लहान – सिराहा जिल्लाको लहान नगरपालिका-१ स्थित मटिअर्वाबाट चैत १२ गते सशस्त्र प्रहरीले स्रोत नखुलेको ११ लाख ३ हजार ५० नेपाली रुपैयाँसहित सोही जिल्लाको भगवानपुर गाउँपालिका-४ बस्ने ४४ वर्षीय दिलीपकुमार साहलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा निज साहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरी र नम्बर ७ गणबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनका साथमा रहेको उक्त रुपैयाँको निजले स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो। पक्राउ परेका साहलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय माडरमा बुझाइएको छ।
Author: महेन्द्रनगर पोष्ट
कञ्चनपुर- १४ बर्षपछि जबरजस्तीकरणी मुद्दा फरार अभियुक्त पक्राउ परेका छन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जबरजस्तीकरणी मुद्दा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी चक्र बहादुर शाहले जबरजस्तीकरणी मुद्दामा फरार रहेका भीमदत्त नगरपालिका १० बस्ने किशन महर भनिने कृते महरलाई पक्राउ गरी जेल पठाएको बताए। उनका अनुसार १६ जेठ ०६४ सालमा महरलाई ३ बर्ष कैद फैसला गरेको थियो। इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक जीवन गुरुङ नेतृत्वमा घरबाटै पक्राउ परेका महरलाई अदालत पेश गरिएको थियो। अदालतबाट सिधै कारागार चलान गरिएको छ ।
काठमाडाैं – आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता हुने भएका छन्। आइतबार निर्वाचन आयोगले अन्तिम मतदाता नामावली तय गर्दै १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता रहेकाे जनाएकाे हाे। जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन्। पाँच वर्षको अवधिमा ३६ लाख मतदाता बढेकाे आयाेगले जनाएकाे छ। गत २०७४ सालकाे निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए । आयाेगकाे अनुसार सबभन्दा बढी मोरङमा ७ लाख १५ हजार २ सय २३ जना मतदाता र सबभन्दा कम…
काठमाडौं-नेकपा (एमाले) आजको स्थायी कमिटीको बैठकले आशन्न स्थानीय तहको निर्वाचन केन्द्रित प्रतिबद्धतापत्रमा सुझाव दिन सार्वजनिक आह्वान गरेको छ। बैठकले केन्द्रस्तरबाट जारी हुने पार्टीको घोषणापत्रको मस्यौदालाई अन्तिमरूप पनि दिएको छ। केन्द्रीय घोषणापत्रको मस्यौदामा स्थायी कमिटीका सदस्यले यही २० चैतसम्ममा आफ्नो लिखित सुझाव पेस गर्नेछन्।एमालेले स्थानीय तहमा चुनावी प्रतिबद्धतापत्र घोषणा गर्नेछ भने कार्यान्वयनका लागि यही १६ चैतमा भर्चुअल बैठक बस्ने निर्णय पनि गरेको छ। उक्त बैठकमा केन्द्रस्तरका नेता भौतिकरूपमा तथा प्रदेश, जिल्ला र पालिकास्तरमा भने भर्चुअलरूपमा सहभागी हुनेछन्।प्रदेश तथा जिल्ला कमिटीले तोकेका सबै पालिकाका इञ्चार्ज र अध्यक्ष, पार्टीका तर्फबाट पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष, प्रदेश र जिल्ला कमिटीका पदाधिकारी,…
मनाङ-आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्नाका लागि माग गरेभन्दा न्यूनले आवेदन दिएका छन्। यही चैत ६ देखि ११ गतेसम्म निवेदन लिने समय रहेकामा मागभन्दा कमले आवेदन दिएका छन्।आवेदन दिनेमा भूपूप्रहरी र भूपूसैनिक बढी छन्। प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीका अनुसार २५८ म्यादी प्रहरी आवश्यक पर्ने भए पनि १४२ जनाको मात्रै आवेदन परेको छ। “माग सङ्ख्याभन्दा कमको आवेदन परेको छ, विगतको निर्वाचनमा जस्तै छिमेकी जिल्लाबाट ल्याएर माग पूर्ति गर्नुपर्ने अवस्था छ,” उनले भने। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट सेवानिवृत्त भएका व्यक्तिलाई म्यादी प्रहरीका लागि प्राथमिकता दिइने छ । म्यादी प्रहरीको छनोट प्रक्रिया यही चैत…
काठमाडौं- प्रहरी निरीक्षक (इन्स्पेक्टर) जनपद पदको प्रारम्भिक स्वास्थ्य परीक्षण र शारीरिक तन्दुरुस्तीको परीक्षा (छनौट) मा आउने परीक्षार्थीहरुको लागि सूचना प्रकाशित भएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखाले आइतबार एक सूचना जारी गरेर प्रहरी निरीक्षक जनपद पदको प्रारम्भिक स्वास्थ्य परीक्षण र शारीरिक तन्दुरुस्तीको परीक्षामा भाग लिन आउने परीक्षार्थीहरुले परीक्षामा आउँदा मोबाइल, घडी, सिक्री औंठी, जस्ता बहुमुल्य सरसामान नलिई आउन अनुरोध गरेको छ।
कैलाली-कैलालीको गौरीगंगा नगरपालिकामा लालपुर्जा वितरण गर्नको लागि जग्गा नापीको काम सुरु भएको छ। नगरपालिकाले भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नाप जाँच गर्न सुरु गरेको हो। जग्गा नापीको नगरप्रमुख भीम बहादुर देउवाले उद्घाटन गरेका छन। आईतबार नगरपालिकाको वडा नम्बर १ स्थित सम्झानापुर शिबिरबाट जग्गा नाप जाँच गर्ने कार्य सुरु भएको नगरपालिकाले जनाएको छ।
कञ्चनपुर-जिल्लाको कृष्णपुर नगरपालिका – ८ मा ईलाका प्रहरी कार्यालय रैकवार बिचवाको भवन शिलान्यास गरिएको छ। आईतवार नगरप्रमुख कर्ण बहादुर हमालले भवनको शिलान्यास गरेका हुन।भवन कृष्णपुर नगरपालिकाको २५ लाखको लगानीमा उपभोक्ता समिति मार्फत निर्माण गर्न लागिएको हो।
दार्चुला-आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्लामा १४राजनीतिक दलले निर्वाचनमा भाग लिने भएका छन्। राष्ट्रिय मान्यता प्राप्त ४ दल र मान्यता प्राप्त नभएका साना १० दल गरी १४वटा दलले निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ। जिल्ला निर्वाचन कार्यालय दार्चुलाका अनुसार ४ठूला दलबाहेक १० वटा साना दलले निर्वाचन प्रयोजनका लागि कार्यालयमा निवेदन दिएका छन्। निर्वाचन कार्यालयले दल दर्ताका लागि चैत ६ गते सम्मको मिति तोकेको थियो। उक्त मितिमा राष्ट्रिय मान्यता प्राप्त नभएका दलहरुले निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरेका हुन। जिल्लाभर ७९ हजार २३ जना मतदाताहहरुले मतदान गर्ने बताइएको छ । राष्ट्रिय मान्यता प्राप्त दल…
कैलाली-सामाजिक सुरक्षा रकम पाउन अझै सहज हुन नसकेको जेष्ठ नागरिकहरुले गुनासो गरेका छन्। आइतबार धनगढीमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् । सरकारले सहजताका लागि बैंकबाट रकम बुझ्ने व्यवस्था गरे पनि सहज बन्न नसकेको उनीहरुको गुनासो छ। ‘सरकारले बैंकमा स्वयं व्यक्तिको उपस्थितिमा सामाजिक सुरक्षा भत्ता रकम दिने व्यवस्था गरेको छ’, धनगढीका ज्येष्ठ सदस्य कुलबहादुर हमालले भने, ‘तर, बैंकमा पुग्दा सहजै पाउने अवस्था हुँदैन। लामो समय लाइन लाग्नुपर्ने हुन्छ। त्यसले गर्दा समस्या हुन्छ।’ ७० वर्षमाथिका मानिस शारीरिक रुपमा त्यसै पनि अशक्त भइसकेको हुँदा लाइन लाग्नुपर्ने समस्या हुने गरेको उनले गुनासो गरे। उनले सरकारले दिने ‘क’ र ‘ख’ वर्गको…