Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटीका दुई बिरामीको उपचारका लागि रु ३० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको छ । उहाँले डोटीको सायल गाउँपालिका–५ घोघातलकी ४८ वर्षीया कृष्णादेवी साउद तथा डोटीकै दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ४८ वर्षीय इन्द्रबहादुर साउदको उपचारका लागि सो सहयोग प्रदान गर्नुभएको छ । यही फागुन ३ गते माटोको ढिस्कोले पुरिएर मेरुदण्डको तीन ठाउँमा भाचिएर राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार गराइ रहनुभएकी कृष्णदेवीको अवस्था बुझ्न मन्त्री आले ट्रमा सेन्टरमा पुग्नु भई उहाँको उपचारका लागि आफ्नो व्यक्तिगततर्फबाट रु १५ हजार प्रदान गर्नुभएको हो । यसैगरी खुट्टामा एक्टिनो माइकोसिस (ढुसी) नामक सङ्क्रमणको समस्या देखिएर राष्ट्रिय ट्रमा…

Read More

रसुवा – रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमणका कारण घटदै आएको आयात वृद्धि गराई नेपाली बजारको माग पूरा गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले गरेको प्रयास फलदायी भएको छ । नौ कन्टेनरमार्फत भइरहेको आयातलाई वृद्धि गरी यही १५ तारेखबाट दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने सहमति भएको उनले बताए । चिनियाँ सामग्रीको आयात परिमाण बढ्ने भएपछि याहाँका व्यापारी र व्यवसायीलगायत सबैमा उत्साह बढेको छ । कोरोना सङ्क्रमणपश्चात्…

Read More

काठमाडौं – युक्रेनबाट चार नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । भारत सरकारको सहयतामा उनीहरू शनिबार काठमाडौं आइपुगेका हुन् । युक्रेनमा जारी युद्धको क्रममा अलपत्र परेका आफ्ना नागरिकहरूलाई लक्षित गर्दै भारत सरकारले अपरेशन गंगा कार्यक्रम मार्फत् स्वदेश फिर्ता गरिरहेको छ । सोही क्रममा भारत सरकारले चार जना नेपालीलाई पनि फिर्ता ल्याएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली नागरिकलाई फिर्ता ल्याउन सहयोग गरेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् । शनिबार प्रधानमन्त्री देउवाले ट्विट गर्दै मोदी र उनको सरकारलाई धन्यवाद दिएका हुन् । देउवाका अनुसार ती नेपाली नागरिकहरू भारत हुँदै काठमाडौं आइपुगेका हुन् ।

Read More

मस्को – रुसविरुद्ध हिंसा भड्काउने सामग्रीहरु निरन्तर प्रकाशित हुन थालेपछि विभिन्न सामाजिक सञ्जाललाई बन्द गराउने चेतावनी रुसले दिएको छ । रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले फेसबुक र इन्स्टाग्रामलाई बन्द गरिदिने चेतावनी शुक्रबार दिएको हो । ‘रुसविरुद्ध यस्तै हिंसा भड्काउने सामग्री प्रकाशित भइरहे फेसबुक र इन्स्टाग्रामलाई बन्द गराउनु पर्ने आवश्यकता पर्न सक्छ,’ रुसी एक अधिकारीले भने । फेसबुक सञ्चालक कम्पनी मेटाले केही समय अगाडि मात्रै यस विषयमा गम्भीर चासो व्यक्त गर्दै रुसविरुद्ध हिंसा भड्काउने सामग्रीलाई रातो बत्तिको सङ्केत उल्लेख गर्ने घोषणा गरेको थियो । मेटाले रुसविरुद्ध हिंसा भड्काउने सामग्रीहरु प्रकाशित गर्ने प्रयोगकर्ताहरूलाई केही समय फेसबुक प्रयोग गर्नै नमिल्ने बनाइदिने चेतावनी पनि दिएको…

Read More

मोरङ – मोरङको सुन्दरहरैंचामा हिजो(शुक्रबार) साझ घर नजिकैको घारीमा अचेत अवस्थामा भेटिएकी २१ महिने नाबालिकाको आज (शनिबार) बिहान मृत्यु भएको छ। सुन्दरहरैंचा-७ की नाबालिका शुक्रबार घरबाट अपरान्ह ४ बजे हराएकी थिइन् । पाँच बजेतिर घरभन्दा १५० मिटर दुरी पश्चिममा अचेत अवस्थामा फेला परेकी थिइन्। घरबाट हराएकी बालिकालाई खोजी गर्ने क्रममा घारीमा फेला पर्दा बालिकाको अवस्था नाजुक थियो। सुन्दरहरैंचा-७ का वडाध्यक्ष चैतन्य सिटौलाका अनुसार ती बालिका रक्ताम्य अवस्थामा फेला परेकी थिइन्। ‘बालिकाको यौनाङ्ग रक्ताम्य अवस्थामा भेटिएपछि विराटनगरको नोबेल अस्पतालमा उपचारका लागि लगिएको थियो,’ सिटौलाले भने, ‘उपचारका क्रममा आज बिहान मृत्यु भयो।’ उनले बालिकाको अवस्था हेर्दा बलात्कार भएको हुन सक्ने अनुमान रहेको…

Read More

काठमाडौं – सशस्त्र प्रहरी बलमा दुई प्राविधिकसहित पाँच डीआईजी पदमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिको २७ फागुनको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो ।सशस्त्रको साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको डीआईजी  पदमा एसएसपीहरु विदुर खड्का, लक्ष्मण बहादुर सिंह र प्रदीपकुमार पाल सिफारिस भएका छन् ।यस्तै, सशस्त्रको प्राविधिक समूह स्वास्थ्यतर्फ रिक्त रहेको प्राविधिक डीआईजीमा एसएसपी डा. रुपक महर्जनलाई बढुवाका लागि सिफारिस गरिएको छ । प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फ रिक्त रहेको प्राविधिक डीआईजी पदमा एसएसपी ई. सन्दीप थापा सिफारिस भएका छन् ।बढुवा समितिका अनुसार बढुवा सिफारिसमाथि चित्त नबुझ्ने एसएसपीहरुले सशस्त्र प्रहरीको नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिनभित्र…

Read More

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालको संघीय परिषद् बैठक आज (शनिबार) काठमाडौंमा बस्ने भएको छ। दिउँसो थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा बस्ने बैठकमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको बताइएको छ। बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ। संघीय परिषद् बैठकपछि फागुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने जसपा नेपालले जनाएको छ। केन्द्रीय समितिको बैठकमा संघीय परिषद्ले पारित गरेको राजनीतिक प्रतिवेदनमा छलफल हुनुका साथै स्थानीय निर्वाचन, विधान सम्मेलनलगायत विभिन्न समसामयिक राजनीतिक घटनाक्रममाथि छलफल हुनेछ।

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी छोड्दा राप्रपा थप बलियो बनेको बताएका छन् । सुर्खेत विमानस्थलमा शनिवार बिहान पत्रकारहरूसँग कुरा गर्दै उनले भने,’उहाँले पार्टी छोड्दा राप्रपा थप बलियो बनेको छ । अझ बलियो शक्तिका रूपमा बदल्ने सङ्कल्पका साथ अघि बढ्ने प्रेरणा मिलेको छ । यसले पार्टीलाई क्षति पुर्‍याएको छैन ।’ साथै उनले आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई राप्रपाले शक्ति प्रदर्शन गर्ने माध्यमका रूपमा लिएको पनि बताए । ‘राप्रपाको शक्ति कति छ रु भन्ने स्थानीय तहको निर्वाचनमा थाहा हुन्छ’ उनले भने, ‘अब जुन ठाउँमा राप्रपाले जित्छ, त्यही ठाउँबाट फरक खालको राजनीतिक संस्कार बसाल्छ…

Read More

काठमाडौं – सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ । देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७२ वर्षपछि अब दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनको तयारीमा छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानको तयारीसँगै मुलुकभित्र अब दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन् । आगामी जेठ २ गते (बुद्ध पूर्णिमा) देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीका साथ यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) सम्पन्न यो विमानस्थलमा २०७९ वैशाख १ गते परीक्षण उडान…

Read More

चितवन – मोटरसाइकल दुर्घटना हुँदा चितवनमा तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका २ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा इच्छाकामना–३ का ३० वर्षीया तृकी गुरुङ र उनका छोरा ५ वर्षीया आरोन गुरुङ र इच्छाकामना–२ बस्ने वर्ष ३४ को नवीन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिएका छन् । मोटरसाइकल इच्छाकानमा गाउँपालिका वडा नम्बर २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा अन्दाजी ३०० मिटर तल खसेको थियो । उनीहरुको शव परीक्षणको लागि भरतपुर अस्पतालमा…

Read More