Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ- सुशील कोइराला मेमोरियल फाउन्डेसन र अन्वेषण न्युज डट कमको सहकार्यमा निर्माण गरिएको प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीका घटनामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र आज प्रदर्शन हुने भएको छ।वृत्तचित्रमा विसं २०३१ देखि २०३६ सम्मका घटना समेटिएको छ । करिब छ वर्ष लगाएर वृत्तचित्र तयार गरिएको अन्वेषण न्युज डट कमका प्रधानसम्पादक जगत नेपालले जानकारी दिए।वृत्तचित्रमा बिपी, गणेशमानलगायत नेतामाथिको राजद्रोहको मुद्दाको फैसला गर्ने न्यायाधीश जनकमान श्रेष्ठ, पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, बिपीको चिकित्सकका रुपमा काम गरेका डा मृगेन्द्रराज पाण्डे, पूर्वअञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतको स्वर सङ्कलन गरिएकाले जीवन्त छ। विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्कँदा…

Read More

गलेश्वर-पश्चिम म्याग्दीका पाँच गाउँमा खानेपानीको समस्या समाधान भएपछि अहिले दैनिकी फेरिएको छ।मालिका गाउँपालिकाको विम, देवीस्थान, रुम, मङ्गला गाउँपालिकाको बरङ्जा र अर्मनमा स्थानीय सरकारले खानेपानी आयोजना सञ्चालन गरेपछि यहाँको दैनिक सहज भएको हो। गाउँगाउँमा पानी पुगेपछि अहिले सबेरै खानेपानीकै निम्ति भौतारिनुपर्ने बाध्यताबाट मुक्त भएको वरंजाका इन्द्रबहादुर रोकाले जानकारी दिए।उनले भने, “केही वर्षअघिसम्म हामी खानेपानीको जोहो गर्दैमा दिन बित्थे। भालेको डाकसँगै खानेपानी लिन धारा पधेँरीमा पुग्नुपथ्र्यो तर, अहिले खानेपानीको समस्या टरेको छ। घरमै पानी आउँछ खानेपानीबाट बचेको पानीले करेसाबारीमा तरकारीलाई सिँचाइ गर्दै आएका छौँ ।” बस्तीबस्तीमा खानोपानी पुगेसँगै यहाँका स्थानीयवासीको घरको करेसाबारी हरियाली देखिन थालेको छ। आयोजना सञ्चालनपछि खानेपानीको समस्या टर्नुका साथै…

Read More

काठमाडौं-कोरियन भाषा परीक्षा (ईपिएस) को लागि आगामी चैत १४ देखि २१ गतेसम्म आवेदन दर्ता हुने भएको छ। ईपिएस कोरिया शाखाका अनुसार कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्न लागेको हो। कृषि तथा पशुपालन र उत्पादनमा छुट्टाछुट्टै परीक्षा हुने तालिका सार्वजनिक भएको छ। जसअनुसार २०७९ वैशाख २६ देखि जेठ १३ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रको पहिलो चरणको भाषा परीक्षा हुने भएको छ। यस्तै जेठ २४ देखि असार १६ सम्म दोस्रो चरणको भाषा परीक्षा हुनेछ।यसैगरी उत्पादन क्षेत्रको पहिलो चरणमा असार २० देखि भदौ १० सम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० सम्म भाषा परीक्षा हुने ईपिएस…

Read More

बाजुरा-बाजुराको बडिमालिकास्थित बुढीगंगा नदीमा पुल निर्माणमा ढिलाइ भएको छ। ठेकेदारको लापरवाहीका कारण पुल निर्माण कार्यमा ढिलाइ भएको हो। ५० मिटर लामो पुल निर्माणका लागि २०७३ असार ३० मा ठेक्का भएको थियो। ठेक्का पाएको काष्ठमाण्डौं मसिना जेभीले तदारुकताका साथ काम नगर्दा अहिलेसम्म पुल निर्माण कार्य पूरा भएको छैन। चार करोड ४७ लाख लागतमा निर्माण हुने सो पुलको ठेक्का अवधि २०७५ असार ३० सम्म रहेको थियो । तर, अझै पुल अधुरै रहेको छ। ठेकेदारको लापरवाहीले गर्दा छ वर्षसम्म पनि पुल निर्माण कार्य पूरा हुन नसकेको भन्दै स्थानीयले आक्रोस पोखेका छन्। त्यस्तै, बडिमालिकाकाकै बाउली खोलामा निर्माणाधीन २५ मिटर पक्की पुल निर्माणको कार्य पनि…

Read More

काठमाडौं-साउदी अरबका विदेशमन्त्री फैजल बिन फरहान बिन साउद सोमबार नेपाल आउँदैछन्। १२ वर्षअघि नोभेम्बर २०१० मा साउदीका राजकुमार अलवालिद बिन तलाल नेपालको अनौपचारिक भ्रमणमा आएका थिए। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले तलाललाई महाउज्जवल राष्ट्रदीपबाट विभूषित पनि गरेको थियो। महाउज्जवल राष्ट्रदीप नेपालले विदेशी नागरिकलाई दिने गरेको उच्च विभूषण हो। उनी निजी भ्रमणमा आए पनि उक्त विभूषण दिइएको भन्दै त्यसबेला सरकारको आलोचना पनि भएको थियो। तलालपछि साउदी अरबमा भ्रष्टाचार प्रकरणमा जेल पनि परे। यद्यपि सन् २०१८ जनवरीमा उनी जेलमुक्त भए। साउदी अरब र नेपालबीच एक दशकयता द्विपक्षीय भ्रमण निकै कम भएका छन्। खाडी मुलुक साउदीका तर्फबाट दोश्रोपटक राजकुमारको तहमा भ्रमण हुन…

Read More

काठमाडौं – झापा गोल्डकपको फाइनल खेल आज हुँदै छ।  बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र झापा–११ भिड्ने छन्। झापाले सेमिफाइनलमा संकटा क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने आर्मीले सेमिफाइनलमा सातदोबाटोलाई हराएको थियो। आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले जित्ने रणनीतिका साथ मैदानमा उत्रने बताएका छन्। आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो टोलीले विगतको तुलनामा खेल सुधार गरेका कारण जित्ने दाबी गरे। उनले झापामा कलेक्टिभ खेलाडी रहेका कारण पनि जित निकाल्न सहज हुने बताए। झापा–११ का प्रशिक्षक सन्तोष गुरुङले झापामा स्टार खेलाडी भएका कारण जित निकाल्न सहज हुने बताए। उनले चार पटकसम्म झापाले उपविजेतामा चित्त बुझाएकाले…

Read More

काठमाडौं- प्रहरीले काठमाडौंको तारकेश्वरबाट १० जना जुवाडेलाई पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका- ९ मनमैजुस्थित जगत डंगोलको घरमा जुवातास खेलिरहेको अवस्थामा १० जना जुवाडेलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ। पक्राउ पर्नेमा बागलुङको खुङ्ला गाउँपालिका-८ का युवराज कँडेल लगायत १० जना छन्। प्रहरीले उनीहरूको साथबाट १ लाख ९ हजार ७४५ रुपैयाँ र तीन बुक तास समेत बरामद गरेको जनाएको छ।

Read More

हेटौंडा -मकवानपुरमा १८२ किलो गाँजासहित पाँचजना पक्राउ परेका छन्। आइतवार राक्सिराङ गाउँपालिकाको चैनपुरबाट हेटौंडातर्फ आइरहेको बा ७ च १६०६ नम्बरको पिकअप गाडीलाई मनहरी-७ पुल नजिकै रोकेर खोजतलास गर्दा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले गाँजासहित पिकअपका चालक हेटौंडा उपमहानगरपालिका-१६ बस्ने २९ वर्षीय बुद्धिमान वाइबा, २९ वर्षीय अर्जुन स्याङ्तान र ३० वर्षीय विनोद पाख्रिनलाई नियन्त्रणमा लिएको छ। उनीहरुले १०÷१० किलो गाँजा १८ वटा प्लास्टिकमा पोको पारेर पिकअपमा ल्याएका थिए। त्यस्तैगरी भीमफेदी गाउँपालिका–२ भैसे चेकपोष्टमा चेकजाँच गर्ने क्रममा कैलाश गाउँपालिका–४ का १९ वर्षिय अमृत मोक्तान र अर्को एक नाबालकलाई दुई किलो दुई सय ग्राम गाँजासहित पक्राउ गरेको छ।

Read More

काठमाडौं-सोमवार देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ र गण्डकी प्रदेश का पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको पूर्वी हिमाली भूभागको एक वा दुई स्थान हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ। त्यस्तै, राती देशको गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। महाशाखाका अनुसार देशमा अहिले पश्चिमी न्यून चापीय वायुको सामान्य प्रभाव रहेको छ।

Read More

कञ्चनपुर-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले कञ्चनपुरको निमार्ण कम्पनी भवानी कन्ट्रक्सनको कागजपत्र नियन्त्रणमा लिएको छ। महाकाली नदीको नदीजन्य पर्दाथको रोयल्टी संकलनको जिम्मेवारी पाएको भवानी कन्ट्रक्सनले राजश्व चुहावट गरेको आरोपमा अख्तियारले १ सय ठेली लगायतका कागजपत्र नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका कार्यालय प्रमुख राम बहादुर कुरूम्वाङले उजुरी परेपछि अनुसन्धानका लागि निमार्ण कम्पनीको कागजपत्र नियन्त्रणमा लिएको जानकारी दिए। कम्पनीले रोयल्टि संकलनका लागि भीमदत्त नगरपालिकासंग प्रति घनमिटर रु ७५ का दरले ठेक्का सम्झौता गरेको थियो।

Read More