धनगढीः कैलालीमा पुलबाट नदीमा हाम फालेका पुरुषको मृत्यु भएको छ। गोदावरी नगरपालिका–८ स्याउले स्थित खुटिया नदीको पुलबाट नदीमा हाम फालेका सोही ठाउँ बस्ने ५५ वर्षीय जोक्करबहादुर गुरुङको मृत्यु भएको हो। गुरुङले सोमवार राति ११ः३० बजे नदीबाट हाम फालेका थिए। पुलबाट हाम फालेर गम्भीर घाइते भएका गुरुङको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। उनलाई डाक्टरले राति साढे १२ बजे मृत घोषणा गरेका थिए। घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयका सचिव कम्मान सिंह खत्रीको सरुवा भएपछि नयाँ सचिव आएका छन्। खत्रीको सुदूरपश्चिमबाट सरुवा भएकोमा अर्थमा सहसचिव झकलराम अधिकारी आइपुगेका हुन्। उनी केही दिन अगाडिमात्र मन्त्रालयमा हाजिर भएको बताइएको छ। झलकराम उनै मान्छे हुन्, जो केही समय अगाडि अध्यागमन विभागको महानिर्देशकको रुपमा कार्यरत थिए। सो समयमा उनी निकै विवादित बनेका थिए। विवादित मात्र होइन, उनलाई सुन तस्करी जाँचबुझ आयोगले विभागीय कारबाही गर्न सिफारिस नै गरेको छ। ६० किलो सुन तस्करीमा शङ्कास्पद भूमिका देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो। ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएको थियो। हङकङबाट…
धनगढी: कैलालीमा कार्यरत एक प्रहरी सहायक हवल्दारलाई चितवन रमाना गरिएको छ। हालै धनगढीमै अटो चलाउने गरेकी प्रहरी हवल्दार धनबहादुर धामीकी पत्नीसँग विवाद गरेपछि सहायक हवल्दार मनोज चन्दलाई रमाना गरिएको हो। चन्दले आफू असई हुँ भन्दै अटोमा चढेर पैसा नदिई जान खोज्दा महिलासँग विवाद भएको थियो। सो विवादको गुनासो जिल्ला प्रहरी कार्यालय कैलालीमा पुगेपछि चन्दलाई दरबन्दी भएकै स्थान चितवन रमाना गरिएको बताइएको छ। चन्द काजमा कैलालीमा कार्यरत थिए। स्रोतका अनुसार अत्यधिक मदिरा सेवन गरेर ड्युटीसमेत नगर्ने उनी बेलाबेला विभिन्न विवादमा मुछिदै आएका थिए।
धनगढी : सुदूरपश्चिम प्रदेशको बजेट भ्याकुम हटाउनका लागि अध्यादेश ल्याउने बाटो पनि तत्कालका लागि बन्द भएको छ । सरकारले संसदको बजेट अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखको कार्यालयलाई लेखेको पत्र, दर्ता भएर सोही कार्यालयमा राखिएको छ । संसद अधिवेशन चालु अवस्थामै रहेका बेला अध्यादेश ल्याउन पाईदैन । अध्यादेश संसद बन्द भएका बेला मात्रै ल्याउन पाईने संबैधानीक प्रावधान छ । सुदूरपश्चिमको बजेट अधिवेशन बन्द भएको छैन । संवैधानिक प्रावधान अनुसार सरकारले प्रदेश प्रमुखलाई पत्र पठाएपछि प्रदेश प्रमुखले संसद सचिवालयलाई अधिवेशन अन्त्यका लागि पत्र पठाउनुपर्ने हुन्छ । तर प्रदेश प्रमुख आईतबार नै संघीय राजधानी गएकाले सरकारको पत्र प्रदेश प्रमुखकै कार्यालयमा थन्किएको छ ।…
काठमाडौं : रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । दुई बालबालिकासहित ६ जना घाइते छन् । गएराति वडा नम्बर १२ स्थित गिजा खोलामा आएको बाढीले घर बगाउँदा आठ वर्षीया हितमाया पुन, पाँच वर्षीया धनिसा पुन र चार वर्षीया मनिसा सार्कीको मृत्यु भएको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिए । उनका अनुसार ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता छन् । घाइतेहरुमा ६५ वर्षीया मनसरी पुन, २२ वर्षीया अनिसा पुन, २० वर्षीया धनमाया पुन, ४ वर्षीय मेक्सन पुन, २९ वर्षीय जनक खत्री, १० वर्षीय विजय सार्की र ६५ वर्षीया कल्पना…
काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले सीमा समस्याहरू समाधान हुने बताएकी छन् । सोमबार परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गर्दै परराष्ट्रमन्त्री देउवाले यस्तो बताएकी हुन् । उनले सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नु नपर्ने बताइन् । परराष्ट्रमन्त्री देउवाले भनिन्,‘पहिलाभन्दा अहिले हामीसँग धेरै सूचना छ । अहिले जीआईएस छ, स्याटेलाइट इमेजरी छ । बोर्डरहरूमा पहिलाजस्ते यो पिलर यहाँ थियो, त्यो पिलर त्यहाँ थियो भनेर झगडा गर्नुपर्दैन, तथ्यमा आधारित हुने हो भने सीमा समस्या समाधान हुन्छ ।’ उनले भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा कालापानी, लिम्पियाधुरा र लिपुलेकको समस्या समाधान गर्न सकिने बताइन् । उनले आफू जादु र चटकमा विश्वास नगर्ने…
काठमाडौ: सुन तस्करीको पैसा हुन्डीबाट भुक्तानीमा सघाएको आरोपमा पक्राउ परेका पेवेल नेपालका सञ्चालकको मुद्दा मिलाइदिने भन्दै डिल गर्ने पूर्वडिएसपी कृष्णप्रसाद (केपी) शर्मासहित चार जनाविरुद्ध ठगी मुद्दा दायर भएको छ। सिआइबीमा सेटिङ मिलाउने भन्दै साढे आठ लाख रुपैयाँ उनीहरुले लिएका थिए। सिआइबीले पूर्वडिएसपी शर्मासहित झबिन्द्र खत्री, हरिप्रसाद अर्याल र हिमालप्रसाद उपाध्यायविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरुमध्यृ हरिप्रसाद र हिमाल प्रसाद फरार छन्। उनीहरुले पेवेल नेपालका प्रमुख कार्यकारी अधिकृत प्रज्वल आचार्यसँग आढे आठ लाख रुपैयाँ लिएका थिए। तर, पैसा दिएर पनि सिआबीले पक्राउ गरेपछि वास्तविकता बाहिर आएको थियो। लगत्तै सिआइबीले खत्री र शर्मालाई पक्राउ गरेको थियो। बयानको क्रममा पूर्वडिएसपी शर्माले साढे आठ…
धनगढी : सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेता हेरफेर भएको छ । यस अघि नाउपा संसदीय दलको नेता रहेका घनश्याम चौधरीलाई उक्त जिम्मेवारीबाट हटाउँदै उक्त जिम्मेवारी प्रमुख सचेतक खुसीराम चौधरीलाई दिइएको छ । त्यस्तै, उपनेताको जिम्मेवारी कैलाश चौधरीलाई र प्रमुख सचेतकको जिम्मेवारी टिका थापालाई दिने निर्णय गरिएको हो । प्रमुख सचेतक चौधरीको अध्यक्षतामा बहुमत सांसदहरूको बैठकले यस्तो निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका ७ सांसद छन् । दलको नेता हेरफेरको निर्णयमा चार सांसदको हस्ताक्षर रहेको छ ।
काठमाडौं : सरकारले निमित्त मुख्यसचिव लिलादेवी गड्तौलालाई कायम मुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ । सोमबार बसेको केपी ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले हाल निमित्त मुख्यसचिव रहेकी गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको हो । नेपालको इतिहासमा उनी पहिलोपटक पूर्ण जिम्मेवारीसहितको पहिलो कामु मुख्य सचिव बनेकी छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव डा। वैकुण्ठ अर्याललाई गत १० असारमा राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उक्त पदमा सरुवा गर्ने निर्णय भएको थियो । त्यसपछि प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव गड्तौलाले वरीष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी…
धनगढी : सडक क्षेत्राधिकारमा घर निर्माण गरेका धनगढीका मुनिर खानकी श्रीमती आरती लामिछानेको मुद्धा अदालतले खारेज गरेको छ । खाँनकी श्रीमती लामिछानेले २०८१ जेठ १६ गते निषेधाज्ञाको माग गर्दै जिल्ला अदालत कैलालीमा दिएको मुद्दा खारेज भएको हो । जिल्ला प्रशासन कार्यालय अगाडिबाट पशुपति मन्दिर हुँदै मोहना– चक्रपथ जोड्ने सडक निर्माण विरुद्ध खाँनले श्रीमतीलाई मुद्दा हाल्न लगाएका थिए । धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन सार्वजनिक सूचना निकालेपछि खाँनले मुद्दा हाल्न लगाएका थिए । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय सरकारलाई सडक क्षेत्राधिकार तोक्ने अधिकार प्राप्त भएकाले मुख्य सडकलाई चक्रपथसँग जोड्ने रणनीतिक सडक निर्माणमा व्यक्ति विषेशले अवरोध गर्न नपाउने भन्दै…