Author: महेन्द्रनगर पोष्ट

बैतडी  ः तीन दिनदेखि बेपत्ता रहेकी दार्चुलाकी हेमन्ती गिरी बैतडीमा मृत फेला परेकी छन्।   हेमन्तीको शव  बैतडीको दशरथचन्द नगरपालिका ६ स्थित महाकाली र चमेलिया नदीको दोभान खुटिया भन्ने स्थानमा फेला परेको हो।  दार्चुलाको लेकम गाउँपालिका ४ दमसैनाकी २२ वर्षीया गिरी मृत अवस्थामा फेला परेकी बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेले जानकारी दिए।  स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। यही असार ८ गते घरबाट हराएकी हेमन्ती आज फेला परेकी हुन्। मृत भेटिएकी महिला विवाहित रहेकी खुल्न आएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Read More

धनगढी : सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा निकालेको छ । सशस्त्रका अनुसार साउन १ गतेदेखि लागू हुने गरी १८ एसपीको सरुवा भएको जनाइएको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेडक्वाटर डोटीमा सुधिर सुवेदी आएका छन् । यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वाटर बनबेहडा कैलालीमा गोपाल अधिकारी आएका छन् । सूचीः SPDownload

Read More

कञ्चनपुरः लागूऔषध मुद्दामा फरार रहेकी कञ्चनपुरकी नेहा सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका-६ ऐठपुर बस्ने सार्कीलाई आईतवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो। कञ्चनपुर जिल्ला अदालतको मिति २०८० चैत्र १३ गतेको फैसलाले लागूऔषध (खैरो हिरोईन) मुद्दामा २० दिन कैद भुक्तानको सजाय सुनाएको थियो । सार्कीलाई अदालतमा पेश गरी सजाय भुक्तानको लागि कारागार चलान भएको प्रहरीले बताएको छ। 

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलले ठूलो संख्यामा सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) हरुको सरुवा निकालेको छ । सशस्त्रका अनुसार साउन १ गतेदेखि लागू हुने गरी २३७ जना डिएसपीको सरुवा र १४ जनाको काज सरूवा गरेको छ । सुदूरपश्चिमा डिएसपी भीमबहादुर चन्द र गणेशबहादु शाह, लाई रिजर्भ गण बनबेहडाबाट वैद्यनाथ मुख्यालयमा र भुवनराज पन्त वैद्यनाथ मुख्यालयबाट रिजर्भ गण बनबेहडा सरुवा गरिएको छ । सरूवा सूचीः DSPDownload

Read More

काठमाडौं :  चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज (सोमबार)देखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन । भ्रमणका क्रममा उहाँ यही असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ। त्यसक्रममा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम छ। उपविदेशमन्त्री सुन असार १२ गते स्वदेश फिर्ता हुने जनाइएको छ।

Read More

काठमाडौं : साविक विजेता इंग्ल्यान्डले आईसीसी टी–२० विश्वकप २०२४ मा अमेरिकालाई १० विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । सुपर-८ को ग्रुप २ बाट ३ खेलमा ४ अंकका साथ शीर्ष दुईमा रहँदै सेमिफाइनल यात्रा पक्का गरेको हो । ११६ रनको लक्ष्य इंग्ल्यान्डले ९.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । कप्तान जस बटलर ३८ बलमा ६ चौका र ७ छक्कासहित ८३ रनमा नट आउट रहे । फिलिप साल्ट २१ बलमा २ चौकासहित २५ रनमा नट आउट रहे ।

Read More

काठमाडौं : आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन्। देशभरका ७५३ स्थानीय तहमध्ये ७१५ पालिकाले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन्। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि स्थानीय तहले नीति तथा कार्यक्रम र त्यसलाइ कार्यान्वयन गर्ने बजेट सार्वजनिक गर्न लागेका हुन्। ७५३ पालिका मध्ये केहीले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ। आइतबारसम्म ३८ स्थानीय तहले बजेट पेस…

Read More

काठमाडौं : पोषराज पोखरेल नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा सिफारिस भएका छन् । बढुवा समितिको आज बसेको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो । उनी प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् ।

Read More

काठमाडौं : नेपाल प्रहरीले आफूखुशी गैरहाजिर रहेका १३ कर्मचारीलाई सम्पर्कमा आउन निर्देशन दिएको छ। जवानदेखि सहायक निरीक्षकसम्मका १३  कर्मचारी दुई महिनादेखि गैरहाजिर रहेको भन्दै एक साताभित्र सम्पर्कमा आउन निर्देशन प्रहरी प्रधान कार्यालयले दिएको हो। आफूखुशी गैरहाजिर रहनेमा एक सहायक निरीक्षक, दुई सहायक हवलदार र आठ जवान छन्। त्यस्तै दुई जना प्राविधिक जवान पनि छन्। उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन आउन कार्यालयले निर्देशन दिएको छ।

Read More

काठमाडौं:  मकवानपुरमा जंगली च्याउ खाँदा एक मृत्यु भएको छ भने चार जना गम्भिर बिरामी भएका छन्। राक्सिराङ गाउँपालिका–७, दगुवाङमा शनिबार बेलुका जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए। स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पुर्याएकामा एक जनाको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ। जंगली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उनकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, आठ वर्षीया सविना प्रजा र १० वर्षीय छोरा सुशील प्रजा बिरामी भएका हुन्। बलबहादुरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Read More