रधानमन्त्री भएको बेला उपप्रधानसहित रक्षामन्त्री रहेको बताउँदै एमसिसी सम्झौता संसदमा ल्याएको बेला नभएको स्पष्ट पारेका छन्। उक्त तथ्य जानकारी नराखी आरोप लगाएको भन्दै ‘दिमाग खुस्केर होस हराएको’ टिप्पणी गरेका…

Read More

काठमाडौँ-निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि स्वस्तिक छाप एक महिनाभित्र बाह्य देशबाट नेपाल आइपुग्ने जनाएको छ।आयोगले नियमित पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘कतिपय सामाग्रीहरू नेपालमा उत्पादनमा हुँदैन। २२ हजार मतदान केन्द्रमा तीनदेखि ४ वटा स्वस्तिक छाप पठाउनुपर्छ। स्वस्तिक छाप अघिपछि प्रयोग हुँदैन। त्यस्तो खालको चिज बाहिर देशबाट ल्याउनुपर्छ।’

Read More