Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- कोकाकोला कम्पनीविरुद्ध राजस्व छलीको मुद्दा दायर भएको छ। साढे सात अर्ब रुपैयाँबराबर कर छलीको आरोपमा राजस्व अनुसन्धान विभागले आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। विभागका सूचना अधिकारी कृष्णप्रसाद पाण्डेका अनुसार कोकाकोलाको स्वामित्व खरिद बिक्री गर्दा कर छली भएको हो। पाण्डेद्धारा जारी विज्ञप्तिमा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबरको बिगो र बिगोको शतप्रतिशत जरिवाना गरी ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ माग दाबीसहित विभागले मुद्दा दायर गरेको उल्लेख छ। नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश सेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला एसियाको साबको शतप्रतिशत सेयर २०७७ फागुन ७ गते कोकाकोला साबको आयरल्यान्डस्थित…

Read More

एजेन्सी – बेलायतले रुसमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । बेलायतले रुसी तल्लो सदन डुमाका ३८६ सांसदहरुलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लगाएको हो । ती सबै सांसदहरुले युक्रेन हमलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई समर्थन जनाएका थिए । उनीहरूलाई बेलायत यात्रा गर्न र बेलायतमा रहेको कुनै पनि सम्पत्तिमा पहुँच राख्न प्रतिबन्ध लगाइएको बेलायतको विदेश मन्त्रालयले जनाएको छ । फेब्रुवरीमा पूर्वी युक्रेनमा बिखन्डनकारीको नियन्त्रणमा रहेको लुहान्स्क र दोनेत्सक क्षेत्रलाई मान्यता दिएका थिए । सो मान्यता रुसी युद्धका लागि बहाना बनेको विदेश मन्त्रालयले जनाएको छ । ‘हामी युक्रेनमा पुटिनको अवैध आक्रमणमा संलग्न र यस बर्बर युद्धलाई समर्थन गर्नेहरूलाई लक्षित गर्दैछौं,’ विदेशमन्त्री लिज…

Read More

काठमाडौं – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सन् २०१६ जुलाईमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेपछि हालसम्म १०३ बिरामीको मिर्गौला प्रत्यारोपण गरेको छ । ग्राण्डीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी सो जानकारी दिँदै मिर्गौला प्रत्यारोपणमा महत्वपूर्ण भूमिका खेल्ने डाक्टर तथा नर्सलाई सम्मान गरेको हो । कार्यक्रममा अस्पतालका अध्यक्ष इन्जिनियर दीपक कुँवरले नेपालमा मिर्गौला प्रत्यारोपण चुनौतीपूर्ण भए पनि १०० भन्दा बढी बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गर्नु ठूलो कुरा हो भने । नेपाल मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख प्राडा भोलाराज जोशीले मिर्गौला दान गर्नेको सङ्ख्या मुलुकमा बढाउनु जरुरी रहेको बताउनुभयो । सन् २००८ मा नेपालमा पहिलोपटक मिर्गौलाको सफल प्रत्यारोपण भएको स्मरण गर्दै हाल देशभर एक हजार ५००…

Read More

अमेरिका – अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो देशले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप नगर्ने बताएका छन्। उनले अमेरिकी सेनाले रुसविरुद्ध लड्नुको अर्थ तेस्रो विश्वयुद्ध सुरु गरे सरह हुने चेतावनी दिए। युक्रेनले भने पश्चिमा देशहरूसँग पटक पटक नेटोमार्फत सैन्य सहायताको माग गरिरहेको छ। यद्यपि अमेरिकामा, राष्ट्रपति बाइडनले रुसमाथि नयाँ प्रतिबन्धहरू घोषणा गरेका छन्। जस अन्तर्गत रुसी रक्सी, समुद्री खाद्य सामग्री र हीराको आयातमा रोक लगाइएको छ। उनले अमेरिकाले रुसी कुलीन वर्गमाथि आर्थिक प्रतिबन्ध बिस्तार गर्दै लग्ने समेत बताएका छन्। रुसले भने संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा, युक्रेनमा अमेरिकाको सहयोगमा जैविक हतियारका गतिविधिहरूको भएको दाबी गरेको छ। उसले यथेष्ट प्रमाणविना नै…

Read More

काठमाडौं -भारतमा आयोजना हुन लागेको साफ यु–१८ महिला च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज भारत प्रस्थान गर्दैछ। नेपाली टोलीकी कप्तान प्रीति राईले आफूहरू उपाधि उचाल्ने लक्ष्यसहित भारतमा जान लागेको बताएकी छन्। शुक्रवार अखिल नेपाल फुटबल संघ ९एन्फा०ले गरेको बिदाइ कार्यक्रममा कप्तान राईले तीन टोली सम्मिलित प्रतियोगितामा आफ्नो लक्ष्य उपाधि उचाल्ने रहेको बताएकी हुन्। नजिकिँदै गरेको महिला लिगका लागि खेलाडीले तयारी गरिहेकाले खेलाडीको फिटनेस राम्रो भएको र बलिया टोली भए पनि राम्रो खेलेर उपाधि लिएर आउने कप्तान राईले बताइन्। लगातार दुई संस्करणको उपाधि विजेता बंगलादेश र पछिल्लो संस्करणको उपविजेता आयोजक भारतसँग खेल्ने नेपाली टोलीले करिब एक महिनाको प्रशिक्षण अनुभव लिएर प्रतियोगितामा…

Read More

कैलाली- सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज शनिबार हुँदैछ। धनगढी रंगशालामा हुने फाइनलमा दुई ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल ३ बजेपछि सुरु हुनेछ। आज दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनासहित मैदान उत्रने छन् । दुबै टोलीका कप्तान र प्रशिक्षकले उपाधिका लागि मैदान उत्रने बताएका छन् ।विजेताले २१ लाख नगद प्राप्त गर्दा उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछन्। पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४-२ गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरेको हो। दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै फ्रेन्ड्स उपाधि नजिक पुगेको हो। सुदूरपश्चिम-११ स्पोर्टस…

Read More

कञ्चनपुर-शुक्लाफाँटा नगरपालिका–८ मणिकाधाम (मुडका) स्थित वैजनाथ मन्दिरमा आज लाग्ने मेलामा आवांच्छित क्रियाकलाप रोक्न ४८ ठाउँमा सिसीटिभी क्यामेरा जडान गरिएको छ। मेला क्षेत्रमा हुनसक्ने चोरी, आपराधिक क्रियाकलाप, दुर्घटनालगायत नियन्त्रण गर्न झलारी, फुलेली मणिकाधाम, बतासे झरना पर्यटकीय क्षेत्रमा सिसीटिभी क्यामेरा जडान गरिएको छ। क्यामेराको कन्ट्रोल प्रहरीको निगरानीमा रहने गरी मेला क्षेत्रमै राखिएको छ। मेला अवधिभरि मणिका धाम क्षेत्रमा सिसीटिभी क्यामेराको निगरानी रहने वडाध्यक्ष बहादुर महराले बताए। मेलाको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत गए रातिदेखि नै परिचालन गरिएको छ।मेला क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सवारी साधन पार्किङको छुट्टैरुपमा व्यवस्था गरिएको छ। बिहानैदेखि मणिकाधाम क्षेत्रमा दशर्नार्थीको घुइँचो लागेको छ। मेला…

Read More

कञ्चनपुर-शुक्लाफाँटा नगरपालिका–७ स्थित टोटी नालमा रु ७१ लाख लागतमा ट्रस्ट पुल बनाउने प्रक्रिया अगाडि बढाइएको छ। पुल उपभोक्ता समितिमार्फत निर्माण गरिनेछ। त्यसमा सामाजिक तथा प्राविधिक सहयोग नेपाल राष्ट्रिय विकास समाज कञ्चनपुरको रहेको छ।पुल निर्माणका लागि नगरपालिकाको रु नौ लाख २४ हजार १२ (१३ प्रतिशत), समुदायको श्रमदान रु एक लाख ४२ हजार १५५ (२ प्रतिशत) , दातृ संस्था स्वावको अनुदान रु ६० लाख ४१ हजार ६२३ (८५ प्रतिशत) रहेको छ। पुल निर्माणको कार्य असार मसान्तसम्म सम्पन्न हुने गरी निर्माण कार्य अगाडि बढाइएको वडाध्यक्ष जगतबहादुर सिंहले बताए। पुल निर्माण भएपछि ४०० घरघुरीका पाँच हजार ५०० लाभान्वीत हुने छन। पुलको लम्बाइ ६४ मिटर…

Read More

काठमाडौं-चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिला र उनको नवजात शिशुको मृत्यु भएको छ। भरतपुर अस्पतालको प्रसूति वार्डमा फागुन २४ गते भर्ना भएकी कावासोती नगरपालिका—४ हसौराकी २७ वर्षीया गंगा गैरे गौतम र उनकी नवजात शिशु (छोरी) को शुक्रबार बिहान मृत्यु भएको हो। गंगाले साधारण तरिकाले नै शुक्रबार छोरी जन्माएकी थिइन्। उनको अत्याधिक रक्तश्राव भएर मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्ण पौडेलले जानकारी दिए। भरतपुर अस्पतालका प्रसूति रोग विभागका प्रमुख डा. सुनिलमणि पौडेलले डिआइटी भएका कारण सुत्केरी महिलाको मृत्यु भएको बताएका छन्।

Read More

मुग्लिन-चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। इच्छाकानमा गापा २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा इच्छाकामना गापा २ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार दुर्घटना हुँदा घटनास्थलमै मोटसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा चितवनको इच्छाकामना–३ का ३० वर्षीया तृकी गुरुङ र उनकी छोरा ५ वर्षीया आरोन गुरुङ र इच्छाकामना–२ बस्ने वर्ष ३४ को नवीन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। नवीन गुरुङ भने नाताले तृकी गुरुङकी भदै हुन्। मोटरसाइकल सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो। उनीहरुको शव परीक्षणको लागि…

Read More