Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । दोलखा मेलुङ गाउँपालिका-४ घर प्रहरी जवान २२ वर्षीय अजित गोले आफैँले बोकेको हतियारले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । गोलेले बुधबार बिहान करिब ८ बजेको समयमा संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा गएको बेला आफूले बोकेको ईन्सास राईफलद्वारा निधारमा फायर गरेका थिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ : ६० केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी छन् । उनीहरूको न्युरोडमा सुन रिफाइन पसल सञ्चालन गर्ने भारतीय नागरिक अविजित तानाजिमुली सँग कनेक्सन देखिएको छ ।

Read More

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्कँदै छन । जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै नेपाल फर्कने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ । यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता गरेका थिए । सो अवसरमा दुई देश बिचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ ।…

Read More

धनगढी : बझाङको मष्टा गाउँपालिकाले नियम विपरीत ४१ जना करारका कर्मचारी नियुक्त गरेको छ । महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदनले गाउँपालिकाले नियम विपरीत ४१ जना कर्मचारी नियुक्त गरेको देखिएको हो । स्थानीय तहले कार्यालय सहयोगी, सवारी चालक, बगैचे लगायतका पद बाहेक अन्य पदमा करारमा कर्मचारी राख्न पाउँदैन । तर, अन्य कर्मचारीलाई पनि करारमा नियुक्त गरि १ करोड ६३ लाख ५८ हजार रुपैयाँ खर्च गर्ने गरेको महालेखाको प्रतिवेदनले देखाएको हो । यस्तो कार्य तत्काल रोक्नु पर्ने सुझाव महालेखाले देखाएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा…

Read More

धनगढी : अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएको छन् । मंगलबार बेहोस् अवस्थामा भेटिएकी १६ वर्षीया किशोरीमाथि बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले किशोरीलाई छाउगोठमा बेहोस् अवस्थामा भेटेपछि उद्दार गरेर अस्पताल लगिएको बताए । उपचारपछि किशोरीले आफूमाथि जबरजस्तीकरणी भएको बताएकी थिइन् । उनको बयानका आधारमा जबरजस्तीकरणी गरेको आरोपमा १७ वर्षीय किशोरलाई पक्राउ गरिएको डीएसपी पाठकले बताए । उनकाअनुसार पक्राउ परेका किशोर किशोरीका नातेदार नै हुन् । उनीहरू एउटै विद्यालयमा अध्ययन गर्छन् ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले अछाममा खच्चड उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दुई प्रहरीलाई पुरस्कृत गरेका छन्। अछाम पुगेका डीआईजी केसीले प्रहरी सहायक निरीक्षक राम सिंह फराल र प्रहरी हवल्दार गंगाराम चौधरीलाई नगद पुरस्कार प्रदान गरे। प्रदेश प्रहरी कार्यालयले जेठ २७ गते अछामको पञ्चदेवल विनायक नगरपालिका–९ स्थित कर्णाली नदीको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा पुलमा फसेका खच्चडहरूको उद्धारमा साहसिक भूमिका निर्वाह गरेको भन्दै दुबै जना प्रहरीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो। पुरस्कार वितरण समारोहमा डीआईजी केसीले दुबै प्रहरीको साहसिक कार्यको प्रशंसा गर्दै अभिलेखमा रहने गरी नगदसहित पुरस्कृत गरिएको बताए। उनले प्रहरीको कर्तव्यपरायणता…

Read More

काठमाडौ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी-२० विश्वकप २०२४ मा आइतबार नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ । आईसीसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरेको जनाएको छ । उनको म्याच फिको १५ प्रतिशत रकम काटिनेछ । सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउनेक्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि उक्त घटना भएको थियो । ओपनर कुशल भुर्तेललाई ४ रनमा बोल्ड र अनिल साहलाई शून्यमा क्याच आउट गर्दै उनले डबल विकेटमेडन राखेका थिए । त्यसपछि उनले पिचको मध्य भागमा आएर रोहितलाई केही भन्न पुगे । रोहितले…

Read More

धनगढी : कैलालीमा भन्सार छली गरेर ल्याइएको अवैध सामान बरामद गरिएको छ । मंगलबार साँझ लम्कीचुहा नगरपालिका–१ राजीपुरबाट तीन लाख ८ हजार मूल्य बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए । उनकाअनुसार विषेश सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा ल्याइएको उक्त सामान वेवारिसे अवस्थामा फेला पारेको थियो । जसमा १२५ वटा सुट, मेक्सिको कपडा, ५ चादरको कपडा, ५ पिस ब्लाउजको कपडासहितका फेन्सी सामान छन् । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीमा एक जना सेवाग्राही गर्मीले लाइनमै ढलेका छन् । मंगलबार राष्ट्रिय परिचय पत्र बनाउन आएका एक जना सेवाग्राही गर्मीले लाइनमै बेहोस भएका हुन। जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार उनी गर्मीका कारण ढलेका हुन्। उनको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार हुँदैछ। अत्याधिक गर्मीका कारण धनगढीमा बेहोस भएका एक जनाको आजै मृत्यु भएको छ ।

Read More

धनगढी : बाजुराको बूढीनन्दा नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालयको भवन साघुँरो हुँदा केही प्रहरी पालमा बस्न बाध्य छन् । आफ्नै भवन नहुँदा कोल्टी विमानस्थलको घर भाडामा लिएर इलाका प्रहरी कार्यालय सञ्चालन गरिएको छ । कार्यालयमा प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वमा ३५ जना प्रहरी छन् । भवनमा बस्ने ठाउँ नहुँदा केही प्रहरी पालमा बस्ने गरेका छन् भने केही बजारमा घर भाडामा लिएर बस्ने गरेको इलाका प्रहरी कार्यालय बूढीनन्दाका प्रहरी निरीक्षक केशव खड्काले बताए । कार्यालयमा तीन महिला प्रहरी कार्यरत छन् । उनीहरूका लागि छुट्टै कोठाको व्यवस्था नहुँदा बजारमा कोठा भाडा लिएर बस्ने गरेका छन् । भवन नहुँदा नियमित कामदेखि थुनुवा राख्न समस्या…

Read More