गुल्मी – शारीरिक अशक्त भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ५८ वर्षीय पुरुष पक्राउ परेका छन् ।
जिल्लाको मुसिकोट नगरपालिका २ की अन्दाजी ३५ वर्षीया अशक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ५८ वर्षीय झुपे सार्कीलाई प्रहरीले शनिवार पक्राउ गरेको हो ।
सार्कीले वैशाख १५ गते दिउँसो तिलारास्थित एक घरमा जबरजस्ती करणी गरेको उजुरी परेकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए ।
सार्कीलाई जिल्ला अदालत गुल्मीबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको खरेलले बताए। घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
Facebook Comments Box