Author: महेन्द्रनगर पोष्ट

दार्चुला-नेपाली कांग्रेसका क्रियाशिल सदस्य तथा पुर्व महाधिवेशन प्रतिनिधि उमेश खत्रीलाई कांग्रेस दार्चुलाले अनुशासनको कारबाही गरेको छ। नेपाली कांग्रेस जिल्ला अनुशासन समितिका संयोजक पुलेन्द्र बहादुर कार्कीको अध्यक्षतामा फागुन २८ गते बसेको बैठकले मार्मा गाउँपालिका वडा नम्बर ४ बस्ने उमेश खत्रीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो। खत्रीले पार्टीको आर्दश, उद्देश्य, नीति र आचार संहिता विरुद्ध पार्टीका नेता कार्यकर्तालाई गालिगलौज गर्ने, चरित्र हत्या गर्ने, पार्टीको संगठन कमजोर हुने गरी कार्यकर्तालाई भड्काउने सामाजिक संजालमा निरन्तर पोष्ट गर्ने, अभिव्यक्तीहरु दिने कार्य गरेको भन्दै अनुशानसको कारबाही गरीएको नेपाल कांग्रेस दार्चुलाले जनाएको छ। अनुशासन समितिले खत्रीलाई फागुन १ गते १५ दिनको म्याद दिएर स्पष्टिकरण पेश गर्न…

Read More

दार्चुला- बहुमूल्य जडीबुटी सुनाखरीसहित दार्चुलामा एक जना पक्राउ परेका छन्। शुक्रवार जिल्ला सदरमुकाम खलङ्गाबाट १७ किलोग्राम सुनाखरीसहित बझाङ जिल्ला बुङ्गल नगरपालिका-१ का अन्दाजी ४० वर्षीय हरिश बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर भट्टले बताए। रातिको समयमा पुलघाट क्षेत्रबाट बोहरा झोला बोकी हिँडिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा अवैध सुनाखरी बरामद गरिएको हो। उक्त बरामद सुनाखरी डिभिजन वन कार्यालयको जिम्मा लगाइने जनाइएको छ।

Read More

कञ्चनपुर-सुदूरपश्चिम विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गोविन्द बल्लभ पन्तको निधन भएको छ। मस्तिष्क रक्तस्राव भएर दुई महिनादेखि भेन्टिलेटरमा उपचार गराइराखेका पन्तको ५३ वर्षको उमेरमा उपचारको क्रममा धनगढी स्थीत निसर्ग अस्पतालमा निधन भएको हो।

Read More

काठमाडौं – नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रसेवक कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न सुझाव दिनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “नागरिकको हैसियतले कर्मचारीको निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भूमिका हुनुपर्छ, कुनै पार्टी विशेष लाग्न हुन्न ।” राष्ट्रसेवक कर्मचारीले जुनसुकै सरकारलाई असहयोग होइन साथ र सहयोग पुर्‍याउनपर्नेमा सुझाव दिँदै अध्यक्ष ओलीले एमाले प्रतिपक्षमा रहे पनि पार्टी प्रवेशको लहर चलेको बताउनुभयो । आगामी निर्वाचन स्वच्छ र निष्पक्षकासाथ सम्पन्न गर्ने दायित्वमा नचुक्न सल्लाह दिँदै उहाँले लोकतन्त्र र ट्रेड युनियन अधिकारका औचित्यपूर्ण मागमा तलमाथि भएमा…

Read More

काठमाडौं – नेपालमा गत २४ घण्टामा ७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ५ हजार ६२ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा १९२ जना कोरोनामुक्त भएका छन् भने कुनै पनि संक्रमितले ज्यान गुमाएका छैनन् । पछिल्लो २४ घण्टामा देशभर १ लाख १ हजार ३ सय ४ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै अहिलेको अवस्थामा नेपालमा ५ हजार ५० जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संकटमोचनको भूमिकामा आफ्नो पार्टी रहेको बताएका छन् । उनले जनयुद्धलाई शान्ति प्रक्रियामा रुपान्तरण गर्नु सामान्य नभएको र त्यसपछिको १२ बुँदे सम्झौता, वृहत शान्ति प्रक्रियामा माओवादी केन्द्रको भूमिका संकटमोचनकै रुपमा रहेको बताए । उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यौं यो पनि समान्य थिएन । यी सबै कुरामा हामी अघि बढेर देशलाई निकास दिने काम गर्यौं । अहिले पनि हामी जुनसुकै बेला देशको संकटमोचनका लागि लाग्नु पर्ने अवस्था छ ।’ उनले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने बेलामा पनि देश नै संकटमा पर्ने अवस्था आएको र उक्त संकट समाधान गर्न एमसीसी पास…

Read More

काठमाडौं – सरकारले ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिक अस्पताल बनाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए। त्यसैगरी सरकारले ५० वर्षभन्दा माथिका सबै नागरिकको वर्षमा एक पटक निःशुल्क स्वास्थ्य परीक्षण गराउने निर्णयसमेत गरेको छ। स्वास्थ्यमन्त्री खतिवडाका अनुसार यो निर्णय १५ दिनमै कार्यान्वयन हुने बताए। अस्पताल निर्माणको विषयमा बिहीबार नै स्वास्थ्य मन्त्रालयले तीन सदस्यीय कार्यदल बनाएको छ। मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनेको उनको भनाइ छ। स्वास्थ्य मन्त्रालयले बनाएको कार्यदलले अस्पताल बनाउने स्थान, जग्गा व्यवस्थापन, लागत स्टिमेटको विषयमा अध्ययन गर्नेछ। बिहीबारकै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंगदानको निर्णय गरेको छ।…

Read More

ताप्लेजुङ – ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–४ कोप्चे टोलमा शुक्रबार भएको आगलागीमा परी रु ६९ लाख ३० हजार बराबर धनमाल क्षति भएको छ । ताप्लेजुङ नेपाल रेडक्रस सोसाइटीका अनुसार आगलागीमा परी उक्त रकम बराबरको धनमाल क्षति हुनाका साथै एक महिलाको मृत्यु भएको र दुई घरका परिवार विस्थापित हुन पुगेको रेडक्रसका प्रतिनिधि अर्जुन कार्कीले बताउनुभयो । शुक्रबार बिहान ८ः३० बजेतिर आगलागी भएको थियो । फुङ्लिङ नगरपालिकाको दमकल प्रयोग गर्नाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो डेढ घण्टापछि निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

मकवानपुर – मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक मकवानपुरको आयोजनामा दुइदिने बकैया कला–साहित्य महोत्सव–२०७८ आज सुरु भएको छ । बकैया गाउँपालिकाको आर्थिक सहयोगमा बकैया—३, हात्तिसुँडेमा यो महोत्सव भइरहेको छ । २०५० सालमा स्थापित झरना साहित्यिक परिवारले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा बृहत् साहित्य गोष्ठी आयोजना गर्दै आएकोमा पछिल्ला दुई वर्ष (२०७६) देखि बकैया साहित्य महोत्सव आयोजना गर्दै आइरहेको छ । यसै वर्षबाट स्थानीय कला संस्कृतिको समेत जगेर्ना गर्ने उद्देश्यले बकैया कला–साहित्य महोत्सव गरिन लागिएको झरनाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले बताउनुभयो । दुई दिवसीय महोत्सवका क्रममा कविता, गजल, मुक्तक विशेष कार्यक्रमहरूका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले खैँजडी भजन, तामाङ, माझी, राईलगायतका…

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटीका दुई बिरामीको उपचारका लागि रु ३० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको छ । उहाँले डोटीको सायल गाउँपालिका–५ घोघातलकी ४८ वर्षीया कृष्णादेवी साउद तथा डोटीकै दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ४८ वर्षीय इन्द्रबहादुर साउदको उपचारका लागि सो सहयोग प्रदान गर्नुभएको छ । यही फागुन ३ गते माटोको ढिस्कोले पुरिएर मेरुदण्डको तीन ठाउँमा भाचिएर राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार गराइ रहनुभएकी कृष्णदेवीको अवस्था बुझ्न मन्त्री आले ट्रमा सेन्टरमा पुग्नु भई उहाँको उपचारका लागि आफ्नो व्यक्तिगततर्फबाट रु १५ हजार प्रदान गर्नुभएको हो । यसैगरी खुट्टामा एक्टिनो माइकोसिस (ढुसी) नामक सङ्क्रमणको समस्या देखिएर राष्ट्रिय ट्रमा…

Read More