काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेको छन् । सरकारको एक वर्ष अवधि पुगेकाले मन्त्रिमण्डल पुनगर्ठन गर्न लागिएको हो । सरकारका केही विवादास्पद मन्त्रीहरुलाई हटाउन लागिएको छ । साथै, उपेन्द्र यादबलाई सरकारमा सहभागी गराएर संसदबाट बिधेयकहरु पास गर्ने तयारी पनि अघि बढेको छ। त्यसैका लागि सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र उपेन्द्र यादब लगायत नेताहरुबिच छलफल भएको छ । स्रोतका अनुसार केन्द्रमा उपेन्द्र यादबलाई सहभागी गराएर मधेस प्रदेशमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनाउने विषयमा पनि छलफल भएको छ । यादबसँग सहमति भएलगत्तै मन्त्रिमण्डल पुनगर्ठनको तयारी छ । सोही कारण घुसकाण्डमा मुछिएका संघीय मामिला तथा…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: बिचौलिया समूहले नियुक्त गरेका नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन्। उनको योग्यताको गम्भीर प्रश्न उठेपछि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निलम्बन गरेर छानविन समिति गठन गरेको हो । ओझामाथि छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। समितिमा पूर्वसहसचिव जीवनप्रकाश सिटौला र भएका कपिलदेव ओली सदस्य छन्। स्रोतका अनुसार नक्कली कागजपत्र पेश गरेर प्राधिकरणमा नियुक्ति लिएको अख्तियार दुरुपयोग अनुसन्धानको छानविनमा खुलेपछि उनलाई सरकारले निलम्बन गरेको हो । अख्तियारकै सुझावअनुसार निलम्बन गरिएको छ ।राजीनामा दिन उनलाई अर्थमन्त्री विष्णु पौडेलले निर्देशन दिएका थिए। तर, ओझाले अस्वीकार गरेपछि उनी निलम्बनमा परेका हुन्। थर्मल गन समूहका…
काठमाडौंः गृहमन्त्री रमेश लेखकका कारण नेपाल प्रहरीको बढुवा अस्तव्यस्त हुन पुगेको छ। लामो समयदेखि रिक्त रहेका पदमा गृहमन्त्रीको कारण प्रक्रिया अघि बढ्न सकेको छैन। नेपाल प्रहरीमा एसएसपी, एसपी र डिएसपी पदमा लामो समयदेखि पद रिक्त छ । ७ साउनभित्र बढुवा नगरे थप तीन महिना कुर्नुपर्ने हुन्छ । एक साताभित्र सबै रिक्त पदमा बढुवा गर्नुपर्ने बाध्यता छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एसएसपीमा बढुवाका लागि सबै आफुनिकटकालाई बढुवा गर्न उनले दबाब दिएका छन्। उनका निकटस्थहरु सबै जुनियर छन्। सिनियरलाई छाडेर जुनियरलाई बढुवा गर्न प्रहरी महानिरीक्षक दिपक थापाले मानेका छैनन्। हाल एसएसपीका ११ पद रिक्त छन्। जसमा तीन वटा टोलीका ३३…
काठमाडौंः तीन पूर्वसचिवहरु एकैपटक राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका छन्। आइतबार नेपाल सरकारका पूर्वसचिव ई. देवेन्द्र कार्की, ई. सुशीलचन्द्र तिवारी र ई. मधु भेटुवाललाई रास्वपाले औपचारिक रूपमा पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकारमा मनोनयन गरेको हो। विज्ञसदस्यहरूको मनोनयनका सन्दर्भमा विभाग प्रमुख इ. श्रीराम न्यौपानेले ऊर्जा र जलस्रोत क्षेत्रको दीर्घकालीन समृद्धिको आधार तयार गर्नका लागि आवश्यक नीतिगत संरचनाको खाँचो रहेको उल्लेख गर्दै भने, ‘नेपालको समृद्धिको प्रमुख आधार ऊर्जा र जलस्रोत हो, त्यसको अधिकतम उपयोगका लागि अनुभव र विज्ञता भएका व्यक्तिहरूको ज्ञानको अधिकतम सदुपयोग गर्न जरुरी छ।’ नियुक्त भएका तीनैजना विज्ञसदस्य विगतमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक…
काठमाडौंः घुसकाण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको पद धरापमा परेका छन्। उनलाई सोमबार नै पदबाट हटाउने तयारी छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार उनको विषयमा सार्वजनिक भएको अडियो साँचो भएको प्रारम्भिक छानविनमा खुलेको छ। जसआधारमा उनलाई राजीनामा दिन लगाउने तयारी छ। गुप्ता कास्कीका मालपोत प्रमुखको सरुवाका लागि ५३ लाखको डिल गरेका थिए। उनको क्वाटरमा राखिएको पैसासहितकै प्रमाण बाहिर आएकोे छ । अडियोमा बोलिएका कुरा र घटनाक्रम मिल्दोजुल्चो भएकाले पनि यसमा मन्त्रीले घुस लिएको परिस्थितीजन्य प्रमाणले देखाएको छ। त्यसो त गुप्ता पहिलेदेखि नै विवादास्पद पृष्ठभुमी भएका नेता हुन्। पर्सामा उनी तस्करीका कारण बदनाम थिए। यो विषयमा भुमी व्यवस्था मन्त्रीमाथि…
काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस लेनदेनसम्बन्धि अडियो प्रकरणमा छानविनको माग संसदमा उठेको छ। आइतबारको संसद बैठकमा माओवादी र रास्वपाका सांसदहरुले सो प्रकरणमा छानविनको माग गरेका हुन्। माओवादी सांसद रेखा शर्मा तथा रास्वपाकी सांसद सुमना श्रेष्ठले यस विषयमा जवाफ मागेका हुन्।:मन्त्री गुप्ताले कास्की मालपोतका प्रमुखको थमौतीका लागि घुस लेनदेन कुरा गरेको अडियो सार्वजनिक भइसकेको छ। उनले त्यससम्बन्धि पैसा कतै लगेर बुझाउनुपर्ने समेत बताएका छन्। साथै, भूमी व्यवस्था मन्त्री बलराम अधिकारीले पैसा खाइसकेको भनेर समेत बोलेका छन्। मन्त्री गुप्ताले भने सो आफ्नो अडियो नभएको दाबी गरेका छन्। विषय गम्भीर भएकाले यसमा मन्त्री गुप्तालाई समस्या हुने देखिएको छ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीमा आन्तरिक विवाद चर्किएको छ। गत साता केही नेताहरुको जिम्मेवारी हेरफेरको विषयलाई लिएर पछिल्लो विवाद बढेको हो। राप्रपाले अनुशासन आयोगको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएर रोशन कार्कीलाई जिम्मेवारी दिएको थियो। त्यस्तै, सगुन लावतीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको विषयमा पनि विवाद बढेको छ। महामन्त्री धवलशमशेर राणाले अध्यक्ष राजेन्द्र लिङदेनविरुद्ध छुट्टै भेला बोलाउन थालेका छन्। शनिबार पनि काठमाडौंमा यस्तो भेला बोलाइएको थियो। पहिलेदेखि नै लिङदेन र धवलशमशेरबिच nनै संघर्ष छ। पछिल्लो समय बढ्न थालेको छ।उता अनुशासन आयोगबाट हटाइएका सुवेदीले त्यसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने बताएका छन्।
काठमाडौंः सरकारका दुई मन्त्री घुसकाण्डमा मुछिएका छन्। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमी व्यवस्था मन्त्री बलराम अधिकारी घुसकाण्डमा मुछिएका हुन्। मन्त्री गुप्ताले पोखराका मालपोत प्रमुखको थमौतीका लागि ७८ लाख घुस लेनदेनको विषयमा कुराकानी गरेको विषय बाहिरिएको छ । साथै, भूमि आयोग पोखरामा नियुक्तिका लागि पनि डिल भएको अडियो सार्वजनिक भएको छ ।अडियोमा मन्त्री गुप्ताले खुलेर घुसबारे कुरा गरेका छन्। कास्कीको एक विवादास्पद जग्गा मिलाउनका लागि ७८ लाखको डिल भएको देखिन्छ । पैसा लिएर काम नगरिदिएपछि बिचौलियाले नै अडियो सार्वजनिक गरिदिएका हुन्। साथै यस विषयमा अख्तियार दुरुपयोग अुनसन्धान आयोगमा समेत घुस लेनदेन भएको फोटोसहित उजुरी परेको छ। आयोगले…
काठमाडौः पूर्वराजा ज्ञानेन्द्र शाहका पूर्वसंवाद सचिव करिब १० घन्टा प्रहरीले नियन्त्रणमा लिएको छ । श्री ५ को सरकार तथा श्री ५ महाराजधिराज उल्लेख गरी बिज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा शेयर गरेको आधारमा उनी पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई शुक्रबार बिहान ९ बजे पक्राउ गरेकोमा साँझ ७ बजे माफी मगाएर रिहा गरेको हो । पाठकले पूर्वराजा ज्ञानेन्द्रका विभिन्न कार्यक्रमको विषयमा बिज्ञप्ति जारी गर्दै आएका थिए । त्यसमा शाहलाई श्री ५ को सरकार उल्लेख गरिन्थ्यो । संविधानप्रतिकुल हुने गरी बारम्बार त्यसो गरेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए । ‘अबदेखि त्यस्तो नगर्ने र यसअघि…
कैलालीः भारतको बेंगलुरुमा चोरी गरेर भागेका दुई जना कैलालीमा पक्राउ परेका छन्। बैंगलुरुस्थित एस. रमेश बाबुको घरमा चोरी गर्नेहरु कालीकोट नरहरिनाथ गाउँपालिका–२ का ४६ वर्षीय उदय बिष्ट र ४५ वर्षीय भैरे बिष्टलाई कैलाली प्रहरीले पक्राउ गरेको हो। उनीहरुबाट चोरीका सुनका गहना समेत बरामद भएको छ। २०२५ मे २८ मा बेंगलुरुस्थित रमेश बाबुको घरमा काम गर्दै आएका नेपाली कामदार उदय बिष्टले साथीसहित चोरी गरेका थिए। भारतीय प्रहरीको सूचनामा आधारित रही कैलाली प्रहरीले अनुसन्धान गरेर उनीहरुलाई पक्राउ गरेको हो । एसपी बालनरसिंह राणाका अनुसार अनुसन्धानका क्रममा ती दुबैले आफ्नो हिस्साको गरगहना कैलालीको लम्कीचुहा नगरपालिका–१ का ३० वर्षीय पदम सुनारलाई बिक्री गरेको पत्ता…