Author: महेन्द्रनगर पोष्ट

डोटी: डोटी जिल्लाको आदर्श गाउँपालिका–४ मा भएको आपसी झगडामा दुई जना घाइते भएका छन् भने एक बोलेरो जिपमा तोडफोड र आगजनी भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता नवराज रावलका अनुसार आइतबार राति पौने ११ बजे सोही गाउँपालिका–४ निवासी अशोक रोकाया र सन्तोष भाटबीच विवाद हुँदै कुटपिटमा परिणत भएको हो। घटनाबारे ११ बजे प्रहरीलाई जानकारी प्राप्त भएपश्चात टोली घटनास्थल पुगेको थियो। प्रहरी पुगेको समयमा सन्तोष भाटलाई रोकायाका आफन्तहरूले नियन्त्रणमा लिएर कुटपिट गरिरहेको अवस्थामा फेला परेको रावलले जानकारी दिए। घटनामा दुवै जना घाइते भएका छन्। त्यसक्रममा भाटले प्रयोग गर्दै आएको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४११८ नम्बरको बोलेरो जिपमा तोडफोड तथा आगजनी…

Read More

धनगढी: कैलालीको धनगढीमा चार्जिङमा राखेको स्कुटरमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–४ रातोपुलमा सुपप्र ०१–००१ प ४९३६ नम्बरको स्कुटमा एक्कासी आगलागी भएको हो।  स्कुटर शुक्ला पुस्तक भण्डारका सञ्चालक दीपककुमार शुक्लाको हो। शुक्लाका अनुसार पसल अगाडि चार्जिङमा राखेको स्कुटरमा आगलागी हुँदा स्कुटर जलेर नष्ट भएको छ। ‘एक्कासी आगलागी भएर दुई मिनेटमै स्कुटर जलेर नष्ट भएको छ,’ उनले भने। शुक्लाले उक्त इभी स्कुटर तीन वर्षअघि दुई लाख २० हजारमा खरिद गरेका थिए। यो घटनाले इलेक्ट्रिक स्कुटरको सुरक्षा सम्बन्धी गम्भीर प्रश्न उठाएको छ। 

Read More

बैतडीः कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी बैतडीकी ३० वर्षीया हरु साउँदको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका–४ कुङेफाँटा घर भएकी साउँदलाई कैलालीको अत्तरियामा वैशाख २३ गते मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी साउँदको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको स्थानीय दशरथ चाडले बताए। बच्चाहरुलाई पढाउनका लागि यही वैशाख २३ गते घरबाट अत्तरीया आएकी साउँदलाई सोही दिन साँझ मोटरसाइकलले ठक्कर दिएको थियो। मृतक साउँदका दुई छोरा रहेका छन्। मृतक साउँदका श्रीमान हिक्मत साउँद रोजगारीको सिलसिलामा साउदी अरबमा रहेको र आइतवार मात्रै नेपाल आइपुगेको चाडले बताए। साउँदलाई ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको थियो। बालबच्चा…

Read More

महेन्द्रनगर: उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले भारत–नेपाल सीमा नजिकै बनबासामा निर्माणाधीन सुख्खा बन्दरगाह र पुलको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले निर्माणाधीन पुलको प्रगतिबारे सम्बन्धित प्राविधिक र प्रशासनिक अधिकारीहरूसँग जानकारी लिएका थिए। मुख्यमन्त्रीले सुख्खा बन्दरगाहको निर्माण द्रुत गतिमा सम्पन्न गर्न निर्देशन दिँदै यस परियोजनाले भारत–नेपालबीचको ऐतिहासिक सम्बन्धलाई आर्थिक रूपमा थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले भने, “यो बन्दरगाह पूरा भएपछि दुबै देशबीचको व्यापारिक गतिविधिमा उल्लेखनीय वृद्धि हुनेछ। यसले आयात–निर्यात प्रक्रिया अझ पारदर्शी, सरल र प्रभावकारी बनाउनेछ।” उनको भनाइमा, यस किसिमको पूर्वाधारले नजिकका सीमावर्ती क्षेत्रहरूमा रोजगारी सिर्जना गर्ने, यातायात प्रणालीमा सुधार ल्याउने र सम्पूर्ण स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउने उल्लेख…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको स्थायी राजधानीको विषय फेरि चर्चामा आएको छ। २०७५ सालको असोज १२ गते दुईतिहाइ बहुमतले कैलाली जिल्लाको गोदावरी नगरपालिका–२ र ४ को वन क्षेत्रलाई प्रदेश राजधानी बनाउने निर्णय भए पनि सात वर्षसम्म उक्त निर्णय कार्यान्वयन हुन नसकेको कारण प्रदेश सरकारले वैकल्पिक राजधानीको खोजी थालेको छ। पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारको पालामा गोदावरी क्षेत्रको सम्भाव्यता अध्ययनसहित आवश्यक कागजपत्र तयारी गरेर संघीय सरकारलाई फाइलसमेत पठाइएको थियो। गोदावरीमा राजधानी निर्माणका लागि तेघरी सामुदायिक वनको ३४१ हेक्टर क्षेत्रफल आवश्यक देखिएको थियो। तर, आवश्यक जग्गा प्राप्तिमा आएको कठिनाइका कारण हालसम्म त्यहाँ राजधानी निर्माणका लागि ठोस प्रगति हुन सकेको छैन। प्रदेशसभाको हालको कार्यकालमा भने…

Read More

धनगढी: कैलालीको गेटा अस्पतालले चिकित्सक माग गरेको छ। अस्पतालले सूचना जारी गर्दै सात जना विशेषज्ञ चिकित्सक र छ जना मेडिकल अधिकृत माग गरेको हो। अस्पतालले जनरल फिजिसियन, बालरोग विशेषज्ञ, स्त्री तथा प्रसुति रोग विशेषज्ञ, एनेस्थोलोजिष्ट, इमरजेन्सी मेडिसिन, डेन्टर सर्जन, अर्थोपेडीक सर्जन र छ जना मेडिकल अधिकृत गरी १३ जना चिकित्सक माग गरेको हो।

Read More

काठमाडौं: सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिनामा संलग्न रहेको अभियोगमा नेपाली सेनाका पूर्व जमदार आत्माराम थापा कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश डा दिवाकर भट्टको इजलासले आइतबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अवकास भइसकेका दुई सैनिकविरुद्ध जिल्ला अदालतमा अभियोग दर्ता भएको छ। तर बहालवाला दुई सैनिकमाथि भने सेना आफैँले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीलाई सैनिक हिरासतमा राखेर छानबिन गरिरहेको सेनाले जनाएको छ। कोर्ट अफ इन्क्वाएरीको क्रममा हिनामिनामा उनीहरुको संलग्नता पुष्टि भएपछि कोर्ट मार्सलको प्रक्रिया अगाडि बढेको छ भने सैनिक ऐन अनुसार कारबाहीको…

Read More

कञ्चनपुर: कञ्चनपुरको गड्डाचौकी नाकाबाट ५.८१ मिलिग्राम खैरो हेरोइनसहित दुई जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय समिर डगौरा र २१ वर्षीय राहुल चौधरी रहेका छन्। प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको विशेष टोलीले भारतबाट नेपाल प्रवेश गर्ने क्रममा म.२प.१४२४ नम्बरको एफजेडएस मोटरसाइकलमा सवार उनीहरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार समिर डगौराले लगाएको रातो पाइन्ट भित्र निलो रंगको कट्टुमा, लिङ्गको भागमा प्लास्टिकमा बेरिएको अवस्थामा लागूऔषध लुकाएर ल्याउँदै गरेको पाइएको थियो। प्रहरीले उक्त अवस्थामा ५.८१ मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो। बरामद लागूऔषधसहित उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको प्रहरीले जनाएको छ।

Read More

धनगढी: कैलालीमा विवाहकाे सबै प्रबन्ध भइसकेपछि बेहुला सम्पर्कविहीन भएका छन्। केटा सम्पर्कविहीन भएपछि दुलही खाेजीकाे माग गर्दै प्रहरी चाैकी पुगेकी छन्। इलाका प्रहरी कार्यालय मालाखेतीकाअनुसार तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका गाैरीगंगा नगरपालिका–४ राजीपुर बस्ने २४ वर्षीय रमेश कुमाल (नाम परिवर्तन) र संगिता बुढा (नाम परिवर्तन) को ३० वैशाखमा विवाह हुने तय भएको थियाे। उनीहरूले विवाहका लागि आफन्तजनलाई निमन्त्रणा समेत गरिसकेका थिए। २५ गते भारतकाे पलिया र धनगढीमा विवाहका लागि गरगहना र लत्ताकपडा समेत सपिङ्ग गरेका थिए। साे दिन दुवै जना धनगढीबाट छुटिएका थिए। तर साेही दिनदेखि उनी सम्पर्कविहीन भएकाे भन्दै आइतबार युवती इलाका प्रहरी कार्यालय मालाखेती पुगेकाे प्रहरीले जनाएको छ। इलाका प्रहरी…

Read More

काठमाडौं: नेपाली काँग्रेसले रिक्त गभर्नरमा नियुक्तिका लागि नयाँ नाम अघि सारेको छ। यसअघिका सुदूरपश्चिमका बासिन्दा डा. गुणाकर भट्टको सट्टा डा. विश्व पौडेललाई गभर्नर बनाउन देउवा निवासले बालुवाटारलाई अनौपचारिक आग्रह गरिसकेको बताइन्छ। कायममुकायम गभर्नर निलम ढुङ्गाना तिम्सिनाले कार्यकारी निर्देशक भट्टको राजीनामा तीन सातासम्म स्वीकृत नगरेर अड्काएपछि काँग्रेसभित्रको ‘स्वार्थ समूह’ ले हिजोदेखि पौडेलको नाम अघि सार्न थालेको हो। हाल गभर्नर उम्मेदवार सिफारिस समितिमा सदस्य रहेका पौडेल योजना आयोगका पूर्व उपाध्यक्ष हुन्। तर, उनी नेपाली काँग्रेस महासमिति सदस्य पनि छन्। गत आमनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट काँग्रेस उम्मेदवार रहेका पौडेल रास्वपाका हरि ढकालबाट पराजित भएका थिए। उनी परराष्ट्रमन्त्री डा. आरजू राणा…

Read More