Author: महेन्द्रनगर पोष्ट

पोखरा- कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ । होटल सङ्घ पोखराको आयोजनामा नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली नयाँ वर्षको अवसरमा यही चैत ३० र वैशाख १ गते लेकसाइडको फिस्टेल गेटबाट हल्लनचोकसम्मको मुख्य सडकमा १७औँ संस्करणको महोत्सव गर्न लागिएको हो । ‘पर्यटन, संस्कृति र खाना महोत्सव’को नारासहित सङ्घले नेपाली नयाँ वर्षमा महोत्सव गर्दै आएकामा अघिल्ला दुई वर्षमा कोरोनाका कारण हुन सकेको थिएन । यस वर्ष पुनः निरन्तरता दिइएको सङ्घका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदीले बताउनुभयो । नयाँपनका साथ तीन…

Read More

काठमाडौंं- मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार बुधबार तीनवटा प्रदेशका पहाडी भेगमा चट्याङसहित वर्षा हुने सम्भावना देखिएको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा दिउँसोतिर आंशिकदेखि सामान्य बदली तथा देशका अन्य स्थानमा मौसम आंशिक बदली रहने छ। यस क्रमममा प्रदेश नं १ को पहाडी भेगका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। यस्तै राति पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू९भागमा आंशिकदेखि सामान्य बदली तथा देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ। यस क्रममा प्रदेश नं १ को पहाडी…

Read More

काठमाडौं- नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । मंगलबार मध्येराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको तथा भारतीय आयल निगमले नयाँ मूल्य सूची पठाएपछि निगमले पनि मूल्यवृद्धिको निर्णय लिएको बताइएको छ ।निगमका सहप्रवक्ता पुुस्कर कार्कीले जारी गरेको विज्ञप्तिअनुसार काठमाडौं लगायत सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ कायम गरिएको छ । यसैगरी हवाई इन्धन (आन्तरिक) तर्फ ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ भने हवाइ इन्धन (अन्तर्राष्ट्रिय)…

Read More

काठमाडौं- आराध्यदेव भगवान् श्री पशुपतिनाथका नाममा देशभर रहेका गुठी जग्गा अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को निर्णयले मात्र दर्ता हुने भएका छन् । कोष सञ्चालक परिषद्को यही चैत १४ गतेको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । पशुपतिनाथको नाममा रहेका जग्गा श्री पशुपतिनाथ अमालकोट कचहरी कार्यालय, श्री पशुपतिनाथ भण्डार तहबिल कार्यालय र श्री पशुपतिनाथ जयवागेश्वरी भण्डार तहविल कार्यालयको लगतमा रहेका छन् । तीनै कार्यालयको लगतमा रहेका तर दर्ता नभएका जग्गा अब कोष सञ्चालक परिषद्को निर्णयअनुसार मात्र दर्ता हुनेछन् । पशुपतिनाथको गुठीले समेत चिनिने यी जग्गा दर्ता गर्ने विषय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण…

Read More

काठमाडौं- निर्वाचन आयोगले मंगबार चुनाव प्रचार प्रसारको समय तोकेको छ । आयोगले जारी गरेको ६० बुँदे निर्देशनमा चुनाव प्रचारप्रसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइने उल्लेख गरिएको छ । ‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारको कार्यक्रम गर्दा विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने’, आयोगको निर्देशनमा भनिएको छ । आयोगले जुलुस, आमसभा वा प्रचार प्रसार गर्दा दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा बोक्न नपाइने उल्लेख गरेको छ । यस्तै दलको झण्डा वा चुनाव…

Read More

काठमाडौं- सशस्त्र प्रहरी बलले खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक पदको अन्तिम नतिजा प्रकाशित गरेको छ । प्रकाशित नतिजा अनुसार खुलातर्फ ७७ जना उत्तीर्ण भएका छन् । खुला बैकल्पिकमा ६ जना परेका छन् । त्यसैगरि महिला खुलातर्फ १३ जना, आदिवासी/जनजातितर्फ २० जना उत्तीर्ण भएका छन् । सोही समूह अन्तर्गत पाँच जना वैकल्पिकमा परेका छन् । मधेशी समूहतर्फ १४ जना, दलित समूहतर्फ ९ जना उत्तीर्ण भएका छन् । दलित समूहमा दुई जनालाई वैकल्पिकमा राखिएको छ । त्यसैगरि पिछडिएको क्षेत्र समूहतर्फ पाँच जना र अमर असक्त सशस्त्र प्रहरी सन्तति समूहतर्फ एक जना उत्तीर्ण भएको सशस्त्र प्रहरी…

Read More

काठमाडौं- कंगोमा विद्रोहीको गोली लागेर शान्ति सेनामा गएका एक नेपाली सैनिक घाइते भएका छन् । मंगलबार संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कंगोमा तैनाथ शान्ति सेनाको पहिलो पहिलो डफ्फामा कार्यरत नेपाली सैनिक घाइते भएका हुन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले दिएको जानकारी अनुसार पहिला विद्रोहीको कब्जामा रहेको जमिनलाई उनीहरुबाट छुटाई नेपाली सेना उक्त स्थानमा पुगेको थियो । त्यसै क्रममा अज्ञात स्थलबाट विद्रोहीले चलाएको गोली लागी एकजना घाइते भएका हुन् । ‘घाइते सैनिकलाई हेलिकप्टरमार्फत उद्धार गरी, बुनियामा रहेको लेबल–२ अस्पतालमा उपचार भइरहेको छ’, उनले भने ।

Read More

काठमाडौं- नेपाली पत्रकारहरूको अन्तरराष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको इन्जा खोजी पत्रकारिता पुरस्कार टक्सार आर्थिक म्याजगिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीलाई दिने निर्णय गरेको छ । सन् २०२१ भरीमा नेपालवाट प्रकाशित तथा प्रसारित खोजी समाचारहरुमध्येवाट इञ्जाले पत्रकार वुढाथोकीलाई चयन गरेको इञ्जा अध्यक्ष गुणराज लुइटेलले जानकारी दिनुभएको छ । पत्रकार बुढाथोकीले नेपालमा बहुराष्ट्रिय कम्पनी कोकाकोलाले स्थापनाकालदेखि नै स्वामित्व किनबेच हुँदा नेपाल सरकारलाई तिर्नुपर्ने आयकर, आकस्मिक लाभकर, पुँजीगत लाभकर छलीका चक्रबारे विस्तृत तहगत खोज गरि नेपाल सरकारको अनुसन्धान प्रक्रियामा विशेष योगदान दिएको मूल्यांकन गर्दै इन्जाले इन्जा खोजी पत्रकारिता पुरस्कार २०२२ दिने निर्णय गरेको इञ्जाद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख छ। अमेरिकाको राजधानी वासिङटनमा मुख्यालय रहेको इञ्जा…

Read More

तेहरान- इरानी मुस्लिम धर्मगुरुलाई एक आक्रमणकारीले मंगलबार एक छुरा प्रहार गरी हत्या गरेको छ । उत्तर पूर्वी तीर्थनगर मशहादमा घटनामा अन्य दुई जना घाइते भएको यहाँको प्रहरीले बताएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रान्तीय गभर्नरलाई उद्धृत गरी इरानी टेलिभिजनले उल्लेख गरेको छ । इरानी टेलीभिजनसँग कुरा गर्दै खोरासन रजावी प्रान्तका गभर्नर याग्होब(अली नाजारीले एक व्यक्तिले तीन जना शिया धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको बताए । घटनामा अरु दुई जना घाइते भएका छन् । उनका अनुसार आक्रमणकारीलाई सुरक्षाकर्मीले पक्राउ गरेको छ ।

Read More

कैलाली- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भ्रमित प्रचारको भर नपर्न आग्रह गरेको छ । पार्टीको नाम नै जोडेर स्थानीय चुनावमा एमालेलाई सहयोग गर्ने समाचार बाहिरिए पछि नेकपा ले कुप्रचारको भ्रममा नपर्न आग्रह गरेको हो ।पार्टीको केन्द्रीय समितिको १२औँ पूर्ण बैठकको निर्णय अनुसार पार्टी वैशाखमा हुने स्थानीय चुनावमा भाग नलिने स्पष्ट निर्णय भैसकेको नेकपाका जिल्ला कार्यालय सचिव प्रकाश रावलले बताउनु भएको छ । उनले भने ,कथित स्थानीय चुनावमा देशभक्त,स्वतन्त्र उम्मेदवार र एमसिसि बिरोधि उम्मेदवार प्रती सहानुभूति रहन सक्ने केन्द्रिय समितिको प्रतिवेदनमा उल्लेख छ त्यस भन्दा बाहिर व्यक्तिगत राजनीतिक फाईदाका लागि कसैले गरिने सम्बाद,छलफल बारे धेरै टिका टिप्पणी नगर्न हामीलेअनुरोध गरेका छौ,…

Read More