Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा एमाले संसदीय दलको बैठक बसिरहेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको चालु दशौं अधिवेशन मंगलबार मध्यरातिबाट अन्त्य गरेको भोलिपल्ट एमाले संसदीय दलको बैठक बसिरहेको हो । बैठकमा संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईसहित पार्टी पदाधिकारी पनि सहभागी छन् ।

Read More

काठमाडौं – खैरो हेरोइन कारोबारमा संलग्न १२ जनालाई लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ । उपत्यकामा लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले फरक मितिमा खैरो हेरोइन १९१.७१० ग्रामसहित अवैध कारोबारमा संलग्न १२ जना मानिसहरुलाई पक्राउ गरिएको हो । गत फागुन २३ गते काठमाडौँको कागेश्‍वरी मनोहरा नपा वडा नं. ७ स्थित सडक किनारमा ३३ वर्षीय विक्रम नगरकोटी, २१ वर्षीय रोजन बस्नेत र ४६ वर्षीय माधवप्रसाद दाहाललाई १५० मिलिग्राम खैरो हेरोईनसहित पक्राउ गरिएको थियो । नगरकोटीसँग लागुऔषध कारोबारमा संलग्न ३० वर्षीय देवीसिं तामाङलाई सोही दिन १७० मिलिग्राम खैरो हेरोइनसहित भक्तपुरको चाँगुनारायण नपा वडा नं. ४ बाट पक्राउ…

Read More

काठमाडौं – सर्वोच्च अदालतले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गरेको छ । बुधबार बसेको कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले उक्त रिट खारेज गर्ने फैसला गरेको हो । अध्यादेश विरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसहित तीन छुट्टाछुट्टै रिट परेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइएको थियो । तत्कालिन केपी ओली नेतृत्वको सरकारले ९ जेठ २०७८ मा नागरिकता अध्यादेश ल्याएको थियो त्यसमा सर्वोच्चले २७ जेठमा अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो ।

Read More

काठमाडौं – नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । यद्यपि निगमले उपभोक्ताका लागि बेच्ने मूल्य भने अहिलेसम्म बढाइसकेको छैन । भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँले बढेको छ भने डिजेल २४.४९ र हवाई इन्धन १८.८९ रुपैयाँ बढेको छ । यससँगै आगामी १५ दिनमा करीब रू ५ अर्ब ३० करोड घाटा हुने स्थिति देखिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निगमले पछिल्लो पटक फागुन १९ मा मूल्य समायोजन गरेको थियो । रुस र युक्रेन बीचको तनाव समेतका कारणबाट अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप बृद्धि भई…

Read More

काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका क्रममा मारिएका पत्रकारका परिवारप्रति समवेदना प्रकट गर्दै चिठी लेखेका छन् । उनले रेनोडको मृत्युप्रति उनको परिवारका साथै युक्रेनीहरु पनि शोकमा डुबेको उल्लेख गरेका छन् । रेनोडलाई ‘प्रतिभाशाली एवम् वीर पत्रकार’ भन्दै उनले दशौं लाख युक्रेनीहरुको मानवीय दुःख र पीडा उजागर गरेको पनि जेलेन्सकीले जनाएका छन् । आक्रामक मुलुकबाट युक्रेनीविरुद्ध भइरहेको ज्यादती र कठोरताका बारेमा विश्वलाई जानकारी दिन उनले अत्यन्त खतरनाक युद्धग्रस्त क्षेत्रको साहस र दृढतापूर्वक भ्रमण गरेको बताउँदै जेलेन्स्कीले उनको मृत्युप्रति पूरा युक्रेन नै शोकमग्न भएको बताए । युक्रेनको राजधानी किभबाहिर रहेको इरपिन शहरमा गत आइतबार मारिएका न्यु योर्क टाइम्सका पत्रकार ब्रेट रेनोडको…

Read More

काठमाडौँ- काठमाडौँ महानगरपालिका–१५ विजेश्वरीमा बुधबार बिहान मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक धादिङ घर भई हाल नागार्जुन नगरपालिका–१ रानीवन बस्ने ३५ वर्षीय हरि दुवाडी रहेका छन् । स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार बिहान सवा ७ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवाडीले चलाएको बा ४९ प ६१२३ नम्बरको स्कुटर र बा ८५ प ५०६० नम्बरको मोटरसाइकल बुधबार बिहान सवा ६ बजे ठोक्किएका थिए । मोटरसाइकल सहित चालक प्रहरी वृत्त स्वयम्भुको नियन्त्रणमा रहेका छन् ।

Read More

काठमाडौं – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन हुने दाबी गरेकी छिन् । एकीकृत समाजवादीकी सचिव झाँक्रीले निर्वाचनमा गठबन्धन बनाएर चुनावमा जाने बताएकी हुन् । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिवसमेत रहेकी मन्त्री झाँक्रीले मंगलबार पार्टी जिल्ला कमिटी कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएकी हुन् । उनले भनिन्, ‘गठबन्धन मुद्दा र आवश्यकताका आधारमा हुन्छ । एउटा मुद्दा र परिस्थितिले आज हामी एक ठाउँमा आएका छौं । गठबन्धन दुइटै पक्षलाई आवश्यक छ । त्यसकारण हामी गठबन्धन गर्छौं ।’ गठबन्धनलाई प्रभाव पर्ने खालको अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई निर्देशन दिँदै उनले…

Read More

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआइसी) ले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकहरूको चाहना तथा अभिकर्ताहरूको सुझावलाई मध्यनजर गर्दै नयाँ जीवन बीमा योजनाहरू ल्याउने क्रममा ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना ल्याएको जानकारी दिएको हो । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजीवन जीवन बीमा हो । मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न कम्पनीले सावधिक र आजीवनको विशेषता भएको ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना बजारमा ल्याएको कम्पनीले जनाएको छ । यो योजनामा बीमा अवधि समाप्तीपश्चात पनि जोखिम वहन गर्नुका साथै…

Read More

डडेल्धुरा – डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ । मङ्गलबार राति गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा–४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको हो । मृत्तकको शव अस्पतालमा राखिएको बताइएको छ । त्यस्तै घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले अन्य चार जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । नियन्त्रणमा लिइएकाको परिचय भने प्रहरीले खुलाएको छैन ।

Read More

काठमाडौं – पुस मसान्तसम्ममा नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागद्वारा १४ वटा वाणिज्य बैंकहरु कारवाहीमा परेका छन् । कारबाहीमा पर्ने बैंकमा प्रभु बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई र नेपाल बंगलादेश बैंक रहेका छन् । त्यस्तै, एनसीसी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, सेञ्चुरी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंक पनि कारवाहीमा परेका छन् । यसमध्ये, राष्ट्र बैंकले प्रभु बैंकलाई दोस्रो त्रैमासमा अनिवार्य नगद मौज्दात तरलता अनुपात कायम नगरेको कारण १ लाख ८० हजार ४ सय ३० रुपैयाँ १४ पैसा जरिवाना गरेको छ । साथै, बोलकबोलका आधारमा संकलन हुने मुद्दति निक्षेपको हकमा…

Read More